शनिबार, वैशाख ८, २०८१

नेपाली कांग्रेसले सरकार सँग होइन जनता सँग बदला लिदैछ

थानेश्वर सापकोटा२०७७ मंसिर २९ गते ३:२७


प्रयोगको अनुमती पाएसँगै बेलायत, अमेरिका लगायतका कतीपय देशहरुमा कोरोना भ्याक्सिन लगाउने प्रक्रिया समेत शुरु भएको छ ।
पहिलो चरणमा खासगरी आपतकालीन सेवाको क्षेत्रमा काम गर्ने र उच्च जोखिममा रहेका व्यक्तिहरुलाइ भ्याक्सिन उपलब्ध गराइने त्यहाँका सरकारहरुले बताएका छन ।
आम जनताकालागी भ्याक्सिन कहिलेबाट उपलब्ध हुनेछ , भन्ने अझै यकिन भैसकेको छैन । यसैले अझैपनि बिभिन्न देशका सरकार र बैज्ञानीकहरुले साबधानीहरु कायमै राख्न जोड दिइरहेका छन ।
बेलायतका एकजना बैज्ञानिकले भनेका छन – “दुरी कायम गर्न नछोडनुस । कुनै पनि उत्सव या चाड पर्वलाइ भिडभाडयुक्त नबनाउनुहोस र सकेसम्म घरमै बस्नुहोस । यसो गर्नु भयो भने पक्कैपनि तपाईंले कोरोनाको भ्याक्सिन लगाउन पाउनुहुनेछ” ।

बेलायत सहितका अधिकांश युरोपियन देशहरुले क्रिशमस र नयाँँ वर्षमा हुन सक्ने भेला र भिडभाडलाई ध्यानमा राख्दै लकडाउनको घोषणा गरेका छन । जर्मनीकी चान्स्लर एन्जेला मर्केलले आउँदो बुधबार देखी तीन साताका लागि कडा लकडाउन घोषणा गरेकी छन । बिकसित देशहरुले भ्याक्सिनको प्रयोग र उपलब्धतामा जती जोड दिइरहेका छन, त्यत्ती नै अपनाउनु पर्ने साबधानीहरुमा पनि जोड दिइरहेका छन । आफना जनतालाइ कोरोनाबट मुक्ति दिलाउन र भयमुक्त बनाउन बेलायत, अमेरिका, जर्मनी जस्ता देशहरुले कुनै कसर बाँकी राखेका छैनन । बेलैमा भ्याक्सिन खरिद गर्नेदेखि भ्याक्सिनको वितरण र प्रथामिकताहरु निर्धारण गरिएका छन ।

अमेरिका, बेलायत जस्ता देशहरुले त आफना देशमा चाहीने भन्दा दोब्बर तेब्बर भ्याक्सिन खरिद गरेका छन । तथापी यि देशहरुले सभा सम्मेलन गर्नु पुर्व सावधानी अपनाउनु पर्ने ब्यापक नियमहरु घोषणा गरेका छन । यसको ठिक बिपरीत नेपाल जस्ता बिकाशोन्मुख देशका सरकारहरु भने भ्याक्सिनका बिषयमा अझैपनि अन्यौलमा देखिन्छन । नेपालको कुरा गर्दा, सरकार राजनीतीक विवादमा फसेको छ । सरकार र त्यसको नेतृत्व गर्नेहरु भ्याक्सिन खरिद, वितरण प्रणाली र प्रथामिकतामा भन्दा पार्टी समिकरणका प्रथामिकतामा अल्झेका छन । अझैपनि साबधानीहरु उत्तिकै जरुरी छ भन्ने सम्झाउन भन्दा पनि पार्टीका समिकरणहरु मिलाउन आमसभाहरु भैरहेका छन । प्रधानमन्त्रीबाटै पनि जनताको स्वास्थ्यमाथी खेलवाड गर्ने काम भैरहेको छ । सरोकारवालाहरु एक बर्षदेखी हारगुहार गरिरहेका छन । सरकार सुन्दैन । प्रधानमन्त्री आफ्नो शक्ती देखाउने ध्याउन्नमा छन । सरकार र पार्टी विच चलेको शक्ति युद्धको संक्रमणको मार जनतामाथी परेको छ । देश र जनताको भविश्य सुन्दर बनाउने सपथ लिएर राज्य संचालनमा पुगेकाहरु शक्तिको महाभारतमा छन । जनता सरकारी चक्रब्युहमा फसेका छन् जसले न उपचार पाएका छन् न कुनै आड भरोसा । सरकार जसरी गैर जिम्मेवार भएको छ, त्यसरी नै प्रतिपक्ष नेपाली कांग्रेस पनि कम्ता गैर जिम्मेवार छैन । जसरी सरकार अलमलीएको छ, प्रतिपक्ष झन बढी अलमलमा देखिन्छ । कोरोना महामारीको बिचमा प्रतिपक्षका एकजना मात्र नेता गगन थापा बाहेक अरु कोही कतै देखिएन । यस्तो लाग्छ– देशमा कोही छँदै छैन ।

पुरै विश्वमा अहिले सम्म कोरोना महामारीका कारण करिव १७ लाख मानिसहरुले ज्यान गुमाइ सकेका छन भने नेपालमा, सरकारी तथ्यांक अनुसार यो महामारीबाट मर्नेको संख्या १७ सय पुगेको छ । संक्रमितहरु २ लाख ५० हजारको हाराहारीमा छन । ७ महिना अघी पुर्व स्वास्थ्य मन्त्री तथा प्रतिपक्षका नेता गगन थापाले सरकार सँग महामारी नियन्त्रणका लागि हारगुहार गरिरहेको अवस्था भन्दा अहिलेको अवस्था कत्ती पनि फरक छैन । जोखिम उत्तिकै छ, खासमा जोखिम झन बढेको छ । तर कांग्रेस पार्टीले सतहतरै जिल्लामा प्रदर्शन गरेको छ । प्रदर्शन भनेको आक्रोस युक्त भिड हो, भिडमा ‘सोसियल डिस्टेन्सको’ कुरै हुँदैन । नेपाली कांग्रेस सँग सरकारको बिरोधमा यथेष्ट मुद्दाहरु थिए र छन । तर ति मुद्दाहरुमा कांग्रेसले कहिल्यै चासो देखाएन, आवाज उठाएन । अहिले परिस्थितीको आँकलन नगरि प्रदर्शनहरु गर्नु काँग्रेसको गम्भीर भुल हो । दस दिन अघी यो पार्टीका वरीष्ठ नेता रामचन्द्र पौडेल माथि सरकारी पक्षबाट भएको ज्यादातिको बिरोध स्वरुप सतहत्तरै जिल्लामा प्रदर्शन गर्ने हठात निर्णय पार्टेले गरेको हो । यो निर्णयले आफ्नै कार्यकर्ता र मतदाताहरुलाई गम्भिर स्वास्थ्य संकटमा पारेको छ । नेपाली कांग्रेसले सरकार सँग नभएर जनता सँग बदला लिदै छ । भाषण गर्नेहरु मन्चमा बस्नेछन, फराकिला कुर्सीबाट उठेर भाषण गर्नेछ्न्न र सुरक्षित गन्तब्यमा निस्किने छन । तर सरकार बिरुद्दको आक्रोस सुन्न गाउँ गाउँबाट ओर्लिएका जनता ठेलमठेल गरेर उभिने छन्न र वासस्थान फर्किनेछन । कतीपय जनताले त कोरोना संक्रमण भए नभएकोपनि पत्तो पाउने छैनन ।

बेसार पानीले निको भएन भने तिनको जीवनलीला त्यही समाप्त हुने छ । रामचन्द्र पौडेल माथि भएको ज्यादातिको बिरुद्दमा नेपाली कांग्रेसले प्रदर्शन आव्हान गर्नु जरुरी थिएन, यदी पार्टीले देश र जनता प्रती जिम्मेवारी बोध गर्दथ्यो भने । कांग्रेस पार्टी गैर जिम्मेवार देखियो, केपी ओली सँगको आक्रोसको यो प्रारुप नागरिकको स्वास्थ्य प्रती गम्भिर खेलवाड हो । अबको तीन सातामा संघिय संसद्को अधिवेशन हुँदैछ । कांग्रेसले आफ्नो बिरोध त्यही गर्नु पर्दथ्यो, त्यहीबाट जनतालाई सुनाउनु पर्दथ्यो । पार्टीको साख जोगाउने नाममा सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्न पाइदैन । धेरैलाई लागेको होला– केपी ओलीले आमसभा गर्दै हिंडेका छन , भेला गराएका छन, कांग्रेसले किन गर्न नहुने ? यही एउटा बिन्दु थियो कांग्रेसले आफुलाई अलग देखाउन मिल्ने । यो पनि काँग्रेसले गुमाएको छ ।
अरु देशका सरकारहरु आवश्यक भन्दा दोब्बर तेब्बर बढी भ्याक्सिन खरीद गर्न र तिनको वितरण प्रणाली मिलाउन व्यस्त छन तर दुर्भाग्य नेपालको सरकार र प्रतिपक्ष भने जोखिमलाइ दोब्बर तेब्बर बढाउन लागी परेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक