शुक्रबार, वैशाख ७, २०८१

अफ्गानिस्तानमा महिला पत्रकारको गोली हानेर हत्या

नेपाल प्लस२०७७ मंसिर २७ गते १५:२९

पूर्वी अफ्गानिस्तानको जलालावादमा विहीवार आफूले काम गर्ने टेलीभिजनको कार्यालयतिर जाँदै गरेकी पत्रकार मलाला माएवँदलाई अज्ञात बन्दूकधारीहरुले गोली हानेर हत्या गरिदिएका छन् ।

हमलामा परी उनको गाडीका चालक पनि मारिए । रेडियो र टेलीभिजनमा काम गर्ने पत्रकार मलाला निकै क्रियाशील सामाजिक कार्यकर्ता पनि थिइन् । उनले समाजमा महिलाहरुमाथि हुने गरेका अत्याचारको खुलेर विरोध गर्थिन् । सामाजिक कार्यकर्ता रहेकी उनकी आमाको पाँच वर्ष अघि गोली हानेर हत्या गरिएको थियो ।

मलाला यसरी मारिने पहिलो महिला पत्रकार होइनन् । गत वर्ष रेडियो लिबर्टीकी रिपोर्टर आलियास दायीको बम हानेर हत्या गरिएको थियो ।

अफ्गानिस्तानमा कार्यरत संचार माध्यमहरुले महिलाहरुलाई पत्रकारिता गर्न डरलाग्दो हुँदै गएको बताएका छन् । मुस्लिम आतंककारी संगठनहरुले महिलालाई यसरी खुलेआम पत्रकारिता गरेको, सामाजिक अभियन्ता भएर हिँडेको देखिसहन्नन् । सरकार र आतंकीहरुबिच युद्धविराम भए पनि महिला पत्रकारहरुको हत्याको सिलसिला भने बढिरहेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक