बिहीबार, वैशाख १३, २०८१

स्विजरल्याण्डमा कोरोना खोप शुरु, ९० वर्षकी महिला पहिलो खोपकर्ता

नेपाल प्लस२०७७ पुष ८ गते १६:३५

फोटो- याहु न्युज

स्विजरल्याण्डले आज वुधवारदेखि कोरोना बिरुद्दको खोप लगाउन शुरु गरेको छ । एक ९० वर्षिया महिलालाई पहिलो खोप दिएर शुरु गरेको हो । आगामी हप्ताबाट खोपलाई राष्ट्रिय स्तरमा लैजाने घोषणा गरिएको छ । कोपको अभियान स्विसमेडिकले शुरु गरेको हो ।

अमेरिकी कम्पनी फाइजर र जर्मनीको बायोएन टेक कम्पनीले संयुक्तरुपमा निकालेको खोपलाईनै स्विजरल्याण्डको स्वास्थ्य अनुगमन र स्विक्रित गर्ने निकायस्विसमेडिकले स्विक्रित गरेको हो । शुरुमा १० लाख सात हजार नागरिकलाई यो खोप लगाइने छ । पहिलो अभियान अन्तर्गत ३० लाखलाई खोप लगाइने छ ।

तर स्विजरल्याण्डको स्वास्थ्य, औषधी र खोपको नियमक संस्था स्विस मेडिकले अन्य कम्पनीको खोपहरुपनि अध्ययन गरिरहेको किस्टोन न्युजले उल्लेख गरेको छ । स्विजरल्याण्डका ८५ लाख जनसंख्याकालागि एक करोड ५८ लाख खोप माग गरिएको छ ।

आज वुधवार स्विजरल्याण्डको जर्मन भाषा बोलिने प्रान्त लुसेर्नबाट खोप लगाउन शुरु गरिएको हो । पहिलो मात्रा शुरु गरिएको यो प्रान्तमा खोपको तेस्रो मात्रा आगामी तिन हप्तामा दिइने छ ।

भर्खरै आएका फाइजर बायोटेक खोप, जुन माइनस ७० डिग्री सेल्सियसमा भण्डार गरिएको हुनुपर्दछ । क्यान्टोनमा वितरण गर्नु अघि ति खोप पहिलो पटक सशस्त्र सेनाको फार्मेसीले भण्डारण गरेको छ । सेनाको फार्मेसीले खोप राखिएका शीशाहरूलाई अधिकतम पाँच दिनसम्म फ्रिजमा भण्डार गर्न सक्छ ।

खोप निति अनुसार पहिले बुढाबुढी र कमजोर स्वास्थ्य भएका व्यक्तिहरूको लागि खोप अभियान सुरू गर्न अनुमति दिएको छ । मुख्य राष्ट्रव्यापी अभियान भने जनवरी ४ देखि सुरु हुनेछ ।

मंगलबार फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच) ले राजधानी बर्नमा एक पत्रकार सम्मेलन गरेर खोप नि: शुल्क उपलब्ध हुने र यो अनिवार्य नभएको स्पष्ठ पारेको छ । अभियानका प्रमुख एफओपीएचकाका एड्रियन कमरले भने “यो लिने वा नलिने भनेर आफैंले निर्णय गर्नु प्रत्येक व्यक्तिको अधिकार र जिम्मेवारी हो।”

स्विजरल्याण्डले राष्ट्रिय स्तरमा खोप दिन चार प्राथमिकता समूहहरू तोकेको छ । ति मध्ये पहिलोमा स्वास्थ्यको उच्च जोखिम भएका व्यक्तिहरू छन् । त्यसमापनि पहिले ७५ वर्ष माथिका र त्यसपछि ६५ वर्ष माथिका तोकिएको छ । त्यसपछि स्वास्थ्यकर्मी वा स्वास्थ्य स्वयंसेवीका छन् । तेस्रो प्राथमिकतामा बिरामीहरूसँग नजिकको सम्पर्कमा रहेकाहरुलाई दिईने छ । चौथो तहमा भने उच्च जोखिम भएका व्यक्तिहरूको सम्पर्कमा रहेकाहरु पर्छन् । त्यसपछि अन्त्यमा रोग फैलिन सक्ने खतरा रहेको क्षेत्रमा समुहगतरुपमा काम गर्छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक