बिहीबार, वैशाख १३, २०८१

वुहानमा कोरोना भाईरस आयातित ‘फ्रोजन फुड’ बाट फैलिएको दाबी

नेपाल प्लस२०७७ पुष ४ गते २३:४०

कोरोना भाईरस् (कोभिड-१९) को उत्पत्तीस्थल भनेर शंका गरिएको चीनको वुहानमा कोरोना बिदेशबाट आयातित फ्रोजन फुडबाट फैलिएको दाबी गरिएको छ । यो दाबीपछि त्यहाँका अधिकारीहरुले नयाँ सिद्दान्त लागू गरेका छन् ।

कोविड १९ महामारीको संदिग्ध स्रोत मानिने चीनको वुहानस्थित हुवानान होलसेल बजार बन्द भएको करिब एक वर्ष बितिसकेको छ । अहिले हुवानान् र अन्य बजारमा कोरोना भाइरस विरोधी उपायहरूले गर्दा व्यवसायलाई निरन्तरता दिईएको छ । तर चिनियाँ अधिकारीहरूका अनुसार जीवित जनावरहरूको व्यापारको सट्टा स्थिर खाद्यवस्तु आयात गरिएकोले त्यसले भाइरसको प्रकोप देखाएको हो ।

हुवानन् बजारको दृश्यलाई हाल पर्खाल हालेर पछाडिबाट लुकाइएको छ । त्यसलाई केहि प्रहरीले निगरानी गर्छन् ।

पसल खुलेपनि हालसम्म हुवानानका बिक्रेताहरु डराइरहेका छन् । “त्यहाँ धेरै विक्रेताहरू थिए जो सामान किन्नको लागि हाम्रो स्टोरमा आएका थिए । मलाई थाहा थियो भाइरस धेरै संक्रामक हो । अहिलेपनि म डराएको छु” त्यहाँका एक पसलेले फ्रान्स २४ टिभीलाइ बताइन् ।

यी पसलहरूमध्ये मुठीभर विक्रेताहरू थिए जसले जंगली जनावरहरूको व्यापार गर्थे । तिनमाथि पशुबाट रोग मानव प्रसारणमा सक्षम बनाएको आरोप लगाइएको थियो । तर चिनियाँ अधिकारीहरुको सिद्दान्त अब बदलिएको छ । उनीहरु भन्छन् ‘भाइरस आयात गरिएको फ्रोजन फूड (बरफमा जमाइएको खाना) ले ल्याएको थियो ।

वुहानको काँठमा रहेको अर्को एक बजारमा भाइरसलाई नियन्त्रण गर्न कडा प्रोटोकलहरू लागू गरिएका छन् । ग्राहकहरूले क्विक रेस्पोन्स कोड (क्र् कोड) स्क्यान गरेर ति वस्तुको तापक्रम लिनैपर्छ ।

खाद्य सुरक्षाको मामलामा स्थानीयहरू प्रायः संक्रमित उत्पादनहरू विदेशबाट आउँदा चिन्तित हुन्छन् ।

“हामी आयातित उत्पादनहरू किन्न हिम्मत गर्दैनौं” एक पसलले फ्रान्स २४ टिभीलाई बताए ।

तपाइँको प्रतिक्रिया