शुक्रबार, चैत १६, २०८०

फाईजर र मोडेर्नाको कमाई : कोरोना खोप बेचेर एक वर्षमै ३२ अरब डलर

नेपाल प्लस२०७७ पुष ११ गते १३:१०

कोरोना भाईरस बिरुद्दको खोप बनाउने अमेरिकी कम्पनी फाईजर र मोडेर्नाले एकै वर्षमा ३२ अरब डलर कमाउने भएका छन् ।

वाल स्ट्रीट विश्लेषकहरूका अनुसार औषधि निर्माता फाइजर र मोडर्नाले २०२१ मा करिब ३२ अर्ब डलर नाफा कमाउने छन् । लगानी बैंक मोर्गन स्टेनलीको अनुमान अनुसार फाइजरको कोरोना खोपले आगामी वर्ष १९ अरब करोड डलर ल्याउने अपेक्षा गरिएको छ । मोडेर्नाले १३ अर्ब २० करोड डलर कमाई गर् नेछ जुन उसको वुहान कोरोनाभाइरस खोपबाट आउँदछ ।

यसैबीच संयुक्त राज्य अमेरिकामा सूचीबद्ध जर्मन फर्मको सेयरहरू यस वर्ष ह्वात्तै बढेको छ । खोप घोषणा पछि ३०० प्रतिशत बढेको छ । मोडेर्ना स्टकलेपनि खोपको आशा देखाएपछि फाईदा लिने भएको छ । वर्षको शुरू देखि ७०० प्रतिशत बढ्ने देखिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक