सोमबार, वैशाख ६, २०७८

ब्याङ्केटहलमा प्रचण्ड रोएपछि : महेन्द्र पौडेल

महेन्द्र पौडेल२०७७ पुष १० गते १२:२४

अनुहार फुङ्ग उडेको थियो । बिहिबारको दिन । आफू निकट कार्यकर्तालाई कार्की ब्याङ्केटहलमा प्रचण्डले भन्दै थिए ‘कमरेडहरुलाई कति डर होला मलाई थाहा छैन । तर हामी अब फेरि जेल जानुपर्ने अवस्था आएको छ’ । उनले थपे–‘संसदीय राजनीतिबाट टाढा नगई युद्धमा पनि नगई सडकबाटै आँधिबेहरी ल्याउनेगरी आन्दोलन गर्नुपर्ने हुन्छ’ ।

डरको त्रास उनमा मात्रै थिएन सम्पुर्ण कार्यकर्ताभित्र पनि थियो । प्रचण्डको भनाईमा यतिसम्म गतिविधि केपी ओलीले गर्लान भन्ने सोच्नै सकिएन । विभिन्न मुद्धाहरुमा हामीहरुलाई जेल पठाएभने हाम्रो राजनीति भविष्यपनि सखाप हुन्छ भन्ने मनसाय उनको थियो । डर र त्रासभित्र प्रचण्डको अनुहार निन्याउरो देखिन्थ्यो । उनले रुन्चे श्वरमा भन्दैथिए कि मलाई ओलीले ‘पाँचमिनेट’ पनि समय दिएनन् । म सहमतीको दस्तावेज ल्याउछु, पाँचमिनेट पर्खनुस् भन्दैगर्दा उहाँ सुनेको नसुनैझैंगरी गाडी चढेर शितलनिवास पुग्नुभो । त्यसको केहीबेरपछि राष्ट्रपतिले संसद विघटन घटना सार्वजनिक भयो । यतिविधि निरिह र आत्मग्लानीले भरिएको उनको हाउभाउले प्रष्टाउँथ्यो ।

संसद विघटनको एकदिन अघि प्रधानमन्त्री प्रचण्डकोमा पुगेका थिए । त्यसको दुइदिनअघिनै प्रधानमन्त्री बिरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने त्यसमा बहुमत सांसदहरुको हस्ताक्षरसमेत हुने सुइँको पाएर होला प्रधानमन्त्री मेरोमा आएको प्रचण्डले ठाने । आफ्ना निकटहरुलाई प्रचण्डले सुनाए । प्रचण्डसँग प्रधानमन्त्रीको बैठकचल्दै गर्दा बामदेब पुगे । प्रधानमन्त्री त्यहाँबाट निक्लेपछि बामदेवलाई प्रचण्डले भने–‘प्रधानमन्त्री धेरै गलिसक्नु भएछ । सुइँको पाइसक्नु भएछ । उहाँले आत्मसर्मपण गर्ने मनसायले आएको हुनुपर्दछ ।’ हामीहरु अब भाले भैसक्यौं नी भोली उहाँको मनसाय राजीनामा हुनसक्ने मैले ठानेको छु’ । बामदेबलाई सुनाए प्रचण्डले । मनमा केहि नराखी फ्याटृ बोल्ने बानी रहेको प्रचण्डको कुरालाई बामदेबले सुझाए ‘गम्भिर भएर सोच्नुहोस कमरेड’ प्रचण्डलाई लाग्दो हो अब राजीनामा आउनेछ ।

तर भोलीपल्ट बिहान ९ बजे एक्कासी मन्त्रिपरिषदको बैठक चल्यो र साढे ९ बजे बैठक सकियो । त्यहिबिच प्रचण्डले सुइँको पाए संसद विघटन हुँदैछ । उनी हतारहतार बालुवाटार जाँदैगर्दा वालुवाटारमा निक्लने बेला प्रधानमन्त्रीसँग भेट भो । प्रचण्डले रुन्चे स्वरमा अनुनय विनय गरे । प्रधानमन्त्रीले टेरेनन् । सिधै १० बजे शितल निवास पुगे । साढे १० बजे संसद विघटनको घटना सार्वजनिक भयो ।

पार्टी एकिकरण गर्दा प्रचण्डले सोचे कि यी ओली शारिरिक रुपले अस्वस्थ छन् । यिनीपछि पालो मेरै हो । त्यसैले उनी चुपचाप एकिकरणमा सामेल भए । जबकी आफ्ना पार्टीका नेता नेपाली कांग्रेसको सरकारमा मन्त्री छन् भने उनले अर्को पक्षको पार्टीसित पार्टी एकिकरण गर्नु गैरजिम्मेवारी कदम थियो । जब दोस्रोपटक ओलीले मृगौला फेरेर झन तरुण हुँदै गएको आभाष दिलाउन थाले प्रचण्डको पेट भत्भती पोल्न थाल्यो । त्यसपछि नै ओली हटाउने चीजहरुको विकास हुनपुगेको हो ।

तर ओली क्षमतावान नेता थिए । उनले प्रचण्डलाई एकिकरणमा सामेल यसकारण गरेका थिए कि एमाले ठुलो दल त हुनसक्ला तर बहुमत नहुन सक्छ । यसकारण कांग्रेस र माओवादी मिलेर सरकार चलाइराख्न सक्छन् र एमाले जहिलेपनि प्रतिपक्ष भैरहन सक्छ । उनले देखे ‘अब कांग्रेस र माओवादीले १० वर्ष शासन सत्ता चलाउनेछ’ भन्ने शेर वहादुर देउवाको चितवनमा गरेको भाषण । स्थानीय स्तरमा कांग्रेस र माओवादीको सहकार्य कार्यकर्ताले मन पराएनन् । किनकी जनयुद्धमा सबैभन्दा पीडित माओवादीबाट कांग्रेस थियो ।

ओलीले आफू अध्यक्ष भएको पार्टीको प्रतिपक्ष भैरहने कि प्रचण्डलाई मिलाएर प्रधानमन्त्री हुने भन्ने निर्क्यौलका साथ उनले प्रचण्डलाई एकिकरणमा सामेल गराए । ओलीलाई कहिल्यै नेता नमान्ने माधव नेपाल र झलनाथ खनाल दुबैजना ओलीसँग भिड्न सामर्थ्य नभएपछि उनका लागि प्रचण्ड उपयुक्त पात्र बन्न पुगे । ओलीलाई थाहा थियो, माधव नेपाल, झलनाथ गुट र पछि प्रचण्ड गुटले ममाथी प्रयोग गर्नेछन् । फलस्वरुप उनले ‘एमाले’ आफू निकटलाई एमाले दर्ता गराउन लगाईदिए ताकि एमालेको लोकप्रियताको फाइदा अरुले नलिउन् । त्यसैले उनले आफ्ना प्रत्येक कदम सचेततापूर्वक चाल्दै गए ।

संसद विघटन भैसकेपछि ‘चेक एण्ड ब्यालेन्स’का लागि उनले रामबहादुर थापालाई राखिरहे । ओलीले आफूतिर आउन दिएनन् । ताकि विपक्षीको रणनीति बुझ्न सकियोस । जब उनीहरुले बहुमत लिएर निर्वाचन आयोग जाने रणनीति थाहा पाए तब ओलीले निर्वाचन आयोगमा एकहजार एकसय उनन्सय केन्द्रीय सदस्य मनोनयन गरी विधान र विधिपूर्वक माइन्युटसमेत गरेर निर्वाचन आयोग पुराए । नेकपा विधानमा ‘अध्यक्षको आदेशमा महासचिवले बैठक आब्हान गर्ने’ भनिएको छ । त्यसैअनुरुप गरे ।

अहिले ओलीतीर एकहजार केन्द्रीय सदस्य होलान् । संसद पुर्नस्थापना भएपनि कांग्रेस र मार्चण्डपक्षले सरकार बनाउन सक्दैनन् । किनभने कांग्रेस सभापति शेरवहादुर देउवा र ओली सँगसँगै जेल बसेका उनीहरुको भित्री बोलीचालीमा एकअर्कालाई ‘तँतँ र मम’ भन्ने चलन छ । विपक्षी पार्टीको सहयोग नभई यत्रो संसद विघटन भएको छैन । यसैपनि कसैले सरकार बनाउन नसकेपछि संसद विघटन उपयुक्त कदम ठहरिन्छ ।

निर्णय गर्न नसक्ने तर पार्टीमा आस्था भएका जबजका पक्षधरहरु जो ढुलमुले छन् तिनीहरुलाई समेट्न बामदेब गौतम राखिएका हुन् । उनीपनि ओलीपक्षमा आउँछन् । अहिले ओलीले चेक एण्ड ब्यालेन्समा राखेका छन् । मार्चण्डपक्षमा ओलीका पक्षका ५० जना केन्द्रीय सदस्य अझै छन् जुन ओलीले उनीहरुको रणनीति बुझ्न राखेका छन् ।

ब्यवस्था दिगो कसरी हुन्छ ?

कुनैपनि ब्यवस्था दिगो हुनका लागि पुरानो ब्यवस्था फालेर नयाँ बनाउँदा हामीकहाँ चित्र र चरित्र उही देखियो । तर बिद्रोही पक्षलाई ल्याउँदा पीडित र पीडकलाई न्याय र कारवाही गरेर मात्रै ब्यवस्था चलाउन सकिन्थ्यो । १७ हजार नरसंहार गरिएको उनीहरुलाई न्याय नदिई चारहजार पाँचसय मुद्धाहरुलाई किनारा नलगाई शान्ति र सुव्यवस्था हुँदैन भन्ने ओलीले बुझेका छन् । त्यसैले सर्वप्रथम उनले यी मुद्धाहरुलाई किनारा लगाउने छन् । त्यस मुद्धा किनारा लगाउँदा सैनिकभित्र रहेका पूर्व माओवादी कमाण्डरहरु र तत्कालिन अन्य पीडकहरुले उन्मुत्ति पाउँदैनन् । पीडितलाई न्याय दिलाउँने छन् ।

अर्को उनको प्रयास भ्रष्टचारलाई निर्मूल गर्न लडाकुका क्यान्टोन्मेन्टका फाइलहरु खुल्नेछन् । त्यसलाई इंगित गर्दै प्रचण्डले जेल जान तयार हुनु भनेका हुन । उनले कार्यकर्तालाई हौसाउँदै ‘जतिपनि सडक आन्दोलन गर्ने र त्यसलाई दबाउन सरकार लागि पर्दछ । जति सरकार दवाउँदै जान्छ त्यति नै हामी आन्दोलन गर्दै जान्छौं । अनि जनतामा के भ्रम पर्दछ भने ओलीले पुलिस लगाएर दवाए भन्छन् र सहानुभूति जनताको हामीपटिृ आउँनेछ । नत्र अरुकुनै तिकडमले हामीहरुले ओलीलाई जित्न सक्दैनौं ।

‘यतिबेला ओलीको हात माथी छ । सरकार उनको छ । त्यसैले कमरेडहरुले जतिसक्दो सडक आन्दोलन गर्ने । उस्तै परे चक्काजाम गरेर देश नै ठप्प पार्ने गतिविधि गर्नुपर्दछ र सरकारको दमन बढाउनु पर्दछ । यसो भएमा अन्तर्राष्ट्रियरुपमा सरकार नाङ्गिन्छ र हामीलाई सहयोग हुनेछ’ प्रचण्डको आशय थियो ।

‘मुसिको भव’ को तालमा ओलीले अन्तर्वार्तामा भने ९९ सयबाट एकैपटक दुइमा झर्दा कस्तो हुन्छ । अहिले उहाँहरुको हालत त्यहि भएको छ । बास्तबमा यो महशुस प्रचण्ड माधवहरुले गरेकै छन् । भोली प्रचण्डले सीपी मैनालीको बाटो लिने कि अध्यात्मतीर लागेर मोहनचन्द्र अधिकारीको बाटो लिने बेलैमा सोच्नुपर्ने हुन्छ ।

‘पार्टीमा गम्भिर समस्या आउँदा बैठकमा प्रचण्डका अगाडि र प्रचण्ड स्वयं रुने रुवाउने गरिन्थ्यो हिजोपनि । तर बिहिबारको ब्याङ्केटहलमा प्रचण्ड स्वयं रोएका थिए । उनी रुँदा कार्यकर्ताहरु स्तब्ध थिए । कार्यकर्ताहरु रोएका थिएनन्’ एकजना केन्द्रीय सदस्यले बताए ।

तपाइँको प्रतिक्रिया

फेसबुक