बिहीबार, वैशाख १३, २०८१

कोरोना परिक्षणको नेगेटिभ रिपोर्टसहित युकेबाट आज मध्यरातदेखि सिमित संख्यामा फ्रान्स छिर्न दिईने

नेपाल प्लस२०७७ पुष ७ गते २२:५९

बेलायतबाट फ्रान्स छिर्न लागेका हजारौं ट्रक र ब्यक्तिहरुमाथि केहिदिनदेखि प्रतिबन्ध लगाएको फ्रान्सले आज मंगलवार मध्यरातदेखि केहि ब्यक्तिलाई प्रवेश दिने भएको छ ।

फ्रान्सेली क्षेत्रमा प्रवेश गर्ने छुटको फाइदा लिन सक्नेहरूको सूची तयार गरेका छन । फ्रान्सेली नागरिक वा फ्रान्सको अवाशिय भिसा बाहेक अन्य देशका नागरिकले निवास अनुमति भएको हुनुपर्छ । वा कुनै युरोपेली देशको लामो-भिसा रहेको हुनुपर्ने छ । ति बाहेक फ्रान्सको बाटो भएर यूरोपीय संघको अर्को कुनै एक देशमा आफ्नो मुख्य निवास छ भने उसले त्यो प्रमाण पेश गर्नुपर्ने छ । यसबाहेक अन्य तेस्रो मुलुकका नागरिकको हकमा भने ति सबै प्रमाण सहित कोभिड परिक्षणको नेगेटिभसहित प्रवेश गर्न चाहनेले २४ घण्टा भित्रै फ्रान्स छोडिसक्नुपर्ने छ ।

फ्रान्सले मंगलबार मध्यरातदेखि आफ्नो इलाकामा बेलायतका सीमित मानिसहरुलाइ मात्रै छिर्न दिने शर्त राखेर खुला गरेको हो । बेलायतबाट फ्रान्स छिर्नेहरुले ७२ घण्टा भन्दा कम समयको कोरोनाभाइरस नेगेटिभ भएको पीसीआर परीक्षण प्रस्तुत गर्नुपर्ने कडा शर्त राखेको हो ।

फ्रान्सेली प्रधानमन्त्रीको कार्यालय मानिन्योंबाट आज जारि बिज्ञप्तीमा फ्रान्सेली नागरिक र अन्य युरोपेली परिषदका नागरिकहरुलाई कोरोना भाइरस परिक्षणको नेगेटिभ रिपोर्ट बुझाउने शर्तमा बेलायतबाट फ्रान्स छिर्न दिने उल्लेख छ । फ्रान्सेली र अन्य युरोपेलीबाहेक तिनले यात्रा गर्नुपर्ने अनिवार्य वा ज्यादै महत्वपूर्ण रहेको सिफारिससहित कोरोनाको नेगेटिभ रिपोर्ट बुझाउने शर्तमा फ्रान्स छिर्ने अनुमति दिईनेपनि उल्लेख छ ।

बेलायतबाट फ्रान्स हुँदै युरोपेली मुलुक छिर्ने मालवाहक गाडी र नागरिकहरुमाथि फ्रान्सले प्रतिबन्ध लगाइदिएपछि बेलायत र बाँकि युरोपेली परिषदका मुलुकबिच तनाब उत्पन्न भएको थियो । त्यसपछि युरोपेली आयोगले युरोपेली युनियनलाई बेलायतबाट फ्रान्स प्रवेश गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको थियो । बेलायतमा कोरोना अभाईरसले रुप बदलेर धेरै संक्रमित भएको भन्ने समाचार बाहिरिएपछि बेलायतबाट भित्रिने नागरिक र खाद्य सामाग्रिमार्फत फ्रान्स र युरोपभरिनै संक्रमण फैलिले डरले फ्रान्सले प्रतिबन्ध लगाएको थियो ।

तर सडक ट्राफिक भने हाललाई खोलिएको छैन र त्यसका बारेमा छिट्टै बिधीहरु शुरु गर्ने उल्लेख छ ।

तपाइँको प्रतिक्रिया