शुक्रबार, वैशाख १४, २०८१

यो खेलमा केपी ओलीले जित्ने देखिन्छ : प्रदीप नेपाल

नेपालप्लस२०७७ पुष ५ गते ११:५९

नेपाल कम्युनिस्ट पार्टीमा तँतँ र म भन्ने शैलीको विकास भएकाले यस्तो परिस्थिति स्रिजना भएको राजनितिक विश्लेषक एवं पूर्व मन्त्री प्रदीप नेपालले बताएका छन् ।

नेपालप्लससित उनले भने “केपी ओलीले केहि दिन अघिको आफ्नो भेटमा ‘सबैका मुखमा खाना पुर्‍याउन सक्दिन, मलाई काम गर्न गाह्रो भयो’ भनेका थिए ।”

नेकपा एमालेका पूर्व नेता प्रदिप नेपालले अब चुनाबमा जाने र नजानेहरु गरि नेकपा दुइ भागमा चिरा पर्नसक्ने परिस्थिति आएको बताएका छन् ।

उनले भने, ‘यो प्रचन्ड पक्षलाई कमजोर पार्न ल्याइएको कुरा हो । यो खेलमा अन्तत: केपी ओलीले जित्ने देखिन्छ ।‘

अर्कोतर्फ संसद विघटन भएपछिको उत्पन्न नयाँ परिस्थितिलाई मध्यनजर राख्दै नेपाल कम्यूनिष्ट पार्टीको स्थाइ समितिको बैठक बस्न वालुवाटारमा जम्म बहेका छन् । संभवत यो बैठकमा केपी ओलीलाई पार्टीको सदस्य नै नरहने गरी स्थायि समितिले कार्वाही गर्ने छ ।

तपाइँको प्रतिक्रिया