बिहीबार, वैशाख १३, २०८१

अमेरिकामा कोरोना खोप दिन सोमवारदेखि शुरु

नेपाल प्लस२०७७ मंसिर २८ गते १२:२०

संयुक्त राज्य अमेरिकामा कोरोना भाईरस बिरुद्दको खोप सोमवारबाट लगाउन शुरु हुने भएको छ ।

तिन लाख मानिसको कोरोनाबाट म्रित्यु भएपछि अमेरिकाले कोरोना भाईरसको खोप लगाउन अनुमति दिएलगत्तै सोमवारदेखि खोप लगाउन शुरु गर्ने भएको हो ।

सोमवारदेखि लगाउने खोप आजै आइतवारबाट ट्रकहरुले १५० खोप केन्द्रमा खोपहरु ओसार्न थालेका हुन् । ति खोपहरु डेलिभरि कम्पनी फेडेक्स र युनाईटेड पार्सल सर्भिस (युपिएस) ले गर्ने छन् । अमेरिकले पिगाईजर र बायो एन टेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाउन अनुमति दिएको छ ।

मंगलवार र बुधवार थप करिब ४५० खोप केन्द्रमा खोपहरु पुर्‍याइने छ । ति खोप ओसारपसारमा अमेरिकी सेना संलग्न हुने अमेरिकी सेना प्रमुखले बताएको फँस२४ न्युजले जनाएको छ । पहिलो खेपमा ३० लाख खोप केन्द्रहरुमा पुर्‍याइने छ ।

पहिलो चरणको खोप कसले पाउने हो भन्ने स्पष्ठ नखुलाइएपनि स्वास्थ्यकर्मी र नर्सिङ सेवाका कर्मचारीहरु प्राथमिकतामा रहेको समाचारमा उल्लेख छ । कोरोना भाईरसको खोप दुई पटक लगाउनुपर्ने हुनाले पहिलो पटक लगाउनेकालागिपनि त्यत्तिनै मात्रा सुरक्षित राखिएको अमेरिकी सेना प्रमुखले उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया