शुक्रबार, वैशाख १४, २०८१

बलात्कारको आरोपमा फ्रान्सका गृहमन्त्री अदालतमा

नेपाल प्लस२०७७ मंसिर ३० गते २१:०२

Photo- Lébaration

फ्रान्सका गृहमन्त्री जेराल्ड डरमानिनमाथि बलात्कारको आरोपमा बयान लिइएको छ । गत जुलाई महिनामा उनलाई गृहमन्त्रीमा नियुक्त गरेपछि फ्रान्सका महिला संगठनहरुले उनमाथि बलात्कार गरेको आरोप लगाउँदै आएका थिए । डरमानिनमाथि बलात्कारको आरोप ब्यापकरुपमा लागेपछि सोमवार न्यायाधिशले बयान लिएको फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् ।

दक्षिणपन्थी समूह (राईटविङ) भनेर     चिनिने वकिलहरूले बलात्कार, यौन उत्पीडन र विश्वासको दुरुपयोगको आरोपमा उनले दुई अनुसन्धान दण्ड अधिकारीहरूसँग आफ्नै अनुरोधमा कुरा गरेको एएफपीलाई बताएका छन् ।

डरमानिन हालैका हप्ताहरूमा राष्ट्रपति एमानुएल माख्रोंको मध्यमार्गी सरकारको बिरूद्ध भएका बिरोध प्रदर्शनको केन्द्र बनेका छन् । सरकारले प्रहरीहरुको तस्बिर मेडियामा प्रयोग गरेमा तिमाथि दण्ड हुनसक्ने विधेयक पेश गरेको थियो । एक जना अडियो भिडियो निर्माता काला वर्णका नागरिकमाथि मास्क नलगाएको आरोपमा प्रहरीले कुटपिट गरेको भिडियो फुटेज सार्वजनिक रुपमा खुलासा गरिदिएपछि ग्रिहमन्त्रीको ब्यापक आलोचना हुँदै आएको छ ।

सन् २००९ मा एउटी महिलाले डरमानिनले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनले फ्रान्सको मुख्य दक्षिणपन्थी पार्टी युएमपीका पूर्ववर्ती सांसदबिरुद्द सहयोग मागेकि थिईन् । डरमानिन त्यो बेला युएमपीका कानूनी मामिला सम्बन्धी सल्लाहकार रहेकाले उनले आपराधिक अभिलेख हटाउनको लागि सहयोग मागेको आरोप लागेको छ ।

ति महिलाका अनुसार गृहमन्त्री डरमानिनले भनेका थिए “म तिमीलाई मद्दत गर्छु” तर “तिमीलेपनि मलाई मद्दत गर्नुपर्ने छ”  ।

उनले सहमतिमै यौनकार्य गरेको भन्ने संवन्ध देखाउन खोजेको बताउनेहरुपनि छन् । तर आरोप बाहिरिएपछि उनलाई गृहमन्त्रीमा नियुक्त गर्नासाथ उक्त पदबाट हटाउन नारीबादी समूहहरुले चर्को दबाब दिएका थिए ।

फ्रान्सेली गृहमन्त्री जेरार्ड डरमानिनमाथि लागेको बलात्कारको आरोपलाई पटक पटक खारेज गरिएको थियो । तर गत जुन महिनामा यो आरोपलाई पेरिसका एक न्यायधिशमार्फत् सर्वोच्च अदालतमा अपिल गरेपछि न्यायाधिशले नयाँ अनुसन्धानको आदेश दिएका थिए ।

हाल उनमाथि शंकास्पद भन्दापनि साक्षीको रुपमा बयान लिइएको हो । तर बलात्कारको गम्भिर र सुस्पष्ठ प्रमाण फेला परेमा उनले अपराधिक आरोपहरुको सामना गर्नुपर्ने मेडियाहरुले उल्लेख गरेका छन् ।

गृहमन्त्री डरमानिनलेपनि आफूमाथि मान हानी भएको भन्दै मुद्दा दायर गरेका छन् ।

“तपाईले कुनै गलत तरिकाले अभियुक्त किटान गर्नुको अर्थ बुझ्नुपर्छ । आफ्ना बाबु आमालाई के भएको हो भने बुझाउनुपर्छ । किनभने यो सत्य हो की त्यो बेला मैले एक्लो जवान ब्यक्तिको जिवन बिताएको हुँ” डरमानिनले गत जुलाईमा क्षेत्रिय स्तरको एक अखवारसित भनेको भन्दै फँस २४ न्युजले उल्लेख गरेको छ ।

गृहमन्त्रीका कानुनविद माथियास चिच्पोर्टिक र पियर ओलिभिय सुर ले संभावित थप प्रश्नको जवाफ दिन आफूहरु उपलब्ध हुने बताएका छन् ।

तपाइँको प्रतिक्रिया