शनिबार, वैशाख ८, २०८१

खाना र औषधिका लागि आनुवंशिक ईन्जिनियर गरिएको सुँगुर अमेरिकामा अनुमोदन

नेपाल प्लस२०७७ पुष ११ गते १५:२३

अमेरिकाको संयुक्त राज्य खाद्य र औषधि प्रशासन (एफडीए) ले भोजन र औषधिका लागि अनुवंशिकरुपले ईन्जिनियरिङ गरिएको सुँगुरहरूलाई अनुमोदन गरेको छ ।

अनुवंशिक रूपमा ईन्जिनियर गरिएको सुँगुरहरू छिट्टै अमेरिकी खाद्यान्न आपूर्तिमा ल्याइने छ । संयुक्त राज्य खाद्य र औषधि प्रशासन (एफडीए) हालसालै पहिलो ईन्टरनेसनल जीनोमिक परिवर्तन घरेलू सुँगुरहरूको लागि अनुमोदन गरेको हो । प्रयोगले जनावरको खेतीलाई पूर्ण रूपमा नयाँ स्तरमा लैजाने दाबि गरिएको । अनुवंशिक परिवर्तन शुरू गरेपछि यसले दशकौंसम्म अनुवंशिक लहरको प्रभाव पार्न सक्छ ।

अनुवंशिक ईन्जिनियर गरिएको गालसेफ नामका सुँगुरहरू पनि मार्न र एफडीएले अनुमोदित गरेका औषधीहरू सिर्जना गर्न प्रयोग गरिने छ । यदि अनुवंशिक रूपमा ईन्जिनियर गरिएको सुँगुरहरू औषधि, अंगहरू वा मानव औषधिमा प्रयोगको लागि इम्प्लान्टहरू सिर्जना गर्न प्रयोग गर्ने हो भने यस्ता सुँगुर विकासकर्ताहरूले एफडीएको स्वीकृति मात्र लिनुपर्छ । यो दुबै खाना र चिकित्सा प्रयोगकोलागि एकैसाथ उत्पादन गर्न लागिएको पहिलो जीनोमिक परिवर्तन हो ।

एफडीएका कमिश्नर स्टीफन हेनले एक विज्ञप्तिमा भनेका छन् “खाना र औषधिय प्रयोगकोलागि पशु जैव प्रयोग उत्पादन बायोमेडिकल क्षेत्रमा आजको पहिलो अनुमोदनले वैज्ञानिक नवीनताका लागि विशाल माइलस्टोनलाई प्रतिनिधित्व गर्दछ ।”

कम्पनीले सुँगुरहरू विकास गर्ने योजना बनाएको छ । तिनीहरूलाई मारिने छ र त्यसपछि मेल अर्डर (विद्दुतिय माग) द्वारा मासु बिक्रीको लागि प्रस्ताव गरिने छ । सुपरमार्केटहरूले सुरुवातमा बिक्रि गर्न पाउने छैनन् ।

जेनेटिक पशु उत्पादन गर्ने पहिलो काम सन् २००३ मा बेलायतको कम्पनी पीपीएल थेरापीटिक्सले सुरु गरेको थियो जसले पहिलो जनावर डली नामको भेडालाई क्लोनिङ गर्न मद्दत गरेको थियो । हाल अ मेरिकी कम्पनीले संसारलाई पहिलो जेनेटिकली परिवर्तन गरिएको सुँगुर आपूर्ति दिन खोजिरहेको छ ।

उनीहरूको विश्वास छ कि परिवर्तनले औषधिलाई अझ स्तरिय बनाउन परिवर्तन गर्दछ । मानिसहरूलाई विशिष्ट मासुको एलर्जीबाट पीडित नहुनेगरि सुँगुरको मासु उत्पादन हुने छ । वैज्ञानिकहरूले आनुवंशिक रूपमा पशुहरूलाई परिवर्तन गरेका छन् त्यसैले तिनले कोषहरूको सतहमा हुने खास प्रकारको चिनी उत्पादन गर्दैनन् । यो चिनी मानवका लागि अहितकारि हो । केही मानिसहरूलाई यस्तो मासुको एलर्जी हुन्छ ।

अनुवंशिक रुपमा परिमार्जित गरेपछि वैज्ञानिकहरूले के विश्वास गरेका छन् भने यी प्रयोगात्मक सुँगुर कोषहरू अंग प्रतिस्थापन र छालालाई मानव छालाको उपचार (कलम) गर्न, हर्निया मर्मत, मुटुको भल्भ पूनर्स्थापित गर्न प्रयोग गर्न सकिन्छ । किनकि आनुवंशिक रूपमा परिमार्जित सुँगुरहरूलाई मानव डीएनएमा समाहित गरिने भएकाले त्यो संभव हुने दाबी गरिएको हो ।

प्रजातिहरुलाई क्रस गरेर वा मिश्रित गरेर निर्मित प्रजाति प्रायः जोखिमपूर्ण हुन्छन् । किनकि मानव प्राप्तकर्ताको शरीरले विदेशी कोषहरू अस्वीकार गर्न सक्दछ । अस्वीकृति दर यति उच्च हुनुको एउटा कारण यी पशु कोषहरूको सतहमा रहेको अल्फा-गल भनिने तत्व चिनीको उपस्थिति हो । त्यसले मानव शरिरमा एलर्जीलाई प्रतिक्रिया शुरू गराउँछ । जब त्यस व्यक्तिले गाईको मासु, सुँगुर र भेडाको रूपमा रातो मासु खान्छ तिनीहरूको प्रतिरक्षा प्रणालीले मासुमा अल्फा-गल चिनी अस्वीकार गर्नसक्छ जसमा हल्का तर गम्भीर एलर्जीको प्रतिक्रिया हुनसक्छ । नयाँ एफडीए-अनुमोदित ग्यालसेफ सुँगुरले यी प्रतिक्रियाहरू कम गर्न सक्दछन् । चिकित्सा पद्दतीमा यी आनुवंशिक रूपमा परिवर्तन गरिएका कोषहरूले अंग अस्वीकृतिलाई घटाउन सक्छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक