शुक्रबार, चैत १६, २०८०

आँधी र तुफानले फ्रान्समा हजारौं घर अन्धकार

नेपाल प्लस२०७७ पुष १२ गते १७:३८

                                          फोटो- फ्रँस ब्लु

आज आइतवार बिहानदेखि धेरै फ्रान्सेली प्रान्तहरुमा तिब्र बेगकासाथ चलेको आँधी र तुफानले फ्रान्सका हजारौं घरलाई अन्धकार पारिदिएको छ । फ्रान्सको ब्रिट्नी, नोर्मँदी, उत्तरी क्षेत्र र पा-द-कालेमा हजारौं घरहरूको बिजुली काटिएपछि अन्धकार भएको छ ।

आँधी र तुफानले ब्जुलीका खम्बाहरु ढालिदिएपछि बिजुली प्रसारण अबरुद्द भएको छ । लगगभ १२ हजार घरमा हाल बिजुली छैन । बिजुली उपलब्ध गराउने कम्पनी एनेडिका ब्यवस्थापकले बेला नामको आँधी र तुफानले गर्दा बिजुलीको शंयन्त्रलाई बिच्छेद पारिदिएको बताएका छन् ।

बिजुली प्रशारण विभागका अनुसार विहान करिब ९ बजेदेखि चलेको तुफानले गर्दा ब्रिट्नीमा ६, ६००, फिनिस्तेयरमा ३०००, मारिबिहानमा २०००, कोत दामुर र इल द भिलेन दुबै क्षेत्रमा ८०० का दरले अबरुद्द भएको छ ।

साँझदेखि तुफानको गति घटेलगत्तै त्यहाँ बिजुली प्रशारण यथावत गराउन चार सय बिजुलीका कर्मचारी र १०० जना सेवा प्रदायक कामदार खटिने छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक