शुक्रबार, वैशाख १४, २०८१

संसदीय ब्यवस्था असफलताको फेरि पुष्टि : मोर्चा

नेपाल प्लस२०७७ पुष ६ गते १४:१४

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रतिनिधीसभा भंग गरेसँगै नेपालमा संसदीय ब्यवस्था असफलताको पुन: एक पटक पुष्टि भएको नेपाली जनप्रगतिशिल मोर्चा युरोपले एक प्रेश विज्ञप्ती जारि गर्दै उल्लेख गरेको छ । ‘प्रधानमन्त्रीको उक्त अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको हामी कडा शब्दमा भ्रत्सर्ना गर्दछौं’ बिज्ञप्तीमा भनिएको छ ।

दलाल पूँजिवादी संसदीय ब्यवस्थाबाट शान्ती, सम्वृद्धि, बिभेद मुक्त र समुन्नत वैज्ञानिक समाजको निर्माण सम्भव हुँदैन । नेपाली जनताको आवश्यकता र जनभावनालाई सम्बोधन गर्न असफल भएपछि घरेलु प्रतिकृयावाद र साम्राज्यवादको इसारामा केपी शर्मा ओलीले चालेको यस कदमले दलाल तथा संसदीय ब्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको अपरिहार्यतालाई अझै ठोस बनाएको बिज्ञप्तीमार्फ्त् जनाइएको छ ।

नेपाली जनप्रगतिशिल मोर्च युरोपका अध्यक्ष विष्णु भुजेलद्वारा जारि प्रेश बिज्ञप्तीमा भनिएको छ “विश्व कोरोना महामारीलाई न्युनिकरण गर्दै यसले जनजीवनमा पारेको आर्थिक अस्तब्यस्तताबाट कसरी बच्ने भन्ने छलफलमा केन्द्रित भइरहेको छ । आफ्ना गुटगत स्वार्थहरु छोडेर राष्ट्रिय एकता कायम गर्दै नेपाली जनताको सेवामा जुट्न, विदेशी बजारमा श्रम बेच्न बाध्य देशका कुल जनसंख्याको झण्डै एक तिहाई युवा पुस्तालाई देश फर्काउन, उत्प्रेरक, आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा लाग्न र विश्व साम्राज्यवादले आफ्नो अनुकूल नेपाललाई प्रयोग गर्ने विविध षडयन्त्रहरुको प्रतिरोध गर्न छोडेर नितान्त आफू र आफ्नो गुटको लागि सत्ता शक्तिको प्रयोग गर्ने यो संसदवादी प्रवृत्तिको आम जनताले प्रतिरोध गर्न जरुरी छ ।”

वर्तमान सुख्खा गणतन्त्रमा विकसित भएका घटनाक्रमहरुले कुनै दल वा व्यक्ति भन्दा पनि यो राज्य प्रणाली नै असफल भएको प्रमाणित गरेको छ । त्यसैले संसारभरी रहेका सम्पूर्ण श्रमजीवी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा केपी शर्मा ओलीको फासिवादी कदमको बिरोध गर्दै वैज्ञानिक समाजवादी राज्यब्यवस्था स्थापनाका निम्ति संवाद र सहकार्य सहित अघी बढ्न मोर्चाले अपिल समेत गरेको छ ।

तपाइँको प्रतिक्रिया