मंगलबार, कार्तिक २, २०७८

यसकारण प्रचण्डको पतन

महेन्द्र पौडेल२०७७ मंसिर २३ गते ११:०४

२०५७ सालमा तत्कालिन माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनमा पार्टीको बिचारका रुपमा ‘मार्क्सवाद–लेनिनबाद र प्रचण्डपथ’ पारित गरिए । प्रचण्डपथ र प्रचण्डका बिचारहरु भनेर किताबहरु छरपष्ट निस्किए । त्यति बेलासम्म प्रचण्ड जंगलका सिंहजस्ता थिए । मिडियामा उनको तस्बिर सार्वजनिकसमेत भएको थिएन । प्रचण्ड एउटा अनुमान मात्र थिए सबैका लागि । ०६२।०६३ को जनआन्दोलनपश्चात प्रचण्ड सार्वजनिक भए । वालुवाटारमा सार्वजनिक हुँदा प्रचण्डको राप र तापले देशले न्यानो महशुस गर्न थालेको थियो । भाषण गर्दागर्दै वालुवाटारमा लाइन गएपछि प्रचण्डले देशको हालत यस्तो भनेर कटाक्ष गरेका थिए ।

२०६४ सालमा संविधानसभाको निर्वाचन भएपछि माओवादीले ६०१ स्थानमध्ये माओवादीले प्रत्यक्ष र समानुपातिक गरी २२९ स्थान प्राप्तगरी संविधानसभाको पहिलो बैठकले लोकतान्त्रिक गणतन्त्र स्थापना गरियो । ०६५ साल श्रावणमा संविधानसभाको बहुमतले प्रचण्डलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री चुन्यो । प्रचण्ड प्रधानमन्त्री भएपछि कर्मचारीबृत्तमा सतर्कता । कालाब्यापारीहरुको भागाभाग । मेनपावरहरुले अफिसमा पासपोर्टहरु नराख्ने । प्रहरी प्रशासनहरु सबै डराएका थिए । अब देशमा प्रचण्डले कहाँ कहाँ छापा हानेर देश कसरी हाँक्छन् भनेर सबैक्षेत्र त्रासमय भएको मैले अनुभव गरेको थिएँ । हामी केहि सरकारी गैरसरकारी क्षेत्रमा पुगेर प्रतिक्रिया लिँदा त्यो थाहा पाउँथ्यौं ।

प्रचण्डमा कसरी बिचलन आयो ?

मान्छेले एउटा उचाई कायम राख्नु र राखिरहनु फरक कुरा हो । सगरमाथामा झण्डा गाडिरहन सकिँदैन । प्रचण्डले आफ्नो उचाई घटाउँदै लगे । ०६५ सालमा प्रधान सेनापतिको अवकाशलाई लिएर नेपाली सेनामाथी प्रचण्डको प्रहार तुहाइयो । तत्कालिन सेनापति रुक्मागत कटुवाललाई प्रचण्डले हटाइदिए । तर राष्ट्रपति रामवरण यादले असंवैधानिक कदम भनेर पुर्नस्थापना गरेपछि नैतिकसंटक आइलाग्यो र प्रचण्डले प्रधानमन्त्रीबाट चैत्रमा २२ गते राजीनामा दिए । संसदबादी दलदलमा प्रचण्ड फस्न पुगेँ । उनले चुनाव हारेका माधव नेपाललाई ल्याएर एमालेसँग मिलेर प्रधानमन्त्री बनाइदिए । फेरि माधव कुमार नेपाललाई फालेर उनले झलनाथ खनाललाई प्रधानमन्त्री बनाइदिए । एमालेभित्र प्रचण्ड ‘किंगमेकर’ बनेर खेल्नुसम्म खेले ।

आफ्नै सहकर्मीलाई प्रधानमन्त्री बनाउने खेलमा नलागे भन्दै चारैतर्फ उनको आलोचना भएपछि उनले ०६८ सालमा बाबुराम भटृराईलाई प्रधानमन्त्रीमा प्रस्ताव गरे । रामचन्द्र पौडेललाई हराएर बाबुराम भटृराई संविधानसभाबाट प्रधानमन्त्री चयन भए । सोहि वर्ष २०६९ साल जेठ २ गते बाबुराम भटृराइको समितिले संविधान जारी गर्दैथियो । देव गुरुङले सबै ड्राफ्ट गर्दैथिए । प्रचण्डको लोकप्रियता घट्दै थियो । बाबुराम लोकप्रियताको शिखर चढ्दै थिए । अब संविधान बाबुरामले ल्याउनेछन् भन्ने भयबाट रातरात असफल बनाइयो । ०६९ कै जेठ १४ मा संविधानसभा भंग गरियो । यो भंग हुनुमा प्रचण्डको हात छ । इतिहासमा दुर्भाग्यकारुपमा यो घटनालाई लिइन्छ । बाबुराम भटृराईले संविधान जारी गर्न नसकेपछि राजीनामा दिए । यस घटनाभन्दा अघि फेरि एकपटक पछाडि फर्कौ ।

    कसरी प्रचण्डले सिद्धान्त छाडे ?

०६५ मंसिर ६ देखि ११ गतेसम्म भक्तपुरस्थित खरिपाटीमा चलेको राष्ट्रिय भेलामा प्रचण्डले पेश गरेको राजनैतिक दस्ताबेजमा ‘प्रचण्डपथ’ समेटिएको थियो । त्यो सम्मेलनमा प्रचण्डपथलाई पुर्नबिचार गर्नुपर्ने भनेर मोहन बैद्यले फरक दस्ताबेज पेश गरे । सोहि वर्षको पुष ३० गते नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको नेकपा एकता केन्द्रसँग पार्टी एकता गर्दै प्रचण्डपथ र माओवादी छाडिए । प्रचण्डले लिखितरुपमै प्रचण्डपथलाई स्थगितगर्दै ‘मार्क्सवाद–लेनिनवाद–र माओवाद विचारधारालाई पार्टीको पथप्रदर्शक’ सिद्धान्त मान्ने प्रस्ताव थियो । यसबाट के प्रष्टहुन्छ भने माओवाद र प्रचण्डपथ छाडेर हामी बिचारधारामा मात्रै मान्ने भए सिद्धान्त होइन ।

प्रचण्ड कसरी गणतन्त्रबादी भए ?

पहिला प्रचण्ड गणतन्त्रबादी थिएनन् । होइनन् । उनी ज्ञानेन्द्रसँग बार्ता गरेर प्रधानमन्त्री हुने लाइनमा थिए । ज्ञानेन्द्रले गणतन्त्रबादी र ननगणतन्त्रबादी बीच कित्ताकाट हुनपर्‍यो भनेपछि प्रचण्डले गणतन्त्र भएकै आधारमा बाबुराम र दिनानाथ शर्मालाई कारवाही गरे । ज्ञानेन्द्रले अब माओवादी सिध्याउन प्रचण्ड बसेकै घरलाई ताकेर हेलिकप्टरबाट वम वर्षा भएपछि बाबुरामको शरणमा गणतन्त्रको लाइनमा गए प्रचण्ड यसलाई बहुचर्चित चुनवांग बैठक भनिन्छ । सो बैठकको लोकतान्त्रिक गणतन्त्र कार्यनीति पासगर्दै संसदबादी दलहरुसँग सहकार्य गर्ने भनियो । र १२ बुँदे कायम भयो । माओवादीले जनयुद्ध सुरु गर्दा गणतन्त्रको कुनै स्वरनै थिएन । जब राजा बिरेन्द्र मारिएपछि मात्र गणतन्त्रको स्वर उर्लेको हो । ०५२ सालमा ४० सुत्रिय मागहरुमा बुझाएर माओवादीहरु जंगल पस्दा स्पष्टरुपमा गणतन्त्र लेखिएको थिएन ।

  यहाँबाट सुरु हुन्छ देशको दुर्भाग्य

नारायणकाजीको साथ पाएपछि प्रचण्डले कहिले मोहन बैद्यलाई कहिले बाबुरामलाई पेल्ने गरेपछि ०६९ सालमा बैद्यहरु फुटे । बाबुरामले पार्टी पुर्नसंरचना गरौं भन्दा प्रचण्डले पार्टीलाई पारिवारिक लिमिटेड बनाइदिए । सबै परिवार नातागोतालाई केन्द्रीय समिति बनाइदिए । पहिलो संविधानपनि प्रचण्डकै कारण भाँडिएको पीडा एकातिर बाबुरामहरुलाई थियो । त्यसअघि बाबुरामको राजीनामापछि पार्टी महाधिवेशनतिर लाग्यो भने भारतले खेल्ने मौका पायो । यस पंक्तिकारलाई एकदिन बाबुरामका राजनीतिक गुरु मानिने एसडी मुनिले भने–‘तिम्रो देशमा अबको पीएम सीजे हो’ । मुनिले एकमहिना अघि बताएका थिए यी कुरा । मैले नेपालका एकजना प्रधानसम्पादकलाई उनको मेसेजसहित पठाएको थिएँ यस बारेमा । यसरी नेपालको राज्यव्यवस्था भारतको हातमा जान्न पुगेको र भारतले चलाउने रहेछ भन्नेकुरा प्रष्ट हुन्छ । र सीजे अर्थात चिफ जस्टिस खिलाराज रेग्मी नेपालको कार्यकारी भएर आए ।

यसरी पार्टी पतनतर्फ उन्मुख

खिलाराज रेग्मीको नेतृत्वले ०७० मंसीरमा दोस्रो संविधानसभाको निर्वाचन गरिदिएपछि समानुपातिक र प्रत्यक्षगरी पार्टी ८० सीटमा खुम्चिन पुग्यो । संविधानसभामा तेस्रो भएपनि बाबुरामलाई संविधान निर्माणको जिम्मेवारी थियो । ०७२ असोज ३ गते नयाँ संविधान जारी गरेर बाबुराम निक्लिए । असोजमै बाबुराम पार्टीबाट निक्लिएर नयाँ शक्ति पार्टी बनाए । एमालेले शुसील कोइरालालाई प्रधानमन्त्री बनायो । फेरि प्रचण्ड र केपी मिलेर शुसील कोइरालालाई फालियो र केपी ओली प्रधानमन्त्री चुनिए प्रचण्डको सहयोगमा । सरकारमा माओवादी पनि सामेल भयो । फेरि आफैंले बनाएका प्रधानमन्त्रीको बिरुद्ध कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव लगे । केपी ओलीलाई फालेर आफैं प्रचण्ड प्रधानमन्त्री बने । प्रचण्डले राजनीतिक सहमती अनुसार शेर वहादुर देउवालाई हस्तान्तरण गरे । शेरवहादुर देउवाले चुनाव गराए ।

बयलगाडामा पार्टी बिर्सजन

एमालेलाई सत्ता बाहिर राख्ने प्रचण्डको खेल त्यतिबेला तुहियो । स्थानीय चुनावमा कांग्रेससँग तालमेल गर्यो । भरतपुर महानगर पालिकालमा कांग्रेसले सहयोग गर्यो । माथीचाहिँ कांग्रेसका नेतासँग सहमती भएपनि तलका नेतासँग तालमेल नहुँदो रहेनछ भनेर प्रचण्डले बुझे । जनार्दन शर्मालाई एमालेसँग एकिकरणका लागि खटाइए । त्यहि बेला उपेन्द्र यादव र बाबुरामसँगको एकता गर्ने एमाले लागिरहेको थियो ।

बाबुराम एमालेमा हिरो हुन्छन् भन्ने बुझेका प्रचण्डले रातारात ओलीलाई भने–‘बाबुराम नभित्रिने हो भने म एकता गर्न तयार छु’ ओलीसँग वार्ता गरेर मख्ख परेका बाबुरामलाई एकाएक ओलीले धोका दिए । स्थानीय स्तरमा १०६ स्थानमा जितेका आधारमा ६० र ४० का आधारले अन्तत वयलगाडामा लगेर पार्टी बिर्सजन गरियो । र चुनावी तालमेल गरियो । प्रतिनिधिसभाको निर्वाचन सीट २७५ मध्ये १७४ जना अहिले नेकपाको छ । अन्तत ३ जेठ २०७५ जेठमा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । यसरी प्रचण्डले पार्टी र आफूलाई पार्टीमा विर्सजन गराए ।

यसरी प्रचण्ड पतनतर्फ

बेला बेलामा मैले फेसबुकमा लेखेको स्टाटस ‘कमरेड प्रचण्डले १७ हजारको त होइन ५ हजार मारिएका मान्छेको जिम्मा लिन्छु, भनेपछि र लडाकुको पैसा हिनामिनालगायत अन्य केसहरुमा समाईयो भने हरिबोल गजुरेल र टोप बहादुर रायमाझी पुरानो मसाल हुन् बाबुरामतिरका । वर्षमान पुनले प्रचण्डलाई किन केपी ओलीकोमा पार्टी लोड गरेको भनिसकेका छन् । लेखराज भटृ र राम बहादुर थापाले केपी ओलीको पक्षमा छन् । महरापनि साथमा छैनन् । नारायणकाजी ढुलमुले हुन् । यिनमा भर गर्नु पर्दैन । जनार्दन शर्मा प्रभाकर पनि तालमेल मिलाउने, मिलेन भने केपीतीरै लोड हुन्छन् । प्रचण्डका मुख्य मान्छेहरु जो खम्बा मानिन्थे ती बाबुराम, बैद्य र बिप्लव पार्टीमा छैनन् । प्रचण्डका कार्यकर्ता पुरै कमाउ धन्दामा छन् । उनीहरु सडक जान सक्दैनन् । यस्तोमा प्रचण्डलाई साथ दिने भनेका उनका परिवारमात्र हुन् । अहिले प्रचण्डलगायत प्रचण्डपक्षका पूर्व माओवादीहरु सबै कमाउ धन्दामा छन् सबैसँग करोडौं अरबौं सम्पत्ती छ । यस्तोमा कसैले राजनीतिक जोखिम लिँदैन । यस्तोमा प्रचण्डका पक्षमा कसले जुलुश गर्ला ? यदि राज्यले उनलाई ती केसहरुमा समायो भने । ४६ पछिको अनस्टाविलिटी गिरिजा ६४ पछि अनस्टाविलिटी प्रचण्ड हुन् ।

भन्दा फरक पर्दैन । उनका सबै मान्छेहरु कमाउ धन्दामा छन् अहिले । प्रचण्ड अहिले केपी ओलीको पेलाईमा रहेका कारण उनी माधव नेपालको आड भरोसमा छन् ।

   खास नेता को ?

यसरी बैचारिक बिचनल देखिएका प्रचण्डको कुनै राजनीतिक लाइन छैन । संघियताको लाइन र देशमा संघियता कार्यान्वयनमा ल्याउन देन उपेन्द्र महतोको छ भने गणतन्त्रको देन बाबुराम भटृराईको छ । पार्टीमा आफ्नो लाइन पास हुन्छ । बाबुरामले जे पनि छाड्न तयार हुन्छन् । त्यसैले गणतन्त्रको लाइन बाबुराम हुन् भने संघियताका लाइन उपेन्द्र महतो हुन् । लाइनकै हिसावले कुरा गर्ने हो भने राजतन्त्रको लाइन भनेको कमल थापा हुन् । गणतन्त्रदेखि अहिलेसम्म उनले कुनै लाइन छाडेका छैनन भन्ने अन्य नेताहरु प्रकाशचन्द्र लोहनी, पशुपति शम्शेरहरु गणतन्त्र स्वीकारेका थिए ।

राजनीतिमा बैचारिक लाइन आवश्यक हुन्छ । त्यसैले प्रचण्डले आफ्नो लाइन होइन कि आफ्नो मुद्धामा सहमती गर्ने हो भने उनले पनि धरातल छाड्न सक्छन् र जो सँगपनि सहमती गर्न सक्छन् । प्रचण्ड र शेरवहादुर एउटै हुन् आफ्ना स्वार्थका लागि । कांग्रेसको एउटा मात्रै बैचारिक लाइन हो प्रजातन्त्र र समाजबाद । त्यहि लाइनमा कांग्रेस आजसम्म बाँचिरहेको छ । केपी ओली, बाबुराम र कमल थापाहरु लाइनमा चल्ने मानिस हुन् । लाइन नभएका मान्छेहरुको पतन उन्मुख हुन्छ । भएकै यहि छ इतिहासमा ।

तपाइँको प्रतिक्रिया

फेसबुक