शुक्रबार, चैत १६, २०८०

युरोपमा साइबर आक्रमण : पिफाइजर र बायोटेकका खोप सम्बन्धी कागजातहरू ह्याक गरियो

नेपाल प्लस२०७७ मंसिर २५ गते १९:०५

विश्वभरि खोपको दौड द्रुत गतिमा बढ्दै जाँदा युरोपेली मेडिसिन एजेन्सी बुधवार साइबर हमलाको शिकार भएको छ । यस अवसरमा पिफाइजर र बायोटेक भ्याक्सिन प्राधिकरणसँग अनुरोध गरिएका कागजातहरू नष्ट पारिएको हो । फाइजर समूहले भने बायोटेक र पिफाईजर दुबै कंपनीका पद्दती सिस्टम) भने सुरक्षित छन् ।

युरोपियन मेडिसिन एजेन्सी (इएमए)जसले हाल कोरोना भाईरसबिरूद्ध धेरै खोपहरूका लागि प्राधिकरण जारी गर्न काम गरिरहेको छ, उसले आफूबिरुद्दनै बुधबार साइबरट्याक लक्षित गरिएको जनाएको छ । ह्याकरले पिफाइजर र बायोटेकसँग सम्बन्धित कागजातहरू ह्याक गरि नस्ट गरेका छन् ।

ईएमएले २७ ईयू सदस्य राष्ट्रहरूका लागि औषधि नियन्त्रण गर्दछ । डिसेम्बर २९ सम्म पिफाइजर र बायोटेक खोपको सर्त प्राधिकरणको बारेमा आफ्नो निर्णय जारी गर्ने उल्लेख गरेकै बेला तिनको महत्वपूर्ण कागजात ह्याक गरिएको हो ।

पिफाइजर समूहले आफ्नो खोपका लागि प्राधिकरण अनुरोध सम्बन्धी कागजातहरूमा काम भैरहेका बेला साइबर हमलाकारिहरुले ह्याक गरेको उल्लेख गरेको छ । यसबाट खोप बितरण र सम्झौअतमा केकस्तो असर पर्न सक्छ भन्ने चहैँ पिफाईजरले हालसम्म सार्वजनिक गरिसकेको छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक