बिहीबार, वैशाख १३, २०८१

रुप बदलिएको म्युटेन्ट कोरोना भाईरस स्विजरल्याण्डपनि पुग्यो

नेपाल प्लस२०७७ पुष ८ गते १५:२२

फोटो- स्विस इन्फो डट सिएच

बेलायतमा म्युटेसन (उत्परिवर्तन) भएको वा रुप बदलेको कोरोना भाईरस स्विजरल्याण्ड पुगेको छ ।

गत हप्ता बेलायतबाट करिब १० हजार मानिसले स्विजरल्याण्ड घुमेका थिए । तिनले बेलायतमा रुप बदलेको अवस्थामा फेला परेको कोरोना भाईरसलाई स्विजरल्याण्ड पुर्‍याएको स्विस अधिकारीहरुले बताएका छन् ।

स्विस राष्ट्रिय कोविड १९ विज्ञान टास्क फोर्सका सदस्य तन्जा स्ट्याडलरले एक प्रेस सम्मेलनमा हालसम्म कुनै पनि घटना आधिकारिक रूपमा पत्ता नलागेको तर ९२ वटा उडानमा बेलायतबाट स्विजरल्याण्ड आएका मध्ये केही यात्रुहरू संक्रमित भएको स्पष्ट भएको बताएकि छन् ।

स्ट्याडलरले पछि स्विस सार्वजनिक प्रसारक एसआरएफलाई संख्यात्मक रूपमा धेरैलाइ सर्नसक्ने सम्भावित अवस्था रहेको बताउँदै भनिन “स्विजरल्याण्डमा केही आगन्तुकहरूले उत्परिवर्तित भाइरस लिएर आएका थिए ।” संघिय स्वास्थ्य कार्यालयका प्याट्रिक म्याथिसले पनि स्विजरल्याण्डमा तनाव हुनसक्ने बताएको किस्टोन न्युजले उल्लेख गरेको छ ।

तर कोरोनाको परिवर्तित रुप ज्यादै घातक छ भन्ने प्रमाणित भैनसकेकाले ज्यादै चिनत मान्नु नपर्ने अधिकारीहरुले बताएका छन् ।

स्विट्जरल्याण्डका अधिकारीहरूले बेलायत र दक्षिण अफ्रिकाबाट आएका लगभग सबै व्यक्तिलाई सम्पर्क गरेका थिए जसले डिसेम्बर १४ देखि भाइरसको म्युटेड रूप पनि पत्ता लगाएको छ । ति सबै ब्यक्तिहरुलाई १० दिनको आइसोलेसनमा राखिएको छ । पछि दुबै देशका सबै उडानहरू सोमबार देखि प्रतिबन्ध गरिएको छ । दुवै देशका यात्रीहरूको लागि सामान्य प्रवेश माथिपनि प्रतिबन्ध लगाइएको थियो ।

तपाइँको प्रतिक्रिया