आइतबार, वैशाख ५, २०७८

हावाको रंङ कस्तो हुन्छ ?

सन्जय घिमिेरे२०७७ मंसिर २९ गते २:११


हावाको रंङ कस्तो हुन्छ ?
पानीको आकार कस्तो हुन्छ ?
मैलै यसै सोधे झैं गरेको मात्र ।
तपाँइलाइ थाह छ– हावाको रंङ हुँदैन ।
तपाँइलाइ थाह छ– पानीको आकार हुँदैन ।
मलाइ पनि अली अली थाह छ ।
तैपनी हिजोआज नेपालतीर कोही किन कसैलाइ हावाको रंङ सोध्छ ?
यसरी सोध्छ कि जवाफ दिनैपर्छ , किनकी ‘जनता जान्न चाहन्छन’ ।
तैपनी हिजोआज नेपालतीर कोही किन कसैलाइ पानीको आकार सोध्छ ?
यसरी सोध्छ कि , जवाफ दिनैपर्छ , किनकी ‘जनता जान्न चाहन्छन’ ।
सोध्ने ‘प्राणी’ ठेक्का लिन्छ जनताको ।
स्वयं उ आँफै कती जान्दछ–जान्दैन, मलाइ थाह छैन ।
म यती चाँही भन्न सक्छु– सोध्ने ‘प्राणी’ भन्दा जवाफ दिने अतीथी र सुन्ने जनता जान्ने छन ।
तैपनी उ सोधीरहन्छ , मानौ उ रोबोट हो , उसमा यस्तै सफटवेयर जडान गरिरहेको छ ।
जब ‘बटन’ थिचीन्छ, तब उ उही प्रश्न सोध्न थाल्छ –
“हावाको रंङ कस्तो हुन्छ ?
पानीको आकार कस्तो हुन्छ ?”
जब मातृदेशतर्फ फर्केर हेर्छु, पाउँछु यस्तै हावाको रंङ सोध्नेहरु ।
पाउँछु यस्तै पानीको आकार सोध्नेहरु ।
ती, बिषय के हो बुझदैनन ।
ती, बस्तु के हो बुझदैनन ।
ती बस्तुलाइ बिषय बनाइदिन्छन । ती बिषयलाइ बस्तु बनाइदिन्छन ।
ती व्यक्तिका, व्यक्तिगत के हुन, जान्दैनन ।
ती व्यक्तिका भावना के हुन, जान्दैनन ।
अमेरिका जस्तो देशमा हुन्थ्ये भने ती कतीपय ‘ह्यारेशमेन्ट’का केसमा जेलमा जाकिएका हुन्थ्ये ।
तर मातृदेश गजब छ । गजब छ ।
एकले अर्कालाइ हकार्ने, लछार्ने, पछार्ने सबै गर्ने छुट छ ।
एकले अर्काको भावनामाथी खेल्ने छुट छ ।
सबै मान्छे, सबै बिषयका ठेकेदार ।
सबै पत्रकार सबैका जीबनका ठेकेदार ।
कुरा पत्रकारको मात्र होइन , अरुहरु पनि त्यस्तै ।
यस्तो लाग्छ धेरै कुरा उल्टो भैरहेको छ ।
यस्तो उल्टो कि हात्ती शहरमा र मान्छे जंगलमा पाइला धस्काइरहेका छन ।
हो त, आज हात्तीहरु शहरमा मस्तराम छन । र, मान्छेहहरु जंगलमा घाँस खोजीरहेका छन । हात्तीहरु मोटाइरहेका छन ।
मान्छेहरु दुब्लाइरहेका छन ।
मान्छेहरु मोटाऊन पनि कसरी ? जो दिनभर हात्तीको घाँस खोज्न र दाना बनाउन खटिएका छन ।
समय उल्टो भएपछि यस्तै हुन्छ ।
मान्छेहरु भन्छन – माऊतेले हात्तीलाइ चलाउँछ ।
म भन्छु – के को हुन्थ्यो ? हात्तीले मान्छेलाइ आफनो काँधमा राखेर ’घुमाउँछ‘ । घुमाएको त, छ त ।
मान्छेले जती गरेपनि हात्तीलाइ गलाऊन सक्दैन ।
हात्तीले मान्छेलाइ त कती गलाउँछ कती ।
मातृदेशमा, म हिजोआज यस्ता हात्तीमात्रै देख्छु । देखिरहेको छु, जो मान्छे अर्थात जनतालाइ आफनो काँधमा चढाएको जस्तो गर्छ, तर आफनो दानापानीका लागी तीनैलाइ दलाउँछ । दलाइरहेको छ ।
हाम्रो भाव र सोच पनि बिचीत्रको छ ।
हामी मानवीय चरित्र र उत्तेजना भन्दा पर गएर मुल्य खोज्छौं ।
हामी मान्छेमा भगवान खोज्छौं, जुन असम्भव छ ।
त्रुटी नारायणकाजी वा कृष्णबहादुर महराहरुमा होइन, हामीमा छ । हामी मान्छेका चरित्र, मान्छेका स्वभाव, मान्छेका भाव र मान्छेका उत्तेजनालाइ बुझदैनौ. ।
चाहे ती राजनीतीक नेता होऊन, चाहे ती धनाढय व्पापारी ।
जुन दिन हामीले ती पहिला मान्छे र पछि नेता वा अरुथोक केही हो भन्ने बुझछौं , तब हाम्रा बुझाइका धेरै जटिलताहरु समाप्त हुनेछन । हाम्रा भ्रम र कथीत आदर्शहरु समाप्त हुनेछन ।
जबसम्म मान्छेमा आफुमाथी भएका भ्रम र कथित आदर्शहरु समाप्त हुँदैनन, तबसम्म समाचारको दुनीयामा ‘अनेक ठुला घटनाहरु’ भैरहन्छन ।
हामीले सुन्ने वा सुनेका ‘अनेक ठुला घटनाहरु’ केही होइनन । मात्र हाम्रा भ्रम हुन ।
हामी मान्छेमा भगवान खोजीरहेका छौं ।
हामी हावाको रंङ र पानीको आकार खोजीरहेका छौ ।
हो, यसैले त्रुटी हामीमा छ ।
कृपया , आजैदेखि हावाको रंङ र पानीको आकार, सोध्न र जान्न छोडौं । जिन्दगी सरल हुनेछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक