शुक्रबार, चैत १६, २०८०

बोको हरामद्वारा सयौं स्कूले विध्यार्थी अपहरण

नेपाल प्लस२०७७ मंसिर ३० गते २०:०६

                       फोटो-एपी

अफृकाको उत्तरपूर्वी नाईजेरियास्थित जिहादी समूह बोको हरामले मंगलबार उत्तर पश्चिमी नाइजेरियामा सयौं स्कूले विद्यार्थीहरू अपहरणको जिम्मेवारी लिएको छ ।

“म अबुबाकर शेकाउ र हाम्रा भाइहरू मिलेर कात्सिनामा अपहरण गरेका हौं” चिबोकमा सन् २०१४ मा सयौं स्कूले छात्रा अपहरण गरेको समूहका नेताले भ्वाईस सन्देशमा भने ।

उत्तर पश्चिमी क्यात्सिना राज्यको छात्रहरु पढ्ने विज्ञान विषयको सरकारी माध्यमिक विद्यालयमा शुक्रवार आक्रमण भएको थियो । त्यस आक्रमणमा परेका कम्तिमा ३३३ विद्यार्थी अझै पनि हराइरहेका छन् ।

नाईजेरियाका अधिकारीहरुले ति विध्यार्थीहरु छुटाउन आक्रमणकारीहरुसित वार्ता चलिरहेको बताएका छन् ।

“हाम्रा बच्चाहरूको अपहरणकारीहरूले सरकारसँग सम्पर्क गरेका छन् । उनीहरूको सुरक्षा सुनिश्चित गर्न र उनीहरूका आ-आफ्ना परिवारमा फर्काउन कुराकानी जारी छ” क्याटिस्ना राज्यका गभर्नर अमीनू बेलो मसारीले ट्वीटरमा लेखेका छन् ।

“वास्तवमै यदि बोको हरामले अपहरण गरेको हो भने यो शिक्षा गैरइस्लामिक हो भन्ने विश्वास अनुरूप गरिएको हो” फ्रान्स २४ न्युजका साम ओलुकोयाले लागोसबाट गरेको रिपोर्टमा उल्लेख छ । “बोको हरामको अर्थ हो: ‘बोको’ भनेको शिक्षा र ‘हराम’ भनेको पाप । त्यसैले यसको उद्देश्य हो, बच्चालाई स्कूल जानबाट रोक्नु । ”

यो समूहको संलग्नतानै हो भन्ने किटान भने अझै अज्ञात छ । “कुन चरणमा बोको हराम यसमा संलग्न थिए भन्ने कुरा स्पष्ट छैन” ओलुकोयाले भनेका छन् “यी वालवालिकाको अपहरण गरिसकेपछि पनि तिनीहरू संलग्न भए वा उनीहरू अपहरणको प्रारम्भिक योजनामा ​​संलग्न थिए कि थिएनन् भन्ने कुरा अस्पष्ट छ ।”

यस आक्रमणको सुरुमा स्थानीय रूपका बन्डित (डाकु) भनेर चिनिने सशस्त्र समूहहरूलाई दोष लगाइएको थियो । यहाँको अस्थिर क्षेत्रमा तिनीहरु अपहरणमा सकृय छन् ।

नाईजेरियाको सेनाले अपहरणकारीहरु लुकेको स्थल पत्ता लगाएको र त्यहाँ अपरेसन जारि रहेको उल्लेख गरेको छ ।

मोटरसाइकलमा एक सय भन्दा बढि बन्दुकधारीले कंकारा शहरको उत्तरमा रहेको ग्रामीण विद्यालयमा आक्रमण गरेका थिए । विद्यार्थीहरू भाग्न र वरिपरिको झाडीमा लुक्न बाध्य तुल्याएका थिए । एएफपी न्युज एजेन्सीका अनुसार केहि छात्रहरु भाग्न सफल भएका थिए । धेरैलाई पक्राउ गरिएको थियो । पक्राउ परेकाहरुलाई साना साना समूहमा बिभाजन गरेर अपहरणकारीहरुले लगेको स्थानियले बताएका छन् ।

यो अपहरणले उत्तरपूर्वी नाइजेरियामा आक्रमणकारीहरुले अग्रसरता लिएको देखिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक