शुक्रबार, वैशाख १४, २०८१

छुट्टीमा दिल्ली पुगेका भारतीय राजदुत अचानक काठमाडौं फर्किए

नेपालप्लस समाचार २०७७ पुष ८ गते २:२७


८ महिना पछी शुरु भएको नेपाल वायु सेवा निगमको पहिलो उडानबाट दिल्ली उत्रिएका नेपालका लागि भारतीय राजदुत बिनय मोहन क्वात्रा तीन दिन पछी गत आइतवार काठमाण्डौं फर्किएका छन् ।

दुई हप्ताको छुट्टी मनाउन पुष २ गते नेपाल वायुसेवाको २०५१ उडान सेवाबाट श्रीमती सहित आएका उनी भारतीय विदेश मन्त्रालयको निर्देशनमा अपर्झट फर्किएका हुन् ।

क्वात्रा नेपालमा अचानकको राजनीतिक परिवर्तन पछी तीन घण्टाको तयारी मै फर्किएको जनाइएको छ । तर अधिकारीहरुले नेपालमा बढ्दो राजनैतीक अविश्वासका विषयमा उनी भारतीय परराष्ट्रका अधिकारीहरु सँग छलफलका लागि आएको बताएका छन् । आइतबार नै काठमाण्डौंको राजनैतिक बिकास त्यती तिब्र गतिमा होला भन्ने आँकलन उनलाई थिएन ।

आइतबार बिहान प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेर मध्यावधी निर्वाचनका लागि राष्ट्रपती बिद्यादेवी भण्डारी समक्ष सिफारिस पुर्याए पछी त्यहाँको परराष्ट्र मन्त्रालयले उनलाई तुरुन्तै फर्किन निर्देशन दिएको थियो ।

उनी हवाइ उडानका क्रममा अनिवार्य रहेको पीसीआर रिपोर्ट बिनै काठमाण्डौ पुगेका थिए । नेपाल वायुसेवा निगमका एकजना उच्च अधिकारिका अनुसार पीसीआर रिपोर्ट आउन ढिला हुने भएकाले काठमाडौ र दिल्लीको समन्वयमा उनलाई पीसीआर रिपोर्ट बिना नै काठमडौं उडाइएको हो । तर अन्य सर्वसाधारणको हकमा भने काठमाण्डौं दिल्ली उडानमा पीसीआर रिपोर्ट अनिवार्य छ ।

क्वात्राले काठमाण्डौ पुगेपछी आइतवार साँझ परराष्ट्र मन्त्री प्रदिप ज्ञावली सँग टेलिफोन वार्ता गरेको जनाइएको छ । तथापी भारतीय पक्षले नेपालको विकशित राजनीतिक परीप्रेक्षमा केही बोलेको छैन ।

तपाइँको प्रतिक्रिया