बिहीबार, वैशाख १३, २०८१

स्पेनका पूर्व राजा कार्लोसले ६ लाख ८० हजार युरो कर तिरे

नेपाल प्लस२०७७ मंसिर २५ गते १९:३९

photo- the local

स्पेनका पूर्व राजा जुआन कार्लोसले आफ्नो ऋणको ६ लाख ८० हजार युरो कर तिरेका छन् । कार्लोसले ऋणको ६ लाख ८० हजार युरो  कर तिरेको उनका अधिवक्ताले बुधवार सार्वजनिक गरेका हुन् ।

सन् २०१४ मा स्पेनको सिंहासन त्यागेका जुआन कार्लोसमाथि करको अभियोग लाग्दै आएको थियो । उनमाथि तिन वटा कर अभियोग थिए । ति तिन मध्ये एकमा आफ्नो करको स्थिति नियमित गर्न लगभग ६ लाख ८० हजार युरो तिरेका हुन् । उनमाथि कर अभियोगको मुद्दा दायर थियो ।

फ्रँस २४ न्युजका अनुसार पूर्व राजाले यस घोटालाबाट जोगिने कोसिस गरेका थिए । पूर्व राजाका अधिवक्ताले बुधवार आफ्नो अवस्था नियमित गर्नकोलागि ६ लाख ८० हजार युरो स्पेनको कर कार्यालयलाई तिरेको भन्दै बिज्ञप्ती जारि गरेका हुन् । पूर्व राजा स्पेनमा कर छली र अनियमितताका धेरै अनुसन्धानको निशाना बनिरहेका छन् ।

सन् २०१४ मा राजगद्दी त्यागेका जुआन कार्लोस संयुक्त अरब इमिरेट्समा अगस्ट महिनाको शुरुमा निर्वाशना गएका थिए ।

“राजा जुआन कार्लोसले कर अधिकारीहरूलाई सहजताकासाथ घोषणा गर्दै ब्याज र जरिवाना सहित ६ लाख ७८ हजार तिन सय ९३ युरो ७२ सेन्टिम बराबरको रकम तिरेका छन्” पूर्व राजाका अधिवक्ता जाभियर सान्चेज-जुन्कोले बिज्ञप्तीमा भनेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक