शुक्रबार, वैशाख १४, २०८१

डिसेम्वर २७ देखि युरोपभरि कोरोना खोप लगाईने : हरेक दिन ७००० ब्यक्ति संलग्न, २० लाख खोप उत्पादन

नेपालप्लस संवाददाता / बेल्जियम२०७७ पुष ७ गते १९:३६

फोटो- Flanders Investment & Trade

युरोपेली परिषदले अमेरिकी फाइजर र जर्मनीको बायोएकटेन कम्पनीले उत्पादन गरेको कोरोना भाईरस खोप लगाउने अनुमति दिएपछि डिसेम्बरको २७ देखिनै युरोपभर एकै साथ खोप लगाउन शुरु गरिने भएको छ । युरोपेली परिषदकालागि औषधी र खोपको नियमन, अनुगमन र स्विक्रिति दिने युरोपेली मेडिसिन एजेन्सी (ईएमए) ले सोमवार साँझ खोप बजारमा लैजान अनुमति दिएलगत्तै ईयुले यस्तो निर्णय गरेको हो ।

युरोपेली मुलुककालागि आवस्यक पहिलो खेपकालागि सबै खोप बेल्जियमको लियजस्थित कमप्नीले उत्पादन गरिरहेको फँस २४ न्युजले जनाएको छ । हाल बेल्जियमामा कोरोना खोप उत्पादनमा छ कम्पनीहरु सक्रिय रहेका छन् । जेयस्का, सानोफी, पिफाइजर र बायोटेक लगायत ति छ कम्पनीमा खोप उत्पादन गर्न हाल सात हजार कर्मचारी आबद्द छन् । ति कम्पनीहरुले ७० वटा फूटबल खेल मैदान बराबरको क्षेत्रफल ओगेटेको समाचारहरुमा जनाइएको छ । ति कम्पनीले हरेक दिन २० लाख खोप उत्पादन गरिरहेका छन् ।

फ्रान्सले यो खोप डिसेम्बर २७ बाट शुरु गरेपनि सन् २०२१ को जनवरि एक देखि फ्रान्सभरिका व्रिद्दाश्रममा पुर्‍याइने छ ।

युरोपेली परिषदले खोप बजारमा लैजान स्विक्रिति दिएकोमा फ्रान्सका प्रधानमन्त्री जँ कास्तेक्सले बधाई दिएका छन् ।

यो खोप युरोपभरिनै बाध्यकारि नभएकाले खोप लिनु अघि हरेक नागरिकको स्विक्रिति लिनुपर्ने छ । बेल्जियमबाट उत्पादन गरिने यि खोपको बजारिकरण र बितरण हाल बेल्जियमलेनै गर्ने छ । कोरोनाका खोप बाहेक अन्य खोप बनाउने कम्पनीहरुपनि बेल्जियमा रहेकाले बेल्जियमले यसमा विशिस्टिकरण गरेको जनाइएको छ ।

युरोपभरि एकै चोटि खोप लगाउने अनुमति पाएपनि सबै नागरिकलाई पुग्ने खोप उत्पादन भैनसकेकाले चरणबद्द रुपमा लगाउन लागिएको छ । बेल्जियमको लियज शहरमा रहेको खोप निर्माण केन्द्रलाई हाल उच्च सुरक्षामा राखिएको समाचारमा जनाइएको छ ।

यि खोप बन्द गर्ने बाकस, खोपका डिब्बा र बट्टाहरुको तापक्रम निगरानीको ब्यवस्थापन भने अमेरिकी कम्पनीले गर्ने भएको छ । आवस्यकता अनुसार ५० देखि ६० डिग्री माइनस तापक्रममा राख्न ग्याँस कार्बनका बरफहरु उत्पादन गरिएको छ । यि खोपहरु हाल बेल्जियममा १५० र युरोपका अन्य मुलुकमा ७५० उच्च प्रविधियुक्त ट्रकहरुले ओसारिरहेका छन् । यस्ता खोप ओसार्न केहि जहाजलाई परिस्क्रित गरेर माइनस ८० डिग्रीसम्म तापक्रम बनाइएको छ । ति खोप बेल्जियमको लियजस्थित कार्गो विमानस्थलबाट अन्य युरोपेली मुलुकहरुमा पुर्‍याउन लागिएको हो ।

हाल युरोपेली परिषदले सन् २०२१ को अन्त्यकालागि थप ३० करोड खोप बुक गरिसकेको छ । ति खोप अन्य मुलुकमा बिक्रि गर्न अर्को वर्षको अन्यकालागि अग्रिम माग गरिएको अनुमान विश्लेषकहरुले गरेका छन् ।

तपाइँको प्रतिक्रिया