मंगलबार, वैशाख ११, २०८१

स्विजरल्याण्डद्वारा ३० लाख कोरोना खोप किन्ने संझौता

नेपाल प्लस२०७७ मंसिर २४ गते २१:०७

स्विस सरकारलेपनि कोरोना बिरुद्दको ३० लाख खोप किन्ने संझौता गरेको छ । अमेरिकी पिफाईजर र जर्मन कम्पनी बायो एन टेकले निर्माण गरेको खोप किन्ने संझौता गरेको हो । तर यो खोपको संझौता स्विस सरकारले सिधै निर्मातासित नगरेर सहउत्पादक एम आर एन एसित गरेको हो । यो खोप स्विस सरकारको स्वास्थ्य नियमक संस्था स्विसमेडिकले गरेको हो । यसको सुरक्षाका बारेमा निस्चित भैनसकेकाले हाल पेन्डिङमा रहेको छ ।

स्विजरल्याण्डले अमेरिकी मोडेर्ना कम्पनीसित ४५ लाख खोपको अर्को संझौता यस अघिनै गरिसकेको छ । त्यसैगरि बेलायती र स्विडिस कम्पनी आस्त्राजेनेकाले उत्पादन गरेको पाँच लाख ३० हजार खोप किन्ने अर्को संझौतापनि गरेको छ । विश्व स्वास्थ्य संगठनको सदस्य राष्ट्र भएकाले उक्त संस्थाबाट २० प्रतिशत अनुदान पाउने समाचारमा उल्लेख छ ।

पिफाईजर र बायोएनटेकले उत्पादन गरेको खोप प्रत्येक ब्यक्तिलाई दुई मात्रा (दुई पटक) लगाउनुपर्ने उल्लेख छ ।

स्विस सरकारले जारि गरेको बिज्ञप्तीमा यि खोपका स्तर, सुरक्षा र प्रभावकारिता सुनिस्चित हुनुपर्ने र त्यसको जाँचबुझ स्विस मेडिक र संघिय स्वास्थ्य विभागले गर्ने छ । यि दुई संस्थाको सिफारिसपछि मात्रै खोप सदर गरिने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक