शनिबार, वैशाख ८, २०८१

कोरोना भाईरसको संक्रमण घटाउन ‘ग्रिन टी’ उपयोगी

नेपालप्लस स्वास्थ्य संवाददाता२०७७ पुष ७ गते ८:३१

नियमित ग्रिन टी (हरित चिया) पिउनाले कोरोना भाईरसलाई पुरै रोक्न नसकेपनि कम गर्न सक्ने देखिएको छ । फ्रन्टियर्स इन प्लान्ट साईन्स जर्नलमा प्रकाशित एउटा अध्ययनले त्यस्तो देखाएको हो ।

अमेरिकाको नर्थ क्यारोलिना विश्वविध्यालयका अनुसन्धानदाताहरुले गएको अनुसन्धान अनुसार हरिया विरुवा र अन्य बोटविरुवामा आधारित खाद्य पदार्थहरुमा रहेको रासायनिक यौगिक पदार्थहरुले सार्स कोभिड २ र कोभिड १९ भाईरसका विषाक्त इन्जाईमहरुका गतिबिधी रोक्नसक्ने देखिएको हो ।

पोलिफेनोल्स् भनेको केहि विरुवामा पाइने सुक्ष्म पोषक तत्वहरु हुन् जुन केहि विरुवामा भएका खाना मार्फत् पाइन्छ । तिनमा एन्टिअक्सिडेन्ट भन्ने यौगिकहरु पाइन्छन् । एन्टिअक्सिडन्ट यौगिकहरू हुन् जसले अक्सीकरण रोक्दछ । अक्सीकरण एक रासायनिक प्रतिक्रिया हो जसले फ्रि रेडिकलहरू उत्पादन गर्न सक्दछ, जसलेगर्दा प्रमुख रियाक्सन देखाउँछ । त्यसले जीवहरूको कोषहरूलाई हानी गर्दछ । एन्टिअक्सिडन्टहरू जस्तै थाइओल्स वा एस्कार्बिक एसिड (भिटामिन सी) ले यी प्रमुख प्रतिक्रियाहरू समाप्त गर्दछ ।

ति एन्टिअक्सिडन्टहरू अन्य सम्भावित स्वास्थ्य लाभहरूले भरिएका हुन्छन् । यो सोचिएको छ कि पोलीफेनल्सले पाचन सम्बन्धी समस्या, तौललाई नियन्त्रण गर्ने समस्या, मधुमेह, न्यूरोडोजेरेटिभ रोग र हृदय रोगहरूको सुधारमा मद्दत गर्न सक्छ ।

नर्थ क्यारोलिना विश्व विध्यालयका अनुसन्धानदाताहरुका अनुसार ग्रिन टीमा पाइने ति पदार्थहरुले सार्स कोभिड २ र कोरोना भाईरस संक्रमण गर्ने घातक तत्वहरुलाई निस्क्रिय पार्न भूमिका खेल्छन् र रोग प्रतिरोधात्मक क्षमता बढाइदिन्छन् ।

“सार्स कोभिड २ ले आफ्नो प्रतिलिपी तयार पार्न र भाईरस फैलाउने तत्वहरुलाई जम्मा पार्ने क्षमता राख्छ । ग्रिन टी पिउनाले तिनलाई अवरुद्द वा निस्क्रिय पार्न भूमिका खेल्छन् । त्यसैले गर्दा भाईरका जिवाणुहरु लामो समयसम्म टिक्न सक्दैनन्” नर्थ क्यारेलोना स्टेट विश्वबिध्यालयको वनस्पती तथा सुक्ष्म जिवविज्ञाका प्राध्यापक डे-यु, क्षी आफ्नो रिपोर्टमा भन्छन् ।

फ्लाभानोल्सले कोरोना भाईरसको प्रतिकृयात्मक एन्जाइमको गतिविधिलाई रोक्दछ । फ्लाभानोल्स भनेको फ्लाभोनोइड्सको लोकप्रिय समूह हो जसमा क्याटेचिन्स र प्रोक्वानिडिनहरू भनिने तत्वहरु हुन्छन् । यि तत्व अंगुर, रातो वाईन, कोकोआ, चियामा उच्च मात्रामा पाइन्छ ।

अनुसन्धानको टोलीले १२ बोटका संयन्त्रहरू छनौट गरेको थियो जुन फ्लाभोनोइड्स भनिने पोलीफेनोलहरूको समूहसँग सम्बन्धित छ । यी बोटले दिने फलफूल र तरकारी वा चियाको यौगिक तत्वहरुले विभिन्न रङहरु निकाल्न जिम्मेवार भूमिका खेल्छन् । तिनीहरूमा शक्तिशाली एन्टिभाइरल, एन्टिअक्सिडन्ट र विरोधीका खराब तत्वहरुलाई भड़काउने गुणहरूको प्रचुरता हुन्छ ।

क्षीले बताए “हाम्रो ल्याबको मुख्य उद्देश्य भनेको खाना वा औषधीय बोटहरूमा न्यूट्रस्यूटिकलहरू फेला पार्नु हो जसले भाइरसलाई मानव कोषहरूमा कसरी संक्रमित गर्दछ वा मानव कोषहरूमा भाइरसको प्रसारलाई रोक्छ ।”

अन्वेषकहरूले हरियो चियामा रहेको मिश्रण दुई किसिमका हुने बताएका छन् । मस्कडिन भनिने तत्व अंगुर र काकाओ र डार्क चकलेटमा फ्ल्याभनोल अधिक पाइने पहिचान गरेका छन् । यि दुई तत्वले भाईरसको चलखेललाई सबभन्दा बढि निषेधात्मक भूमिका खेल्ने बताएका छन् । मस्कडिन अंगुर हरीत चियामा भेटिएका छन् तथापि, कोकाओ र डार्क चकलेटमा रहेका यौगिकहरूको तुलनामा तिनको प्रभाव अधिक प्रभावकारी छन् । हरियो चिया, कोरोना भाइरस संक्रमणसँग लड्नको लागि हाइड्रोक्सीक्लोरोक्वाइन भन्दा राम्रो हुने प्रमाणित भएकोपनि उनीहरुले बताएका छन् ।

ग्रीन चियामा परिक्षण गरिएपछि पाँच खाले रासायनिक यौगिकहरू फेला परेका छन् । तिनले विभिन्न भूमिका खेल्छन् । मस्कडाइन भएको अंगुरले तिनको छाला र बीउमा अवरोधक रसायन समावेश गर्दछ । बोटबिरुवाले यी यौगिकहरू आफ्नै सुरक्षाको लागि प्रयोग गर्दछन् । त्यसैले यो अचम्म मान्नु पर्दैन कि बिरुवा, पात र छालामा यी लाभकारी यौगिकहरू हुन्छन् ।

हरियो चिया जस्तो बोटमा आधारित पेय पदार्थले कोरोनाभाइरसलाई मार्न सक्छ भन्ने अघिल्लो अध्ययनले पनि देखाएको थियो । जर्मन अनुसन्धानकर्ताहरूले हरीत चिया, कालो चोकबेरी जुस, अनारको जुस र एल्डरबेरी जुसले सार्स कोभिड -२ लगायतका बिभिन्न भाइरसहरूलाई निष्क्रिय बनाउने क्षमताको जाँच गरेपछि यो पत्ता लगाएका थिए ।

अनुसन्धानकर्ताहरू विश्वास गर्छन् कि यी पेय पदार्थहरू पिउने र त्यसले मुख कुल्ला गर्दा भाइरस संक्रमणको भाइरल भारहरूलाई कम गर्न मद्दत गर्दछ । विशेष गरी सार्स-कोभिड -२ जस्तो श्वासप्रश्वासमा असर पार्ने भाइरसहरूको लागि नाक र घाँटीबाट प्रसारण हुने भएकोले बढि प्रभावकारि देखिएको छ । हरियो चिया र कालो चोकबेरीको झोलजस्ता पेय पदार्थहरू मुखमा प्रयोग गरिने एन्टिसेप्टिक भन्दापनि सुरक्षित बनाउन प्रयोग गरिन्छ जसमा कठोर रासायनिक सामग्री हुन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक