बिहीबार, वैशाख १३, २०८१

स्विस कोभिड टास्कफोर्सद्वारा तत्काल स्वास्थ्य संकटको उपाय खोज्न माग

नेपाल प्लस२०७७ पुष २ गते २१:१९

स्विस कोरोना टास्कफोर्सले कोरोना बिरुद्दका उपायहरु अपर्याप्त रहेको भन्दै समाधानका उपायहरू तुरुन्तै खोज्न माग गरेको छ ।

स्विस विज्ञहरूले स्विट्जरल्याण्डमा कोरोना भाइरसका घटना र मृत्यु अझै बढ्ने सम्भावना औंल्याएका छन् । बढ्दो संख्या र अत्यावश्यक कार्यको लागि थप ब्यवस्थापनको मागको आवस्यकतापर्ने र दोस्रो लकडाउन झन बिकराल बन्दै गएको भनाई उनीहरुको छ ।

मंगलवार एकै दिन ४,२७१ जना कोरोना संक्रमित भएका छन् । म्रितकको संख्या १०३ जना भन्दा बढि पुगेको थियो । हप्ताभरिको कोरोना संक्रमितको संख्या हेर्दा प्रति दिन ४,२८३ जना छन् । क्यान्टोनहरुका अनुसार तिन हजार ७३ जनाको अस्पतालमा उपचार भैरहेको छ ।

संघिय स्वास्थ्य कार्यालय ब्यवस्थापनका प्रमुख पाथ्रिक माथियसका अनुसार कोरोना संक्रमितको संख्या उल्लेखनिय रुपमा बढिरहेको छ ।

उनका अनुसार स्विजरल्याण्डमा कोरोना भाईरसको तेस्रो लहर आउने संभावनापनि उत्तिकै देखिएको छ । “कोरोना भाईरसले स्वास्थ्य प्रणालीमा पारेको असरलाई न्युन गर्न एकदमै प्रभावित उपायहरु अपनाउनु जरुरि छ । अस्पतालहरुलाई सहयोग गर्नुपर्ने जरुरि छ । स्वास्थ्य कर्मचारीहरु आफ्नो क्षमताको अन्तिम चरणमा पुगिसकेका छन् । अब सेवा र सुबिधा नथपे अतिरिक्त सेवा दिन सक्ने अवस्थामा रहने छैनन्” माथियसले भने ।

सैन्य र प्रकोप चिकित्साको लागि ब्यवस्थापन केन्द्रका प्रमुख, आन्द्रियास स्टेटब्याकरका अनुसार सघन उपचार कक्षका ७८ प्रतिशत ओछ्यानहरु हाल भरिएका छन् । सघन उपचार कक्षका ५८ प्रतिशत ओछ्यानहरु हाल कोरोनाका विरामीले ओगटेका छन् । सघन उपचार कक्षमा अन्यमा भन्दा धेरै सेवा र स्रोतहरुको आवस्यक पर्छ ।

द्वारा सहयोगको आव्हान

स्विजरल्याण्डको सब भन्दा ठूलो सार्वजनिक अस्पताल मध्ये एक जुरिच विश्वविद्यालय अस्पतालका निर्देशकले मंगलबार कोरोनाका बिरामीको बढ्दो संख्याका कारण स्विजरल्याण्डले कसरी अर्को लकडाउनबाट बच्न सक्छ भन्ने अनुमान गर्नै नसकेको बताएका छन् । निर्देशक ग्रेगोर जुन्डले संयुक्त ज्यूरिख अस्पतालको मिडिया ब्रीफिंगमा स्की खेल खेल्न छुट्टी गएकाहरुले गर्दा जनवरीको मध्यमा तेस्रो कोरोना भाइरस लहर फैलिने त्रास रहेको उल्लेख गरेका छन् । छुट्टिको अवधिमा स्विजरल्याण्डले आफ्ना रिसोर्टहरू बन्द गरेको छैन जुन निर्णयको स्विजरल्याण्डका छिमेकीहरूले रुचाएका छैनन् ।

चुरिच शिक्षण अस्पताल स्विजरल्याण्डका पाँच ठूला अस्पतालमध्ये त्यस्तो एक हो जसले बढो कोरोना भाईरसका बिरामीको बढ्दो संख्याले गर्दा सबै स्वास्थ्य सेवा पद्दतीमा समस्या उत्पन्न भएको भन्दै स्वास्थ्य मन्त्रीलाई चेतावनी पत्र पठाएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक