शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रपतीद्वारा मध्यावधी निर्वाचन घोषणा, नेकपा स्थायि समितिको बैठक जारी, ओलीमाथि कारवाहिको संभावना

नेपाल प्लस२०७७ पुष ५ गते ११:२४

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनकालागि गरेको सिफारिसलाई राष्ट्रपती विद्यादेवी भण्डारीले लालमोहर लगाइदिएकि छन् । प्रधानमन्त्रीको सिफारिस गर्दै उनले अप्रिल ३० र मे १० कालागि मध्यावधी निर्वाचनको नयाँ मिति घोषणा गरेकि छन् ।

राष्ट्रपती भण्डारीले पहिलो चरणको लागि अप्रिल ३० र मध्यावधि चुनावको दोस्रो चरणको लागि मे १० लाई घोषणा गरेकि हुन् ।

यसैबिच यो समाचार तयार पार्दासम्म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायि समितिको बैठक बसिरहेको नेकपा नेतृ पम्फा भुसालले नेपालप्लसलाई बताईन । बैठक मुलत संसद बिघटन गर्ने केपी ओलीको सिफारिस र त्यसलाई लालमोहर लगाउने राष्ट्रपतीमाथि केन्द्रित भैरहेको छ ।

समाचार सुत्रका अनुसार नेकपा स्थायि समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारवाहिको सिफारिस गर्ने संभावना छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक