बुधबार, वैशाख १२, २०८१

भट्टराई, नेपाल र दहालसँग चिनियाँ नेताको भेट : ओली सरकारलाई समर्थन गर्न आग्रह

नेपालप्लस समाचारदाता / काठमाडौं२०७७ पुष १३ गते १७:५९

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग आज चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री कुओ येचौं लगायत उहाँको टोलीले भेट गरेको छ । आज साँझ ६ बजे अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री कुओ येचौंले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरे ।

स्रोतका अनुसार चिनियाँ टोलिले नेता भट्टराईसँग नेपालका सबै कम्युनिष्ट पार्टीहरु एक भएर अघि बढ्न सुझाव दिएको छ । यस अघि हिजो सो टोलिले राष्ट्रपती बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरिसकेको छ । आज बिहान मात्रै टोलीले पुष्पकमल दाहाल, माधव नेपाल, र झलनाथ खनाललाई भेटेको छ ।

भेटमा चिनियाँ संस्थापन पक्षको समर्थन ओली सरकारलाई भएको र ओलीसँग मिलेर जान आग्रह गरिएको जनाइएको छ । बाबुराम भट्टराईसँगको भेटमा उपमन्त्री कुओ येचौंले वर्तमान सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए । तर बाबुराम भट्टराईले भने प्रधानमन्त्री ओलीले आफ्ना कदम नसच्याएसम्म समर्थन गर्न नसकिने बताएको समाचारहरुले उल्लेख गरेका छन् ।

भेटमा कुओ येचौंले अध्यक्ष भट्टराईसँग नेपाल-चीनको आर्थिक विषयबस्तुमा छलफल गर्दा आफूलाई राम्रो अनुभुति भएको बताएका थिए । येचौंको टोलीले आजै सभामुख अग्नी सापकोटासँग भेट्दै छ भने भोली बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँग भेट्ने छ ।

नेपाली मेडियामा आएको राजनितिक हस्तक्षेप भन्ने समाचारका बारेमा पनि उपमन्त्री कुओ येचौंले आफूहरु २०२१ मा चीनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताए । यो सन्दर्भमा चीनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख पार्टीहरुबीच आपसी सम्बन्ध र नेपाल-चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरु नेपाल आएको पनि उनले उल्लेख गरे । हल्ला भएको जस्तो नेपालको आन्तरिक मामिलाको विषयमा बहस छलफल गर्न नेपाल नआएको पनि उनले स्पष्ट पारेका छन ।

तर बिना कुनै निमन्त्रणा र कुनै कार्यक्रम नलीइ अपर्झट उत्रिनुपर्ने सहज कारण भने छैन । कतीसम्म भने नेपालको परराष्ट्र मन्त्रालयले अझै सम्म औपचारिक रुपमा केहि बोलेको छैन । उनिहरु काठमाडौं उत्रिएपछी मात्रै नेपाली नेता, राष्ट्रपती र प्रधानमन्त्री सँगका भेटघाटका कार्यक्रम बनेका हुन ।

तपाइँको प्रतिक्रिया