मंगलबार, वैशाख ११, २०८१

रोजर फेदेरर र मोहम्मद अलीबाट प्रभावित छन रोनाल्डो

नेपालप्लस खेलकूद डेस्क२०७७ पुष २ गते ११:२५

पोर्चुगिज सुपरस्टार क्रिश्चियानो रोनाल्डोले बक्सिंगका बादशाह मोहम्मद अली र टेनिसका विश्व प्रसिद्ध स्विस खेलाडी रोजर फेदेररबाट आफूले धेरै कुरा सिकेको बताएकाछन् ।

जँड्याहा बाबु र अरुको घरमा सरसफाइ काम गर्ने आमाको कोखबाट जन्मेका रोनाल्डो धेरै संघर्ष पछी फूटबल जगतका सुपरस्टार बन्न सफल भएका हुन् । उनले लगन र धैर्य नै सफलताको मुख्य चुरो भएको बताए ।

पाँचौं पटक फिफाको उत्कृष्ट उपाधी बालों द ओर जित्न सफल रोनाल्डोले पत्रकार सँग कुरा गर्दै भनेका छन- आफूले देखेको सपनालाई निरन्तर पछ्याइरहने हो भने भाग्यले पनि आफूलाई पछ्याउने छ । मोहम्मद अलीको भनाइ सम्झँदै उनले भने, “उमेर केही होइन । यदि तिमीले आफूलाई बूढो सम्झन्छौ भने १९ वर्षमै तिमी बूढो हुन्छौ । यदि तिमीले आफूलाई जवान सम्झन्छौ भने तिमीले ६० पुगे पनि जवान नै हुन्छौ । उमेर भनेको मन र मष्तिष्कबाट उत्पन्न हुने विचारले तय गर्ने मानसिक धारणा हो । अलीको यो भनाइले मलाई सधै जवान राख्दछ । म मेरो शरीर दुरुस्त राख्न आवश्यक अभ्यास गरिरहन्छु । तर मनको सन्तुलन कायम गर्न मानसिक रुपमा आफूलाई सधै जवानको रुपमा सोचिरहन्छु ।”

रोनाल्डोले थपे “हेर्नोस् न स्विस टेनिस खेलाडी फेदेरर । उनले ३९ वर्ष पुग्दा पनि संसारभरीको उत्कृष्ट टेनिस खेलाडीको उपाधि जितिरहेका छन् । उनले कहिल्यै घमण्ड गर्दैनन् । साह्रै विनयशील छन् उनी । उनको सफा मन भएकैले होला उनी सधै युवक छन् । म उनीबाट अति प्रभावित छु ।”

म्यानचेष्टर यूनाइटेडका पूर्व खेलाडी र हाल इटालीको जुभेन्ट्समा खेलिरहेका रोनाल्डोले फूटबल पछि आफ्नो रुचिको खेल बक्सिंग भएको बताए । युनाइटेडमा खेल्दा उनी प्रशिक्षकसँग नियमित बक्सिंग अभ्यास गर्थे । किन त ? रोनाल्डोको जवाफ छ “बक्सिंग खेल्ने खेलाडीले आफ्ना शत्रुहरुले कसरी हमला गरिरहेकाछन् भन्ने बुझ्न सघाउँछ । मन र शरीरको सन्तुलन मिलाउन सघाउँछ ।”

तपाइँको प्रतिक्रिया