शुक्रबार, चैत १६, २०८०

हङकङ उत्रिएका ६ जनामा ‘कोरोना पोजेटिभ’: नेपाल वायु सेवा पन्ध्र दिन सम्म ब्ल्याक लिस्टमा

नेपालप्लस समाचार २०७७ मंसिर २९ गते २१:१६

काठमाडौं— हङकङ लागि गत नवेम्बर ३० मा उडेको नेपाल एयरलाइन्स(एनएसी)को वायुसेवा उडानमा काठमाडौंबाट कोरोना ‘नेगेटिभ कार्ड’ लिएर उडेका यात्रुहरुमध्ये हङकङ बिमानस्थलमा उत्रँदा ६ जनामा ‘पोजेटिभ’ देखिएपछि नेपाल वायुसेवा निगमले अर्को धक्का बेहोर्नुपरेको छ ।

यो घटना पछी लामो समय देखी घाटामा चलिरहेको नेपाल वायुसेवा निगम र नेपालको स्वास्थ्य परिक्षाण प्रणालिमा गम्भिर शंका उत्पन्न भएको छ । सबै यात्रुले काठमाण्डौमा पीसीआर परिक्षाण गराएका थिए । १ सय २० यात्रु लिएर उडेको बिमानमा सबै यात्रुले नियामानुसारको ‘७२ घण्टा सम्म मान्य हुने कोभिड टेष्ट नेगेटिभ रिपोर्ट कार्ड’ बोकेरै उडेका थिए । तर, झण्डै ४ घण्टा लामो हवाइ यात्रा पुरा गरेर हङकङ उत्रनासाथै गरिएको कोरोना परीक्षणमा ६ जना यात्रु भने ‘पोजेटिभ’ देखिए- निगमका एक अधिकारिले बताए । नेपाली यात्रुमा कोभिड पोजेटिभ देखिए पछी हङ्कङको हवाइ उड्यन कार्यालयले तुरुन्तै नेपाल वायुसेवाको उडानलाई १५ दिनका लागि ‘ब्ल्याकलिस्ट’ गरेको थियो । त्यसै त सातामा एक दिन काठमाडौं–हङकङ उडान भर्ने नेपाल बायुसेवा ३ साताका लागि त्यसै थन्किने अवस्था आयो । यसले आर्थिक घाटा भन्दा पनि वायुसेवा निगम र नेपालको पुरै स्वास्थ्य सेवा परिक्षाण प्रणालिमा गम्भिर प्रश्न उत्पन्न गराएको छ ।

नयाँ राजनीतिक नियुक्तीको जिम्मेवारी लिएर नयाँ उत्साह र कार्ययोजनाका भरमा चल्न खोजिरहेकै बेला महाप्रबन्धक डिमप्रसाद पौडेल(प्रकाश)का लागि हङकङमा भेटिएको कोरोना प्रकरणले उनको आगामी बाटोलाई निकै असहज बनाउने छ । कोरोना संक्रमणकै माझ राजनीतिक नियुक्ती लिएर आएका पौडेलका लागि आफ्नो नियुक्तिको ३ महिनामा सम्म पनि निगमलाई बच्चाउन सक्ने केही नयाँ कार्ययोजना र स्पष्ट नितिका हिसाबले उपलब्धी देखाउन नसकिरहेको हैरानी त छँदै थियो, त्यसमाथि मुश्किलले उडान हुने क्रममा रहेको (डिसेम्बर १७ बाट) काठमाडौं–दिल्ली उडानको अनिश्चय र उडान थालिसकेको हङ्कङ उडानले समेत गोता खाएको छ ।

हङ्कङ स्थित नेपाली महाबाणिज्य दूतावासका अधिकारीका अनुसार हङ्कङ कोभिड परिक्षाणमा काठमाडौंबाट सो उडानमा गएका बिमला लिम्बू, सन्तोषी गुरुङ, राज कपाली, कामना शाह, फूलमायाँ लिम्बू र बिद्यादेवी ह्योजुमा कोभिड पोजेटिभ देखिएको थियो । उनीहरु अहिले पनि हङकङको एक होटलमा आफ्नै खर्चमा ‘१४ दिने क्वारेन्टाइन’मा बसिरहेका छन् भने हङकङबाट फिरेको नेपाल वायुसेवाको बिमान ‘स्यानिटाइजेसन’ पछि काठमाडौं बिमानस्थलमा राखिएको छ । महाबाणिज्यदूतावासमा दिइएको रिपोर्टअनुसार, यात्रुमध्ये बिद्यादेवी ह्योजुले शिक्षण अस्पतालबाट पीसीआर रिपोर्ट लिएकी थिइन भने बाँकीले टेकुस्थित स्वास्थ्य सेवा बिभागबाट परीक्षण रिपोर्ट लिएका थिए ।
‘नेपालमा निश्चित मापदण्ड र तोकिएकै अवधीभित्रको रिपोर्टमा नेगेटिभ आएको देखिन्छ । तर हङ्कङ उत्रनासाथ पोजेटिभ देखिन्छ,’महाबाणिज्यदूतावासका एक अधिकारी भन्छन्—‘हामीले स्वास्थ्य परीक्षणमैं गल्ती भएको हुन सक्ने संभावना समेत राखेर नेपालका परीक्षणकेन्द्रमाथि छानविन गर्नका लागि पत्राचार गरेका छौं, एक वा दुइ यात्रु मात्रै नभएर ६ जना यात्रुमा यत्रो समस्या देखिएपछि हाम्रो परीक्षणशालामा शंका गर्ने अवस्था उब्जिएको छ ।
हवाइ उड्यन नियमानुसार, अहिलेको अवस्थामा एउटा उडानमा ५ वा सोभन्दा बढी यात्रुमा कोरोना पोजेटिभ देखिएको खण्डमा तत्काल हवाइ उड्यन सेवामा २ साताका लागि प्रतिबन्ध लगाउन सकिने ब्यबस्था छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक