शुक्रबार, वैशाख १४, २०८१

फ्रान्स-बेलायत सिमा समस्या : हजारौं ट्रक रोकिए, औषधी र खाद्य संकट पर्नसक्ने चेतावनी

नेपालप्लस बिजनेश संवाददाता / बेलायत२०७७ पुष ६ गते २२:४८

(फोटो- डेली बिजनेशग्रुप डट को डट युके)

बेलायतमा कोरोना भाईरसले आफ्नो रुप बदलेर संक्रमण बदलिएको प्रचार हुनासाथ बेलायत र फ्रान्सबिचको सिमामा समस्या उत्पन्न भएको छ । फ्रान्सेली अधिकारीहरुले बेलायतबाट फ्रान्स छिर्ने सिमा बन्द गरिदिँदा खाद्य समाग्रि बोकेका हजारौं ट्रक बेलायतमा अलपत्र परेका छन् । ति ट्रक मध्ये केहिमा औषधि र अत्यावस्यक वस्तु रहेकाले युरोपका धेरै मुलुकलाई चिन्तित बनाएको छ । बेलायतको समुद्री सिमा क्षेत्र डोभरबाट फ्रान्सको काले क्षेत्र जान फ्रान्सले रोकिदिएपछि डोभरमा हजारौं ट्रक थन्किएका हुन् । त्यहाँ बिभिन्न सामाग्रि बोकेका हजारौं ट्रकको लस्कर लागेको छ ।

गत ४८ घण्टादेखि सिमा बन्द गरिएपछि फ्रान्स र बेलायतको समुद्रमुनिको बाटो हुँदै आउने ति ट्रकहरुमा रहेको चिकित्सकिय सामाग्रि र अत्यावस्यक खाद्य पदार्थ अब फ्रान्स, बेलायत लगायत युरोपका अन्य देशमा पुग्न नसक्ने त्रास स्रिजना भएको छ ।

फ्रान्सले दक्षिणी बेलायतमा कोभिड १९ को नयाँ संक्रमण फैलिएको भन्दै बेलायतबाट आउने ट्रकका सामाग्रिमार्फत् युरोपेली महाद्वीपमा फैलिन सक्ने डरले बेलायतबाट मालवाहक जहाजको लागि आफ्नो सिमाना बन्द गरेको हो ।

फ्रान्सको टिभी टिएफ १ का अनुसार सामान्यतया दिनहुँ १६ हजार लरी (ठूला ट्रक) हरू फ्रान्स आउने गर्छन् । सरकारले ति सामानहरु अन्य युरोपेली देशका गन्तव्यस्थल र फ्रान्सको सडक खण्डमा पुग्नुभन्दा पहिले सम्भवतः सडेको हुनसक्ने डरले प्रतिबन्ध लगाएको हुनसक्ने फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् । रोग फैलिनसक्ने त्यो त्रासलाई शिथिल गर्न फ्रान्सलाई बाध्य पारेको बेलायती पत्रपत्रिकामा उल्लेख छ । डोवरको अवस्था हाल “विनाशकारी” भएको फ्रँस १ टिभीले उल्लेख गरेको छ ।

स्कटल्याण्डको फूड एण्ड ड्रिन्कका प्रमुख कार्यकारि अधिक्रित जेम्स विथरका अनुसार यो हप्ता हरेक दिन पाँच करोड बेलायती पाउण्ड भन्दा बढी स्कटल्याण्डको खाना फ्रान्स जाने थियो ।

“अहिले धेरै व्यवसायहरु विरक्त छन् । यो हप्ता धेरै ब्यापारीकालागि निराशाजनक हुने छ । किनभने फ्रान्स र स्पेनमा क्रिसमसको ठूलो बिक्रीमा भाग लिनका लागि यहि बुधवार महत्त्वपूर्ण बजारहरू निर्धारित गरिएको छ” उनले युरोन्युजसित भने ।

तेलको मूल्य घट्यो

बेलायतमा यात्रा प्रतिबन्ध अझै लागू छ । बेलायतले पछिल्लो समयमा भारत सितको हवाई सिमाना बन्द गरेको छ । जर्मनी, इटाली र नेदरल्याण्ड्सले बेलायतबाट उडान स्थगित गर्ने आदेश दिएका छन् । आयरल्यान्डले उडान र फेरीमा प्रतिबन्ध लगाउने जनाएको छ । बेल्जियमले लण्डनबाट आउने द्रुत गतीको युरोस्टार रेलसहित विमानपनि बन्द गर्ने निर्णय गरिसकेको छ । जर्मन सरकारले युकेबाट सबै उडानहरू गत मध्यरात देखि स्थगित गर्ने निर्णय सुनाएको थियो ।

इजरायल, टर्की, मोरक्को, कुवेत, साउदी अरेबिया र अल साल्भाडोरले अस्ट्रिया, रोमानिया, लिथुआनिया, लात्भिया, इस्टोनिया, बुल्गारिया, चेक गणतन्त्र र स्वीडेनको यात्रामा पहिलेनै प्रतिबन्ध लगाएका थिए । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ७२ घण्टाको लागि बेलायतबाट यात्रामा रोक लगाएपछि केहि महत्वपूर्ण कदम चाल्न बेलायतमा दबाब बढ्दै गएको छ ।

बेलायतसितको हवाई र अन्य सिमा धेरै देशले बन्द गरिदिएपछि स्टर्लिङ पाउण्ड एक दशमलव दुई देखि एक दशमलव तिन प्रतिशतले गिरावट भएको छ । युरोपको सीमा बन्द भएपछि तेलको मूल्य सोमबार प्रति ब्यारल तिन प्रतिशतले घटेको छ । बेलायतमा इन्धनको मागमा गिरावट आएकाले मूल्य घटेको हो ।

तपाइँको प्रतिक्रिया