शुक्रबार, वैशाख १४, २०८१

स्विस अस्पतालका सम्पूर्ण प्रणाली ध्वस्त हुने डाक्टरहरुको चेतावनी

नेपालप्लस२०७७ पुष १ गते २०:५२

स्विजरल्याण्डको विशिष्ठ श्रेणीका डाक्टरहरुले देशको सम्पूर्ण स्वास्थ्य प्रणाली ध्वस्त हुनसक्ने चेतावनी स्वास्थ्य मन्त्रीलाई दिएका छन् ।

कोरोना भाईरसका बिरामीहरूको अत्यधिक चापले पाँच ठूला शिक्षण अस्पतालका प्रतिनिधिहरूले स्विस स्वास्थ्य मन्त्री आलेन बेरसेटलाई चेतावनी पठाएको किस्टोन न्युजले उल्लेख गरेको छ ।

सोनटाङ जैटुङ अखवारका अनुसार स्विस स्वास्थ्यमन्त्री बेरसेटलाई डाक्टरहरुले ‘वर्तमान स्वास्थ्य अवस्थाको बारेमा ठूलो चिन्ता’ भन्दै पत्र पठाएका हुन् । उनीहरूले सघन उपचार कक्षहरूमा ओछ्यानहरूको अभाव भइसकेको र नर्सिङ कर्मचारीहरुको संख्यापनि अन्तिम अवस्थामा पुगेको उल्लेख गरेका छन् । अक्टोबरदेखि यि शिक्षण विश्वविद्यालयका अस्पतालहरूमा स्वास्थ्यकर्मी र ओछ्यानको अभावकै कारण ४००० शल्यक्रिया स्थगित गरिएको छ ।

“नैतिक प्रश्नहरू उठ्न लागेका छन्” स्विजरल्याण्डको राजधानी बर्नमा रहेको इनसेल्सपिटल अस्पतालका निर्देशक युई ई जोचामले चेतावनी दिएका छन् ।

अस्पतालका निर्देशकहरुले क्रिसमस पर्वपछि कोरोना भाईरसको तेस्रो लहर आउने र त्यसपछि अस्पतालको सम्पूर्ण पद्दती भत्किने भन्दै त्रास मानिरहेका छन् । त्यहि कारण उनीहरूले संघीय परिषदले कडा हस्तक्षेप गर्नुपर्ने आह्वान गरिरहेका छन् ।

चिकित्सकहरुका अनुसार जुरिच विश्वविद्यालय अस्पतालमा सघन उपचार कक्षमा केवल तीन वटा नि: शुल्क बेडहरू छन् । ति अहिलेनै अपर्याप्त भैसकेका छन् । उनीहरुको भनाईमा जुरिचका प्रमुख तिन अस्पतालका प्रमुख डाक्टरहरुपनि सहमत छन् ।

स्विजरल्याण्डले आउँदो पुस्ताका लागि पेन्सन ग्यारेन्टी गर्न संघर्ष गरिरहेको छ । पेन्शन प्रणाली समयसँगै अवरुद्द हुनबाट रोक्नको लागि स्विट्जरल्याण्डले अनौंठो अवरोधको सामना गर्नुपर्ने समाचारहरुमा उल्लेख छ ।

“स्वास्थ्य सेवा प्रणाली हप्तौं पहिले देखिनै ओझेलमा परेको छ” जुरिच विश्वविद्यालय अस्पताल संक्रामक रोगका प्राध्यापक हुलड्रिक गनटार्ड र ट्रिम्ली अस्पतालका प्रमुख संक्रामक रोग विशेषज्ञ जेरार्ड आइचले भने ।

तपाइँको प्रतिक्रिया