बुधबार, वैशाख १२, २०८१

बेलायतकी महारानीले यसै हप्ता कोरोना खोप लगाउने

नेपाल प्लस२०७७ मंसिर २२ गते १३:०२

बेलायतकी महारानी एलीजावेथ द्वितियले कोरोना बिरुद्दको खोप लगाउने भएकि छन् । उनले यसै हप्ता अमेरिकी पिफाईजर र जर्मनीको बायो एन टेक कम्पनीले संयुक्त रुपमा निकालेको खोप लगाउने छन् । बेलायतको औषधी र खोप नियामक संस्थाले यो खोप लगाउन आपतकालिन स्विक्रिति दिएपछि बेलायत कोरोना बिरुद्दको खोप लगाउने पहिलो देश बन्न लागेको छ । उनीहरुले यसै हप्ता खोप शुरु गर्दै छन् ।

आफ्नो ढल्किँदो उमेरका कारणले गर्दापनि ९४ वर्षिया महारानी र उनका ९९ वर्षिय प्रिन्स फिलिपले खोप तत्कालै लगाउन चाहेको फ्रान्सेली मेडिया फँस २४ न्युजले जनाएको छ । उनीहरुलाई थप प्राथमिक उपचार भने गरिने छैन ।

आफूले खोप लगाए यसले आम नागरिकहरुलाई खोप लगाउन प्रेरित गर्ने र सकारात्मक सन्देश दिने भएकाले महारानीले तत्कालै खोप लगाएको सार्वजनिक गर्न चाहेको मेडिया रिपोर्टहरुमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया