शनिबार, वैशाख ८, २०८१

बेलायती संस्करणको कोरोना भाईरस युरोपभरि फैलिँदै, नाईजेरियामा नयाँ रुपको अर्को फेला पर्‍यो

नेपालप्लस स्वास्थ्य संवाददाता२०७७ पुष १२ गते १९:१६

एरो देखिएका ठाउँहरु नयाँ रुपको कोरोना संक्रमित हुन् । ग्राफिक्स : ल पारिजियाँ

बेलायतमा रुप परिवर्तित (उत्परिवर्तित) भएको कोरोना भाईरस फ्रान्सलगायत थुप्रै देशमा फेला परेको छ । बेलायतमा फेला परेको भन्दापनि अझै भिन्न रुपको अर्को भाईरस नाईजेरियामापनि फेला परेको छ ।

बेलायतमा फेला परेको कोरोना भाईरसको रुप स्पेन, इटाली, स्विडेन, आइसल्याण्ड, स्विजरल्याण्ड, डेनमार्क, नेदरल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया र क्यानडामा पनि फेला परेका छन् ।

बेलायतमा देखा परेको कोविड १९ को रुप शुक्रबार डिसेम्बर २५ मा फ्रान्समा फेला पर्‍यो । फ्रान्सको टूर्समा पहिलो पुष्टि भएको हो । बेलायतमा बस्ने एक फ्रान्सेलीबाट त्यहाँ पुगेको अधिकारीहरुले दाबी गरेका छन् । स्वास्थ्य मन्त्रालयले यो घटनानै पहिलो भनेको छ ।

कोरोनाको यो बदलिएको रुप बेलायतमा भने सेप्टेम्बरमै फेला परेको थियो । केहि अध्ययनले यो अझै संक्रमित हुनसक्ने बताएका छन् । फ्रान्समा यो नौलो रुप बोकेर आउने ब्यक्ति डिसेबर १९ मा लण्डनबाट फ्रान्स छिरेका थिए । उनलाई दुई दिनपछि मात्रै अस्पताल लगिएको थियो । कोरोना परिक्षण गर्दा पोजेटिभ फेला परेको थियो ।

फ्रान्सले आज आइतवारदेखिनै राजधानी पेरिसको काँठमा रहेको सेन सेन्ट डेनिस स्थित सेभ्रँ अस्पताल र डिजों क्षेत्रबाट राष्ट्रिय खोप अभियान शुरु गरेको छ । दुबै क्षेत्रमा व्रिद्दव्रिद्दाबाट शुरु गरिएको छ ।

फ्रान्समा पहिलो खेपकोलागि १९ हजार ५०० खोप शनिवार विहानै आइपुगेको थियो । ति खोप बेल्जियमको लियजस्थित कारखानाका चिस्यानयुक्त ट्रकमा राखेर राष्ट्रिय प्रहरीको सुरक्षामा फ्रान्सको पेरिसस्थित सरकारी अस्पताल (एपी-एचपी) को सार्वजनिक  केन्द्रीय फार्मेसीमा ल्याइएको थियो ।

बेलायतमा देखा परेको कोरोना भाइरसको परिवर्तित रुप (उत्परिवर्तित रुप) स्पेनको राजधानी म्याड्रिडमा फेला परेको क्षेत्रीय सरकारले जनाएको छ । त्यहाँ कुल ४ वटा घटना पत्ता लगाइएको छ जो हालसालै बेलायतबाट आएका व्यक्तिहरू वा त्यहाँबाट आएका कसैसँग घनिष्ठ सम्पर्क भएका मानिसहरू हुन् ।

लन्डनबाट डिसेम्बरको अन्त्यमा इटाली आइपुगेका छ जनामापनि बेलायती संस्करणको परिवर्तित कोरोना भाईरस फेला परेको छ । यो घटनासमेत ईटालीमा १० व्यक्तिमा नयाँ रुपको कोरोना भाईरस संक्रमित भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

त्यसैगरि स्विडेनमापनि एक जनामा फेला परेको छ । बेलायतबाट स्विडेन पुगेका एक बेलायती नागरिक विरामी परेपछि अस्पताल पुर्‍याइएको थियो । कोरोना भाईरस परिक्षण गर्दा उनमा नयाँ रुपको कोरोना भाइरस संक्रमित भएको पाइएको स्विडिस हेल्थ एजेन्सीले सार्वजनिक गरेको छ ।

क्यानडाको ओन्टारियोका स्वास्थ्य अधिकारीहरुका अनुसार त्यहाँ पहिलो पटक कोरोना भाईरसको बदलिएको रुप दुई जनामा भेटिएको छ ।

जपानमापनि कोरोनाको उत्परिवर्तित रुपको पहिलो घटना फेला परेपछि सोमबारदेखि जनवरीको अन्त्यसम्म गैर आवासीय विदेशीहरूको सबै नयाँ आगमनलाई रोक्ने सार्वजनिक गरिसकेको छ ।

अन्य युरोपेली देशहरू जस्तै फ्रान्सले पनि धेरै दिनदेखि आफ्नो सीमानामा भाइरसको नयाँ रुपको चिन्ता गरिरहेको थियो । साथै फ्रान्सले दक्षिण अफ्रिकाबाट फर्केका व्यक्तिहरूका लागि पनि एक छुट्टै प्रक्रिया राखेको छ । लन्डनबाट विमानमार्फत जर्मनीमा आइपुगेकी एउटी महिलामापनि उत्परिवर्तिर भाईरस फेला परेको छ ।

                                       झन संक्रामक

बेलायतमा गरिएको अध्ययन अनुसार कोरोना भाइरसको नयाँ प्रकार मूल रुपभन्दा बढी संक्रामक छ । केहिले मूल कोरोना भाइरस भन्दा अहिलेको परिवर्तित रुप ५० देखि ७० प्रतिशत बढि संक्रामक रहेको दाबी गरेका छन् । यसको रुपमा फैलिँदै जाँदा अस्पताल भर्ना हुने र म्रित्यु हुनेको संख्या तिब्र हुनसक्ने बताइएको छ । रिपोर्टहरुमा यसो भनिएपनि नयाँ रुपको भाईरस बढि गम्भिर छ भन्ने पुस्टि गर्ने आधारभने केहिपनि देखिँदैन ।

सेप्टेम्बरमा बेलायतमा पहिलो पटक पत्ता लागेको थियो यो नयाँ रुपको कोरोना भाईरस । यस प्रकारको यसको जीनोम (जिन समावेश भएको क्रोमोजोम) मा २२ उत्परिवर्तन (म्युटेसन) छ । विशेष गरी एन ५०१ वाई (N501Y) नाम दिइएको कोरोना भाइरसको रुप प्रोटीनको रुपमा अवस्थित छ । यसको सतहमा विशेष तवरमा बस्ने यसले मानव कोषहरूलाई भित्र छिर्न अनुमति दिन्छ । त्यसैले भाइरल संक्रमणमा प्रमुख भूमिका खेल्छ ।

लन्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिन (एलएसएचटीएम) का अन्वेषकहरूले बिहीबार नयाँ रुपको भाईरस रूपान्तरित भएको व्यक्तिलाई अस्पताल भर्ना वा मृत्युको खतरा बढेको कुनै प्रमाण भने नभेटिएको बताएका छन् ।

                                        खोप प्रभावकारि नभएको प्रमाण छैन

कोरोना भाइरसको परिवर्तित रुपले निरन्तर जोखिममा पार्ने, झन फैलिने बताइएपनि हालको खोप औचित्यहिन भन्ने देखाएको छैन । नयाँ रुप तिब्र ब्रिद्दी भएपनि यो उत्परिवर्तनले महामारीको नतीजामा महत्वपूर्ण असर पार्न सक्छ भन्ने विश्वास स्वास्थ्य अधिकारीहरुको छ ।

युरोपेली मेडिसिन एजेन्सीका महानिर्देशक इमर कुकले सोमबार फाइजर-बायोटेकले बनाएको उत्पादनलाई हरियो बत्ती दिँदै भने “यो खोप नयाँ प्रकारको कोरोना भाईरसविरूद्ध प्रभावकारी छैन भन्ने सुझाव दिन अहिलेसम्म कुनै प्रमाण छैन ।”

                       कोरोनाको अर्को रुपपनि

बेलायतमा फेला परेको कोरोना भाईरसको परिवर्तित रुप (उत्परिवर्तित) भन्दापनि अझै फरक खाले कोरोना भाईरसको रुप फेला परेको छ । दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाईरसको मूल रुप र बेलायतमा फेला परेको परिवर्तित रुप भन्दा भिन्नै रुप नाईजेरियामा फेला परेको हो । अफ्रिकी रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का प्राध्यापक क्रिस्चियन हाप्पीले यस्तो फरक रुपको भाईर फेला परेको र त्यसले धेरैलाई संक्रमण गराउनसक्ने चेतावनी दिएका हुन् ।

नयाँ रुपको भाईरस फेला परेपछि (सीडीसी) ले आपतकालिन बैठक गरेर यसलाई नियन्त्रण गर्नेबारे छलफल गरेको छ । उनीहरुले फेला पारेको भाईरसको रुपलाई अझै बिस्तारमा बुझ्न अझै केहि नमूना लिएर परिक्षण गर्ने बताएका छन् ।

उनीहरुले नमूना लिएका २०० को परिक्षण गर्दा दुई वटामा नयाँ परिवर्तित रुप फेला परेको (उत्परिवर्तित भएको) बताएका छन् । “हामीलाई थाहै छैन कि यो नयाँ रुप कहाँबाट आयो । हाम्रो विचारमा नाईजेरियामा फेला परेको यो स्वतन्त्र रुपको हो । यो आयातित जस्तो मलाई लाग्दैन” प्राध्यापक क्रिस्चियन हाप्पीले भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक