शनिबार, वैशाख ८, २०८१

फ्रान्स र ईटालीका कम्पनीबिच बिवाह : बने विश्वको चौथो शक्तिशाली गाडी निर्माता जोडी

नेपाल प्लस२०७७ पुष ८ गते १८:००

फोटो – ला ट्रिब्युन

फ्रान्स र ईटालीका दुई ठूला गाडी निर्माता कम्पनीहरुले एक अर्कामा लगनगाँठो गाँसेका छन् । करिब साँढे दुई वर्षदेखि एकले अर्कोलाई मन पराएपछि तिनले लगनगाँठो कसेका हुन् । आगामी सन् २०२१ को पहिलो त्रैमासिकमै तिबिच बिवाह हुने छ । विवाह गरेर एक हुने निर्णय गरेकाले अब ति दुई निर्माताहरु विश्व गाडी बजारमा चौथो शक्तिशाली बन्ने छन् । तिनको लगनगाँठो कस्सिएलगत्तै ति एक अर्कामा गाभिएका छन् । तिनको विवाह गराइदिने कि छुट्याइदिने भन्ने लमीको काम भने युरोपेली आयोगले गरेको हो ।

आयोगले स्विक्रिति दिएपछि फ्रान्सको पिएसए र ईटालीको फियात क्रिस्लर कम्पनी एक अर्कामा गाभिएका हुन् । यि दुई कम्पनी गाभिएर बन्ने एक्रिक्रित कम्पनी विश्वकै चौथो ठूलो गाडी निर्माता बन्ने छ ।

फ्रान्सेली कम्पनीले पजो र सिथोइयाँका नामबाट कार, बस, ट्रकसहित अन्य गाडी उत्पादन गर्दै आएको थियो । ईटालियन कम्पनी फियात क्रिस्लरमा भने अमेरिकी साझेदारितापनि थियो । यि दुई कम्पनी एकिक्रित भएपछि तिनले आफ्नो बर्चस्व बढाएर बजारमा अझै प्रभाव जमाउने प्रतिबद्दता गरेका छन् ।

यि दुईको एकिक्रित प्रक्रिया २०२१ मा पुरा गरि बजारमा पुग्ने छन् । युरोपेली परिषदले यि दुबै कम्पनीले साना उपयोगिताहरुमा प्रतिस्पर्धा संरक्षण गर्ने प्रतिबद्दतालाई पूर्णरुपमा सम्मान गर्नुपर्ने शर्तमा एकिकरणको स्विक्रिति दिएको फँस २४ न्युजले उल्लेख गरेको छ ।

विशेष रूपमा तिनीहरूले पीएसए र टोयोटा बीचको हलुका भ्यानमा सहयोग सम्झौताको विस्तार गर्ने काम गरेका छन् । पिएसएले जापानी प्रतिस्पर्धीका लागि युरोपियन युनियनमा बेच्ने कमर्सियल सवारी निर्माण गर्दछ ।

युरोपियन आयोगका अनुसार टोयोटाका लागि उत्पादित सवारीहरूको संख्या बढ्नेछ र निर्माताले खरीद गर्ने मूल्य घटाउने छन् । स्पेयर पार्ट्स र सामानका लागि पनि यहि प्रावधान लागू हुने छ । यसका अतिरिक्त पीएसए र एफसीएले प्रतिस्पर्धीलाई यस प्रकारको गाडीको मर्मत सम्भार नेटवर्कमा पहुँच पुर्‍याउनुपर्ने छ ।

“हामी फियाट क्रिस्लर र पजो एसए बीचको मर्जर आधिकारिक बनाउन सक्षम छौं किनकि उनीहरूको प्रतिबद्धताले हल्का पिकअप गाडीको बजारमा प्रवेश र विस्तार गर्न मद्दत पुर्‍याउँछ । ती दुई कार निर्माताहरू हाल सञ्चालनमा रहेका अन्य बजारहरूमा पनि मर्जरपछि प्रतिस्पर्धा बलियो रहनेछ” दुई कम्पनीको प्रतिस्पर्धाका लागि जिम्मेवार आयोगका उपाध्यक्ष मार्ग्रेट भेस्टगरले फँस २४ न्युजसित भने ।

पीएसए र एफसीएको साझा ब्यापारिक संघले २०१९ को अन्तमा घोषणा गरे अनुसार उनीहरुले गत साल आठ करोड ७० लाख गाडी बिक्रि गरेका थिए । उनीहरु गाडी बिक्रिका आधारमा तेस्रो स्थानमा थिए । तिनले विश्वका प्रसिद्द गाडीहरु पजो, सिथ्रोइयाँ, ओपेल, अल्फा, रोमेओ र मासेराति जस्ता गाडी उत्पादन गर्छन् ।

यि दुई कम्पनी गाभिएर बन्ने स्टेलान्टिस ले ४० लाख कर्मचारीलाई एकिक्रित गर्ने छ । तिनले सन् २०१९ कै तुलनामा १ खरब ६७ अरब युरो बराबरको बिक्रि गर्ने छन् । यो बिक्रिलाई हाल टोयोटा र जर्मनीको भोल्ग्स्वागेन उत्पादकले मात्रै उछिनेका छन् ।

युरोपेली आयोगले यस परियोजनामा ​​गहन छानबिन गरेको थियो । प्रतिस्पर्धी र ग्राहकहरुबाट असंख्य विचारहरु संकलन गरेपछि आयोगले विचार गर्‍यो कि यस संचालनले नौ युरोपेली देशहरु (फ्रान्स, इटाली, पोल्याण्ड, बेल्जियम र पोर्चुगललगायत) को सानो उपयोग बजारमा हानिकारक प्रतिस्पर्धालाई जोखिममा पार्ने छैन । दुई साझेदारको एकिक्रित बजार भएकाले त्यसले जोखिम नपार्ने बुझाई आयोगको हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक