शनिबार, वैशाख ८, २०८१

सामाजिक संजालमा आलोचना खेप्दै वरिष्ठहरु

नेपालप्लस २०७७ पुष ११ गते १:३४

बितेका ३ वर्ष यता देशमा अनेक किसिमका घोटाला भएका छन् जसले जनताको सामान्य दिनचर्यामा प्रत्यक्ष प्रभाव पारेको छ । दुर दराजका बस्तीहरुमा पानी छैन । बिजुली छैन । बाटो छैन । जनताले औषधी पाएका छैनन् । रोजगार र सामान्य जिविकोपार्जनका लागि हरेक दिन १३ सय युवा बिदेश पलायन भइरहेका हुन्छन् ।

तीन वर्ष अघि एमाले-माओबादी गठवन्धनले दुई तिहाइ बहुमत ल्याएपछी अली अली पलाएको आशा एक वर्षमै चकानाचुर बने । दुई तिहाइ सरकारका प्रधानमन्त्री केपी ओली सपनाको संसारमा पुगे । रेलका सपना, पानी जहाजका सपना, लामा सुरुङका सपना । सहज जिविकापार्जनको सामान्य सोच राखेर गणतन्त्रको लडाईंमा होमिएका जनता गणतन्त्र पछी फेरी सपनाको संसारमा पुगे ।

ओली सरकारका ३ वर्ष अधिकांश समय भ्रस्टाचारमा बित्यो । काण्डै काण्डमा बित्यो । वाइड बडीकाण्ड, बालुवाटार जग्गा काण्ड, यती ग्रुप काण्ड, औंषधी घोटाला । ओली सरकारका तीन वर्षमा भएका काण्ड र घोटालाहरु गनेर साध्य छैनन् । तर माधव नेपाल, प्रचन्ड र झलनाथ खनालहरुले जनताको पक्षमा कहिल्यै बोलेको सुनिएन ।

गोकुल बास्कोटाको ७० करोडको डिलिङमा खोइ यि तिनै जनाले कतै बोलेको सुनिएन । अहिले प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरेर मध्यावदी घोषणा गरेपछी नेकपाको विवाद दुई चिरा परेर टुङ्गिएको छ । दुई तिहाइ सरकारको प्रधानमन्त्री वा देशकै टूलो पार्टीको अध्यक्ष बन्ने सपना बोकेका पुष्पकमल दाहालका सपना ओलीको कदमले चकनाचुर भएका छन् र यिनिहरु अहिले सडकमा ओर्लिएका छन् । शुक्रबार देखि “हामी यहिँ छौ” भन्ने प्लेकार्ड बोकेर सडकमा उत्रेका यि तिनै जना नेताहरुका यि तस्विरहरु सामाजिक संजालमा भाईरल बनिरहेका छन् । तिनले प्रयोगकर्ताहरुको भीषण आलोचना खेपिरहेका छन् ।

एक जना फेसबुक प्रयोगकर्ता लेख्छन्- देशको सिमा मिचिएको विषयमा यिनले बोलेनन् । जनताले प्रयोग गर्ने औंषधीमा घोटाला हुँदा यिनको बोली सुनिएन । राज्यको नामको सम्पत्ति हडप्नेहरुको बिरुद्ध यिनको बोली सुनिएन । जनताको सरोकारका बिषयमा यिनिहरु बोलेको कहिल्यै सुनिएन । अहिले आफ्नो पद र पावरका लागि यो नौटङ्की जनताले बुझ्दैनन् र कमरेड ?

खासमा यिनिहरुले जनताको पक्षमा बोलेको कहिल्यै सुनिएन । सम्भवत यिनिहरुले बोल्ने पनि छैनन ! नेपालको राजनिती ब्यक्तिबादी बाटोमा मोडिएको छ । यो राम्रो पक्ष होइन ।

फोटो- सामाजिक सन्जाल

तपाइँको प्रतिक्रिया

फेसबुक