शुक्रबार, वैशाख १४, २०८१

नेकपा जुटाइ राख्न चिनियाँ राजादुत यान्छीको सकृयाता

न चुनाव न संसद पुनर्थापना: भारत

नेपालप्लस राजनीतिक सम्वाददाता२०७७ पुष ११ गते २:२६

काठ्माडौं- यतिबेला नेपालको राजनीति तातेको छ । प्रधानमन्त्रिको पछील्लो कदमले दुई तिहाइको भारी बहुमत सँग सरकार बनाएको नेपाल कम्युनिष्ट पार्टी फुट्नै लागेको छ । काठमाडौंमा पार्टी फुटाउन चाहने र जुटाइ राख्न चाहनेहरु दिन रात सुतेका छैनन् । यसै मेसोमा बिदेसी कुटनितिक नियोगका प्रमुखहरुको दौडधुप पनि उत्तिकै रोचक देखिएको छ । बिदा मनाउन दिल्ली पुगेका नेपालका लागि भारितिय राजादुत बिनय मोहन क्वात्रा अपर्झट नेपाल फर्किसकेका छन् । नेपाली राजनीतिक विष्लेषकहरुको अनुमानमा भारत सधैं नेपालको अस्थिर राजनितिको पक्षपोषक रहदै आएको छ । खास गरेर नेपालमा भएका हरेक राजनीतिक परिवर्तन र प्राय: मुद्दा हरुमा भारतको हात रहेको अनुमान गर्ने गरिन्छ । पछील्लो समयमा भने चिनको पनि उत्तिकै सकृयाता बढीरहेको छ । अहिले काठमाडौंस्थित चिनियाँ राजदूत हाउ यान्छीको कुँदाकुँद हेरिरहने खालकै देखिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्व सभामुख कृष्ण बहादुर महरासम्म, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालदेखि
माधवकुमार नेपालसम्म लाई भेट्न भ्याइनभ्याइ छ । झण्डै तीन महिनायता राजदूत यान्छीको नेपाली राजनीति र आन्तरिक मामिलामा यसरी हस्तक्षेप देखिएको छ कि उनको उपस्थिति अपरिहार्य झैं देखिएकोछ । यसअघि नेपाल कम्युनिष्ट पार्टी फुट्नै लागेको बेला र अहिले फुटिसकेपछि
चिनियाँ संस्थापन पक्षको ‘मूलधार’ भन्दै यान्छी यसरी दौडधूपमा लागेकीरहेकी छिन्, मानौं नेपालको राजनीतिको केन्द्र भनेकै चीन हो ।

जसरी हुन्छ कम्युनिष्ट शक्ति मिल्नैपर्छ । संसारलाई देखाउने नेपाल नेपालीको प्रमुख शक्ति भनेकै यही हो । राजदूत यान्छीले शुक्रवारको भेटवार्तामा नेता महरा र नेपाल समक्ष भनेकी थिइन- “विश्वकै लागि उदाहरणीय रहेको नेपालको कम्युनिष्ट शासन र एकता सदैव कायम हुनैपर्छ । टुटफूटले यो शक्तिको कुनै पहिचान रहन्न” । चिनले सके सम्म नेपाल कम्युनिष्ट पार्टीको एकता रही रहोस् भन्ने चाहन्छ । उसको सोचाइ भारतीय प्रभावलाई रोक्ने हो
भने नेपालमा कम्युनिष्ट पार्टी जुटेर जानु पर्ने छ ।

स्रोतका अनुसार, अझै पनि प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको समूह एकाकार भएर सरकार चलाउनुपर्ने पक्षमा चिनियाँ राजदूत यान्छी र चीन सरकारकै सुझाव रहेको छ ।
चिनियाँ राजदूत यान्छीको यो दौडधुपका माझ किन यस्तो अतिशय चासो राखिएको हो भन्ने बारे पनि अर्को तहमा चर्चा शुरु भएको छ । जबकि भारतीय मिडियामा काठमाडौंमा ‘चाइना टेरर’को नामबाट ठूला र साना सबैखाले मिडियाले हो हल्ला मच्चाइरहेको बेला के राजदूत यान्छी आफ्नै रुचिमा यसरी कुँदिरहेकी हुन् त ? त्यसो भन्न पनि नमिल्ला । अरु देशको मामला र कुटनीतिक सरोकारमा सकेसम्म ‘मौन’ रहने चीनले नेपालका हकमा भने भारतीय प्रभाव र पहुँचबाट तर्साएर राख्नकै लागि पनि आफ्नो सक्रियता बढाएको हो । जस्तो भारतले नेपालको राजनीतिक परिवर्तन र बदलावमा अझै पनि ‘पर्ख र हेर’को नीति लिइरहेको मा चीन मात्रै किन अग्रसर भएको होला ? पछिल्लो भारतीय दृष्टिकोणमा नेपालमा न तत्काल बैशाखमा चुनाव हुनसक्ने स्थिति छ, न सँसद ब्यूँतिने सम्भावना छ । भारत न ओली पक्षधर देखिएको छ, न प्रचण्ड पक्षधर । यसकारण विगतमा भएजस्तै नेपालमा नागरिक सरकार बन्ने र यसमा शेरबहादुर देउवा, बाबुराम भट्टराई सहितका नेताको मिलिमतोमा चुनावी सरकार बन्न सक्ने अनुमानले दिल्लीमा ठाउँ लिएको छ । तर, नेपालको अहिलेको राजनीतिक घटनाक्रममा सबैभन्दा अनौठो पक्ष भनेको दिल्ली बेइजिँगसँग डराएको देखिन्छ भने बेईजिंग दिल्लीसँग । दुई देशको यो द्वन्द्वको सेरोफेरोमै घुमिरहेको छ नेपालको राजनीति पनि ।

तपाइँको प्रतिक्रिया

फेसबुक