बिहीबार, चैत १५, २०८०

खोप लगाएपनि कोरोना भाईरस फैलिन नछोड्ने

नेपाल प्लस२०७७ पुष २ गते १८:११

       photo- passeport santé

कोरोना खोप लगाएपनि यो भाईरस ट्याक्कै रोकिने संभावना भने छैन । लाखौं ब्यक्तिलाई कोरोनाको खोप लगाएपनि यो भाईरसले आफ्नो यात्रा भने जारिराख्ने छ । सरुवा रोगका विशेषज्ञहरुले यहि बताएका छन् ।

“यो खोप अभियान कोरोना बिरूद्ध लड्ने महत्वपूर्ण मोड हो । तर क्रान्तिकारी प्रक्रियालाई ध्यानमा राखी खोप अभियानको थालनी गर्दैमा महामारीको अन्त्य हुने छैन “फ्री युनिभर्सिटी अफ बेल्जियमका सरुवारोगका प्राध्यापक मिशेल गोल्डम्यनले भने “त्यस्तै परीक्षण अभियान र एकान्तवासमा बस्ने प्रोत्साहन आगामी महिनाहरूमापनि जारी रहने छ ।”

“प्रधानमन्त्री के कुरामा सतर्क छन् भने नागरिकहरुले सामाजिक दूरी कायमै राख्नुपर्छ । मास्कपनि लगाउने गर्नुपर्छ । किनभने खोप लगाउँदैमा भाईरस फैलिन रोकिने छैन” फ्री युनिभर्सिटी अफ बेल्जियमका सरुवारोगका प्राध्यापक मिशेल गोल्डम्यनको भनाई छ ।

“हामीले धेरै गम्भिर अवस्थाका मानिसहरुमा खोप लगाएर रोग प्रतिरोधात्मक क्षमता विकास गरेपछि युवामापनि यो रोग संकुचन हुन्छ । तर कहिलेकाहिँ गम्भिर लक्षण भने देखिन सक्छन् । त्यो स्पष्ठ देखिने छ । त्यसैले यसको उद्देश्य सामूहिक प्रतिरोधात्मक क्षमता बढाउनु, अरुको सुरक्षा गर्नु र आफूलाइपनि जोगाउनु यसको लक्ष्य हो” अनुसन्धानकर्ता भन्छन् ।

            फ्रान्समा खोपको ब्रिहद योजना

फ्रान्सका प्रधानमन्त्री जँ कास्तेक्सले कोरोना खोपको ब्रिहद योजना सार्वजनिक गरेका छन् । उनको योजना अनुसार डिसेम्बरको अन्त्यसम्म देशका सबै नर्सिङ होमहरुमा पुर्‍याइने र वसन्त ऋतुको अन्त्यसम्म सम्पूर्ण नागरिकमा पहुँच पुर्‍याइने छ ।

प्रधानमन्त्री जँ कास्टेक्सले बुधवार राष्ट्रिय सभामा फ्रान्सेली खोपको कार्यकारी योजना प्रस्तुत गरेका हुन् । खोप अभियान अनुसार नर्सिङ होमहरूमा डिसेम्बरको अन्त्य र सम्पूर्ण जनसंख्याको लागि वसन्तको अन्त्यसम्म शुरू हुने छ । बुधवार उनले राष्ट्रिय सभामा खोपको योजना प्रस्तुत गर्दै भने “म यो अभियानलाई पारदर्शिता र विश्वासपूर्ण बनाउने छु ।”

सबैभन्दा महत्त्वपूर्ण कुरा उनले भविष्यको खोप अभियानका बिभिन्न चरणहरू विकास गरेका छन् जसमध्ये नर्सिङ होमहरूमा डिसेम्बरको अन्तिम हप्तादेखि शुरू हुनेछ । युरोपियन मेडिसिन एजेन्सीले प्रमाणीकरण गरेपछि ६ देखि ८ हप्तामा पहिलो चरणको अभियान पुरा हुने छ । यो पहिलो चरणमा १० लाख फ्रान्सेली नागरिकले खोप लगाउने छन् ।

हामीले सबैभन्दा पहिले बुढापाका र सबैभन्दा जोखिममा रहेका व्यक्तिहरूको रक्षा गर्नुपर्दछ । उनीहरू त्यस्ता नागरिक हुन् जसले भाइरसको लागि अत्यधिक मूल्य तिर्नुपरेको छ । नर्सिङ होमहरूमा खोपको व्यवस्था पक्कै पनि प्राथमिकता हो किनकि हामीले पछिल्ला महिनामा भाइरसको फैलावट एकदमै द्रुत र भयानक देख्न सक्छौं” फ्री युनिभर्सिटी अफ बेल्जियम सरुवारोगका प्राध्यापक मिशेल गोल्डम्यनले फ्रँस २४ न्युजसित भने ।

            फ्रान्समा २० करोड खोप भित्र्याइयो

दोस्रो चरण मार्चको शुरुमा स्वास्थ्यको उच्च जोखिममा रहेका वा गम्भिर रोग लागेका र स्वास्थ्यक्षेत्रका कर्मचारीलाई लक्षित गरिनेछ । यसकालागि २० करोड ४० लाख खोपको जोहो गरिएको छ । अन्तमा, अभियानको तेस्रो चरण वसन्तको अन्त्यबाट सम्पूर्ण जनसंख्यालाई खोप लक्षित गरिएको छ ।

प्राध्यापकका अनुसार नर्सिङ होमका नागरिक र स्वास्थ्यकर्मीहरुमा खोप लगाएपछि त्यसको प्रभाव सहजै देखिने छ । त्यसपछि एकैपटक सामूहिक रुपमा कोरोना भाईरस फैलिने संभावना कम हुने छ । सामूहिक रुपमा यसरि एकै थलोबाट सर्ने समस्या जर्मनी र फ्रान्समा देखिएको थियो ।

कुल मिलाएर फ्रान्समा २० करोड ४० लाख खोपको ब्यवस्था गरिएको छ । कोरोनाको खोप प्रत्येक ब्यक्तिलाई दुई पटक दिनु आवस्यक भएकाले यति धेरै मात्रा बुक गरिएको भनाई अधिकारीहरुको छ । खोप दिँदा प्रत्येक नागरिकले आफ्नै घर नजिक गएर खोप लिन पाइने ब्यवस्था गरिने छ ।

फ्रान्सेलीमा खोप प्रति अविस्वास

खोपले फ्रान्सेलीहरुमा आशा सँगै अविश्वासपनि उत्पन्न गराएको छ । फ्रान्सेली स्वास्थ्य सेवा विभागका अनुसार नोभेम्बरमा गरिएको एक सर्वेक्षणमा प्रश्न सोधिएका मध्ये ५३ प्रतिशतले मात्रै खोप लगाउन इच्क्षा गरेका थिए । तर जुलाई महिनामा भने ६४ प्रतिशतले खोप लगाउन चाहेको बताए । विश्वमा गरिएका सर्वेक्षण मध्ये फ्रान्सेलीहरुले खोपमा देखाएको यो चाहना विश्वमै सबैभन्दा कम रहेको फँस २४ न्युजले उल्लेख गरेको छ ।

यो अविश्वास विशेष गरी खोपको विकासको गतिका कारणले भएको अड्कल गर्न सकिन्छ । “तर हामी खोप अभियानमा छिटो जानुपर्ने भयो” प्रोफेसर भन्छन् । किनभने महामारीलाई जित्न सक्ने अवस्था द्रुत रूपमा विकास गर्नुपर्छ । उनको भनाईमा प्रयोगशालाको पछिल्लो परिक्षण अनुसार पिफाइजर-बायो एनटेक खोप ९५ प्रतिशत र मोडेर्ना खोप ९४ दशमलव एक प्रतिशत प्रभावकारि छन् ।

अर्कोतर्फ बिर्सन नहुने तर्क के छ भने आरएनए खोपहरू विशेष गरी क्यान्सरसँग लड्न १० वर्ष भन्दा बढी समयदेखि दिईने गरिएको छ । त्यसैले यस्ता खालका खोपबारे केहि पनि जानकारिनै थिएन भन्ने चाहिँ होइन । मात्र के हो भने परिक्षण र मुल्यांकनको कडा प्रक्रिया पछि एउटा खोप अधिकारिकृत हुन्छ ।

           आफ्नो सुरक्षा आफैंले गर्नु महत्वपूर्ण

माथि उल्लेखित दुई कम्पनीका खोप लिएपछि ठूलो एलर्जी प्रतिक्रिया देखाउने संभावना दुर्लभ छ । केहि मात्रामा त्यस्तो अवस्था भने सबै खोपहरूमा हुनसक्छ । यो ब्यक्ति विशेषमापनि भर पर्छ । धेरै वैज्ञानिकहरूले जोड दिएका छन् “साइड इफेक्ट धेरै व्यक्तिहरूमा देखा पर्न सक्दछ । कुनै पनि अवस्थामा यसलाई समग्रमा खोप ठिक छैन भन्ने प्रश्नको रूपमा लिनु हुँदैन” ।

तपाइँको प्रतिक्रिया

फेसबुक