शुक्रबार, वैशाख १४, २०८१

गुप्तांग देखाउदा दुई लाख जरिवाना

हरि बस्ताकोटी / लिस्बन, पोर्चुगल२०७७ पुष २ गते १२:२३

पोर्चुगलको ब्रागा जिल्ला अन्तर्गत ग्युमाराएँजको एउटा अदालतले छिमेकी महिलालाई कट्टु खोलेर गुप्तांग देखाउने एक जना ६८ वर्षीय पोर्चुगिज पुरुषलाई नेपाली दुई लाख रुपियाँ बराबरको जरिबाना सुनाएको छ ।

साँधको विषयमा सधैं झगडा गरिरहने ति पुरुषले भनाभनको क्रममा छिमेकी ४८ वर्षीया महिलालाई कट्टु खोलेर गुप्तांग देखाएका थिए । झगडा चलिरहँदा छिमेकी ति महिलाले “तेरो गुप्तांग काटेर रुखमा झुण्ड्याउने तागत छ” भनेर चर्किएकी थिइन् ।

समाचारहरुमा जनाइए अनुसार पुरुष रक्सीको नसामा थिए र उनले पनि महिलालाई तथानाम गाली गरिरहेका थिए । “सक्छेस भने ल काटेर झुन्ड्याइ” भन्दै ति पुरुष छिमेकिले कट्टु खोलेर गुप्तांग देखाइदिएका थिए ।

झगडा सुरु भए देखिनै ती महिलाले मोबाइलमा भिडियो खिचिरहेकी थिइन् जुन कुरा पुरुषले चाल पाएनन् । पछि उनले महिला हिंसाको कारण देखाएर अदालतमा मुद्दा हालिन् । पटक पटकको पेशी र बहसपछि चार वर्षमा न्यायाधीशले पुरुषलाई जरिवाना तिराउने फैसला सुनाए ।

फैसला सुनाएको बेला पुरुष झोक्राएर उभिइरहेका थिए । उनकी स्वास्नी, छोरा बुहारी, नातिनातिनाहरु सबै फैसला सुन्न गएका थिए । अदालतमा उनले आफूसँग भएको ९ सय यूरो तुरुन्तै बुझाए भने बाँकी एक साता भित्र बुझाउने गरी भाखा मागेर छोरा बुहारीसँगै घर फर्किए ।

तपाइँको प्रतिक्रिया