शनिबार, वैशाख ८, २०८१

विमानको झ्यालबाट युरोपका हिमाल

नेपाल प्लस२०७७ पुष ९ गते १७:४९

ईटालीको रोम शहरबाट बिहानै इजि जेटको बिमान उड्यो । रोम शहर समुद्रबाट धेरै टाढा छैन । विमान उड्नासाथ समुद्रको किनारमै पुगिहाल्दो रहेछ । विमानबाट बल्ल देख्न सकिन्छ, रोम शहर कति सुन्दर छ । कति ब्यवस्थित छ यो शहर भन्नेपनि विमानको झ्यालबाट प्रस्ट देखिन्छ । युरोपका आल्प्स क्षेत्रका हिमालहरु हेर्ने गज्जबको माध्यमपनि विमान रहेछ । ईटालीका हिमाली क्षेत्र विमानबाट सर्लक्कै देखिन्छ । विमानले रोमको आकाश छोड्दै जाँदा हिमाली क्षेत्रको आकाशतिर घुस्छ । विस्तारै युरोपकै सबैभन्दा अग्लो हिमाल मो ब्लँको आकाशमाथि उड्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक