शनिबार, वैशाख ८, २०८१

फ्रान्सद्वारा ब्यापक रुपमा कोरोना परिक्षण शुरु

नेपाल प्लस२०७७ मंसिर ३० गते २१:५९

                           Photo- TRT World

दोस्रो लकडाउन खुकुलो पार्नु अघि फ्रान्सले ब्यापकरुपमा कोरोना परिक्षण शुरु गरेको छ । फ्रान्सले खासगरि धेरै पर्यटकहरु जाने समुद्री किनार नोर्मदी, ल हाब्र र बेल्जियमसित सिमा जोडिएको सार्लभिल मेजियरबाट ब्यापक रुपमा परिक्षण शुरु गरेको हो । फ्रान्सले घोषणा गरेको दोस्रो लकडाउनको अन्तिम दिन मंगलवार भएकाले सोमवारदेखिनै यस्तो परिक्षण शुरु गरेको हो ।

क्रिस्चियनहरुको राष्ट्रिय पर्व क्रिसमसको छुट्टी मनाउन बढि भिड लाग्ने भएकाले कोरोना भाईरसको संक्रमणलाई कम गर्न यी क्षेत्रबाट ब्यापक परिक्षण शुरु गरेको बताइएको छ ।

क्रिसमसको समय पारेर फ्रान्सेलीहरूलाई प्रशासनिक अनुमतिसहित आवतजावत गर्न कागजातहरू बिना नै सम्पूर्ण देशभर स्वतन्त्र रूपमा अनुमति दिइने छ । दैनिक कोरोना भाइरस संक्रमणको संख्या डिसेम्बरको मध्यमा सरकारले आँकलन गरेको भन्दा अझै उच्चनै छ ।

अक्टुबरको अन्त्यमा एउटा टेलिभिजन भाषणमा कोरोना भाईरसको लकडाउनको लागि योजना तय गर्दै राष्ट्रपति एमानुएल माख्रोंले संक्रमितको संख्या पाँच हजार मात्रै हुने आशा ब्यक्त गरेका थिए । तर उनको आँकडा सफल भएन । पछिल्लो हप्तामा दैनिक औसत १२ हजारमा नयाँ संक्रमण भैरहेको छ ।

आइतवार मात्रै फ्रान्सको स्वास्थ्य विभागले २४ घण्टामा ११ हजार पाँच सय ३३ जना कोरोनाका विरामी थपिएको तथ्यांक सार्वजनिक गर्‍यो । म्रितकको संख्या १५० जना पुगेको छ ।

कोरोना भाईरसबाट म्रित्यु हुनेको संख्या फ्रान्समा ५८ हजार पुगेको छ भने ४० हजार अझैपनि अस्पताल भर्ना छन् ।

अहिले फ्रान्सेली सरकारले कोरोना भाईरस नियन्त्रणकालागि नयाँ रणनिति बनाइरहेको र त्यसमध्ये ब्यापकरुपमा परिक्षण गर्ने निति अँगालेको हो ।

कोरोना भाईरसको संक्रमण हाल शहरी क्षेत्रहरुमा ब्यापक देखिएको स्वास्थ्य मन्त्री ओलिभिय भेरँले उल्लेख गरेका छन् ।

ल हाभ्र क्षेत्रका वर्तमान मेयर तथा पूर्व प्रधानमन्त्री एडुवार्ड फिलिपले आफ्नो क्षेत्रमा बस्ने दुई लाख ७० हजार नागरिकलाई निशुल्क र अग्रिम मिति नलिईकनै आएर परिक्षण गरिने र त्यसको रिपोर्ट आधा घण्टामै प्राप्त हुने बताएका छन् । उनले शुक्रवारसम्म सबै नागरिकको निशुल्क परिक्षण गरिने जानकारि दिएको जोर्नाल दिमँस अखवारले उल्लेख गरेको छ ।

“बेलायतको लिभरपूलमा पाँच लाख मध्ये एक तिहाईको परिक्षण चार दिनभित्रै गरे । यदी हामीले आधा जनसंख्याको परिक्षण गर्न सफल भयौं भने म सबैभन्दा भाग्यमानी ब्यक्ति हुनेछु र त्यो गर्न सम्भव देखेको छु” फिलिपले ल दिमस अखवारसित भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक