बिहीबार, वैशाख १३, २०८१

मध्यावधि निर्वाचनमा जान प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको सिफारिश

नेपालप्लस२०७७ पुष ५ गते १०:०१

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहानै मन्त्रीपरिषदको आकस्मिक बैठक डाकेर संसद विघटनको सिफारिश गरेका छन् ।

नेकपा भित्रको झगडा नसुल्झिएको बेला मध्यावधि निर्वाचनमा जाने उद्देश्यका साथ ओलीले संसद विघटन गर्ने निर्णय गरेका हुन् ।

आफूले संसद विघटन गर्ने निर्णय लिएको प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदलाई जानकारी गराएर ५ मिनेटमै मन्त्रीपरिषद वैठक टुंग्याएका थिए । आफूमाथि पार्टीमा दर्ता गरिएका आरोपपत्र फिर्ता लिन आग्रह गर्दै ओली हिजो शनिवार प्रचण्ड निवास खुमलटार पुगेका थिए । आज बस्ने स्थायी समितिको बैठकको एजेण्डाको बारेमा छलफल गर्न बालुवाटार पुगेका प्रचण्डलाई ओलीले भेट्न नमानेपछि उनी फर्किएका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने र नगर्ने सबै दलहरु यतिबेला के गर्ने भनी आन्तरिक छलफलमा ब्यस्त छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले ओलीको कदम स्वेच्छाचारी भन्दै विरोध गरेका छन् ।

तपाइँको प्रतिक्रिया