शुक्रबार, वैशाख १४, २०८१

युरोपेली युनियनबाट बेलायत बाहिरियो : युनियन र बेलायत कसलाई कति घाटा ?

नेपालप्लस विशेष संवाददाता /फ्रान्स२०७७ पुष १६ गते १९:०१

अन्तत : बेलायत आज डिसेम्बर ३१ को मध्यरातदेखि युरोपेली युनियनबाट बाहिरिनेनै भयो ।  युरोपेली परिषदका २७ देशसित बाँडेर खानुभन्दा एक्लै ठूलो भाग खान भनेर छुट्टाभिन्न भएको छ बेलायत । तर युरोपेली युनियनबाटबाट छुट्टिएपछि के बेलायतको आर्थिक सम्पन्नता बढ्ला ? अर्थविद, विश्लेषकहरुका अनुसार युरोपेली युनियनबाटबाट बाहिरिनु (जसलाई ब्रेक्जिट भनेर बुझिन्छ) बेलायतकालागि ठूलो आर्थिक घाटा हो ।

ब्रेक्जिटसँगै बेलायतलाई बढि घाटा छ । ब्रेक्जिट पछि भन्सार र सीमा नियन्त्रणको पुरानै अवस्थामा फर्किनाले बेलायतलाई त्यो नियन्त्रणमा पनि महँगो पर्ने छ ।

जनवरी १ मा, बेलायत यूरोपियन युनियनबाट छुट्टिएसँगै यसको मुख्य व्यापारिक साझेदार, एकल बजार र युनियनको सिमा शुल्क नितिपनि छोड्ने छ जसले दशकौंसम्म धेरै युके व्यवसायलाई फाइदा पुर्‍याएको थियो ।

अर्थशास्त्रीहरूले ब्रेक्सिटलाई आर्थिक पीडादायी हुने बताएका छन् । अर्थशास्त्रको सम्मानित लन्डन स्कूल अफ ईकोनोमिक्सका अनुसार ब्रेक्सिट भएपछि भन्सार महसुल र सीमा नियन्त्रणको फिर्तीसहित कोभिड १९ को आर्थिक क्षती भन्दा महँगो हुनेछ बेलायतकालागि । कोरोनाको असर अल्पकालिन हुन्छ भने ब्रेक्जिटबाट बाहिरिनुको असर दिर्घकालिन हुने छ । यो तथ्यलाई अघिल्लो कन्जरभेटिभ पार्टीको सरकारलेपनि लुकाएको थिएन । उसले सन् २०१८ को आफ्नो आधिकारिक कागजातमै उल्लेख गरेको थियो । बेक्जिटबाट बाहिरिनासाथ बेलायतको वार्षिक गार्हस्त उत्पादन १५ वर्षसम्म सात दशमलव ६ प्रतिशतले कटौती हुनेछ । ब्यापार संझौतामा चार दशालव ९ प्रतिशतले घटाउने छ । यो भनेको गम्भिर असर हो ।

महामारीको असर त बेलायतमा छँदै छ जनवरी १ देखि युरोपेली युनियन र बेलायतबिचको ब्यापार संझौताको काम विश्व ब्यापार संगठन (डब्ल्यूटीओ) का नियम लागू हुने छ । यसो हुँदा कहिलेकाहीँ उत्पादनको सम्पूर्ण श्रृंखलामा भन्सारका निषेध शुल्क लागू हुनेछ । यसले वस्तुको मूल्य बढाउँछ । यसबाट खासगरि गोरुको मासु र अटोमोबाईल्सका पूर्जाको मूल्य बढाउने छ ।

त्यसो त यो लन्डन र ब्रसेल्स बीचको सहयोग आदानप्रदान र सहमतिमापनि निर्भर गर्ने छ । धेरै कम्पनीहरूले आफूले लिने सामानको लागत एकै रातमा बढेको पाउने छन् र उपभोक्ताहरूको लागि मूल्य बढ्ने छ । विशेष गरी खाद्यान्न र ताजा उत्पादनहरूमा मूल्य बढ्छ । किनभने बेलायतमा यि सामान ईयुबाट भारि मात्रामा आयात गरिन्छ । यो प्रभाव पाउण्ड स्टर्लिङको पतनले झनै बढाउने छ जसले आयातित सामानको लागत बढाउने छ ।

हालसम्म बेलायत र ईयुबिच खुला, निशुल्क ब्यापार सन्धि थियो । एउटा निःशुल्क व्यापार सन्धिले सीमा शुल्कलाई हटाउने वा घटाउने गर्छ । तर प्रशासनिक औपचारिकता र सीमा नियन्त्रणहरू रद्द गर्दैन । ट्राफिक जामलाई पहिलो स्थानमा राखेर घटाउनकालागि बेलायतको दक्षिणमा दस ठूला ट्रक पार्कहरूको निर्माण चलिरहेको छ । त्यो ईयुसित मिलेर ट्राफिक जामलाई सामूहिकरुपमा घटाउने भन्ने थियो । अब त्यहाँ अपरिहार्य अवरोधहरू स्रिजित हुनेछन् । किनकि अब कम्पनीहरू नयाँ नियमहरूसँग परिचित हुनुपर्छ ।

बैंक अफ इङ्गल्याण्ड (बि ओ ई) ले २०२१ को पहिलो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशत गिरावटसहित निर्यातमा गिरावट र आपूर्ति श्रृंखलामा अवरोधको पूर्वानुमान गरेको छ ।

सन् २०१६ को जनमत संग्रहमा ब्रेक्जिटको पक्षमा बेलायती मतले उनीहरूलाई हैरान पार्ने हुनाले व्यापार र बजारहरूले अनिश्चितताका साथ बाँच्न केहि हदसम्म सिकेकापनि छन् । साढे चार वर्ष पछि, रोजगारदाता र युनियनहरूले “कुनै सम्झौता” बाट जोगिन सरकारलाई दबाब दिइरहेका छन् । तर यो व्यवसायिक कुरो नभएर राजनीति भएको आरोपपनि लाग्ने गरेको छ । युरोपेली बजार हेरेर बेलायतमा स्थापित कतिपय ब्यापारिक संस्था त्यहाँबाट झोला बोकेर हिँड्न तयार भैसकेका छन् ।

प्रधानमन्त्री बोरिस जोनसनले विश्वव्यापी व्यापार सम्झौताहरू समाप्त गरेर कतै सम्झौता नगरीकनैपनि देश समृद्धि हुने आश्वासन दिएका छन् । तर उनको यो भनाईलाई नत नागरिकले पुरा पत्याएका छन् नत विशेषज्ञहरुलेनै भरपर्दो ठानेका छन् । ब्रेक्जिटको संक्रमणकाल पछि जनवरी १ मा प्रभावकारी निकास ब्रिटिश अर्थतन्त्रको सबैभन्दा नराम्रो समयमा आएको छ । सन् २०२० को अन्त्यसम्ममा सरकारी सेवाहरुमा अनुमानित ११ दशलव ३ प्रतिशत महामारीले उब्जाएको मन्दिको आघातबाट माथि उठ्ने आसा गरिएको थियो । सन् २०२१ मा पाँच दशालव पाँच प्रतिशत प्राप्त हुनु अघि ।

ओईसीडीका अनुसार बेलायत दुई खाले समस्याको गम्भिर पलमा उभिएको छ । यस संस्थाले भविष्यवाणी गरिसकेको छ कि सन् २०२१ को अन्त्यमा बेलायती अर्थतन्त्र पहिलेको संकटको (ईयुसित मिल्ने) प्रतिशतको संकट भन्दा ६ प्रतिशतले घट्ने छ ।

बेलायतका कम्पनीहरूले ४५ करोड उपभोक्ताहरूको बजारमा स्वतन्त्र, निर्वाध व्यापार कायम गरेर सामूहिक राहत पाइरहेका थिए जसले बेलायतले भन्दा ४० प्रतिशत बढी ब्रिटेनको निर्यात खरीद गर्दछ र यसको आधा भन्दा बढी आयात गर्दछ । युरोपेली संघलाई सन् २०२० को जनवरी १ मै छोडेको हो बेलायतले । तर संक्रमणकाल व्यवस्था अन्तर्गत यसको अघिल्लो व्यापार सुविधाहरू बेलायतले लिइरहेको थियो ।

यो सुविधा वा संझौताले बेलायतलाई गम्भिर आर्थिक घाटा पर्नबाट जोगाएको हो । किनभने कोरोना भाईरसबट गम्भिर आर्थिक समस्या भोगिरहेका बेला कम्तिमा त्यो सुविधा उपभोग गर्न पायो । ब्रेक्जिटबाट बाहिरिने निर्णयले बेलायतलाई गरिब पार्ने र यसको असरले ३०० वर्षमा सबैभन्दा बढि मन्दिको सामना गर्नुपर्ने लण्डन सिएनएन बिजनेशको डिसेम्बर २४, २०२० मा हाना जियादी र जुलिया होरोविचले विश्लेषण गरेका छन् । यसले रोजगारीको संकटपनि बढाउने छ ।

ईयूका प्रमुख वार्ताकार मिशेल बार्निरले पत्रकारहरुलाई भनेका थिए, “सदस्य राष्ट्रहरूद्वारा हुने फाइदा र सुविधाहरू त्याग्न बेलायतले युरोपियन युनियन र एकल बजार छोड्ने निर्णय गरेको छ । हाम्रो सम्झौताले यी अधिकार र सुविधाहरूको पुन: सुनिस्चित गर्दैन । त्यसैले यो सम्झौताको बाबजुद अबदेखि केहि दिनहरूमा वास्तविक परिवर्तनहरू हुनेछन् ।”

अर्थशास्त्रीहरूका अनुसार ईयुबाट बाहिरिएपछि ईयुमा रहेको बेला भन्दा दिर्घकालिन रुपमा चार प्रतिशतले घाटा निम्त्याउने अपेक्षा गरिएको छ । ईयूको एकल बजार र भन्सार क्षेत्र छोड्नुको अर्थ युके कम्पनीहरूका लागि उच्च मूल्य चुकाउनु हो जसले बढी उपभोक्ता मूल्य र अझ बढी रोजगारी गुमाउन सक्छ । साथै निर्यात सम्भावना पनि घटाउँछ ।

अर्को कमजोरी के छ भने सम्झौतामा सामानको व्यापार कभर हुने देखिन्छ जहाँ बेलायतलाई यसको ईयू छिमेकीहरूसँग घाटा छ । वित्त जस्ता प्रमुख सेवा उद्योगहरूलाई समावेश गर्दैन तर हाल बचतको उपभोग भने गर्दछ ।

    फ्रान्स र अन्य ईयु राष्ट्रलाई घाटा

त्यसो त बेलायत छुट्टिँदा फ्रान्स र ईयु राष्ट्रहरुलाईपनि घाटा पर्छ । सन् २०२० को अक्टोबरमा ई युलेर हेर्मेस भन्ने संस्थाले गरेको अध्ययन अनुसार बेलायत ब्रेक्जिटबाट बाहिरिएपछि फ्रान्सलाई तिन अरब ६० करोड युरो बराबरको आयात घाटा पर्ने छ । तर युरोपेली परिषदका सम्पूर्ण देशको आयात घाटा हेर्ने हो भने ३३ अरब युरो घाटापर्ने छ ।

फ्रान्सकालागि भने विशेष गरी प्रभावित हुने फ्रान्सेली वाइन र अन्य पेया पदार्थ हुन् । सन् २०१९ मा निर्यात गरिएको आठ मध्ये एक बोतल संयुक्त अधिराज्यमा गएको थियो ३० हजार फ्रान्सेली कम्पनीहरूले बेलायतमा बिभिन्न सामान निर्यात गर्दछन् । ति मध्ये तिन हजार त त्यहिँ बसोबास गरिरहेका छन् । दिर्घकालिन संझौता केहि नगरेमा फ्रान्सलाई भारी घाटा हुने खतरा छ ।

बेलायत सामान्यतया फ्रान्सेली कृषि क्षेत्रको तेस्रो ठूलो ग्राहक हो । २०१८ र २०१९ मा, पछिल्लाले देशको औसतमा करीव तिन अर्ब युरो बराबर कमायो । २०१६ बाट भने त्यो घट्दै गएको देखिएको छ । खाना, पेय, मदिरा र चुरोट क्षेत्रको घाटा करिब ३० करोड ५० लाख युरो हुने छ ।

त्यसो त बेलायतलाईपनि ब्यवशायिक घाटा छ । जनवरि २०१९ मा फ्रान्सको एटलान्टिक महासागरको तटिय भागमा अवस्थित नोर्मदी क्षेत्रमा ५३ वटा ब्यवशायिक संस्था थिए । त्यसको अर्थ १० बिदेशी संस्थामध्ये एक बेलायती हो । यसको अर्थ नोर्मदी प्रान्तमा बेलायती चौथो ग्राहक र सातौं आपूर्तीकर्ता हुन् । नोर्मदी सामुद्रिक बन्दरगाह मध्येको एक महत्वपूर्ण हो ।

                       ब्यापारिक अवरोध

बेलायतका कम्पनीहरूले युरोपियन युनियनमा नराम्रो पहुँच गुमाइरहेका छन् । सम्झौताको अर्थ हो कि निर्यातकर्ताहरू महँगो मूल्य तिर्नुपर्ने पीडाबाट बच्न सकेका हुन्छन् । बेलायतको राजस्व प्राधिकरणकै रिपोर्टका अनुसार ब्रेक्जिटबाट बाहिरिए लगत्तै नयाँ आयात र निर्यात घोषणाले मात्र बेलायतका कम्पनीहरूलाई वार्षिक ७ अरब ५० करोड स्टर्लिङ पाउण्ड खर्च हुने छ ।

बेलायतमा आफ्ना वस्तुको लागतहरु छिटो बढ्ने छ । यदि नयाँ भन्सार पद्दतीले सीमामा सामानहरुमा ढिलाइ गरिदियो भने झन बढ्छ । आपूर्तिगर्ने पद्दती, संरचना र कारखानाहरुलाई उत्पादन रोक्न बाध्य पार्छ । बेलायतका बन्दरगाहहरूमा पहिले नै लगानीकालागि कठिन अवस्था स्रिजना भएको छ । आंशिक रूपमा ब्रेक्सिट भन्दा अघि स्टकपाइलिङ अर्थात् भण्डारणको थुप्रो लागेकाले बन्दरगाहमा लगानी गर्न हिच्किचाएका हुन् । परिणामस्वरूप, उद्योग समूहले खुद्रा विक्रेता र खाद्य उत्पादकहरूको प्रतिनिधित्व गर्दै चेतावनी दिएका छन् कि संक्रमण अवधि समाप्त भएपछि मात्र थप उत्पादनकालागि अकार्षण बढ्न सक्छ ।

फ्रान्सले नयाँ र अधिक संक्रामक कोरोनाभाइरस संस्करण बेलायतमा देखेको अधिकारीहरूको चेतावनी पछि अचानक सीमा बन्द गर्नुभन्दा अघि डिसेम्बरमा होण्डाले बेलायतको एक प्रमुख प्लान्टमा उत्पादन रोक्न बाध्य पारेको थियो । किनकि डिसेम्बरमा उसले आवश्यक पाटपुर्जानै पाएन ।

आगामी महिनाहरुबाट बेलायतले सिमा क्षेत्रमा फरक खाले सिमा जाँचको प्रक्रिया गर्ने छ । सरकारले आफूलाई आवस्यक पर्ने आपूर्तीहरु बन्द गर्न रोक्नकोलागि त्यसो गर्ने छ । त्यसो गर्दा ट्रक र आपूर्ती कम्पनीले भयानक नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् । “यसको अर्थ कारखानाले राम्रोसित काम नगर्न सक्छ । आपूर्ती संयन्त्र भत्किँदा सुपरमार्केटहरुका तख्ता खालि देखिने अवस्था स्रिजना हुन सक्छ” रोड हौलाज एसोसिएसनका निति र सार्वजनिक विभागका प्रमुख माककेन्जी रोडले भने ।

फ्रान्सले फेरी पोर्ट र युरोटनेल रेल लिंक पुनः खोलिदियो । हजारौं ट्रक बुधवार २३ डिसेम्बर बिहान आफ्नो गाडी चालकहरूले यात्रा गर्नुपर्ने आवश्यक कोविड परीक्षणको लागि लाम लागेर पर्खिएका थिए । बेलायतबाट फ्रान्स छिर्न ७२ घण्टा भित्र कोभिड परिक्षण गरेको नेगेटिभ रिपोर्ट देखाउनैपर्ने शर्त फ्रान्सले राखेको थियो । टेस्को र सेन्सबरी जस्ता सुपरमार्केटहरूले ताजा फलफूल र तरकारीहरू राखेर आफ्नो तखता भर्न संघर्ष गरिरहेका थिए । टोयोटा (टीएम) ले क्रिसमसको सुरुतिर ब्रिटेन र फ्रान्सेली प्लान्टहरु बन्द गर्‍यो ।

   श्रमिक अभाव

जनवरीमा लागू हुने बेलायतको नयाँ अध्यागमन प्रणालीले बेलायतमा आउने अकुशल श्रमिकहरूको संख्या घटाउने भनेको छ । बेलायती सरकारको भनाईमा हाल बेलायत “सस्तो, कम कुशल श्रममा निर्भर” छ ।

२०१६ को ब्रेक्सिट जनमत संग्रहमा अध्यागमन प्रमुख मुद्दा थियो । ईयू सदस्यको रूपमा बेलायतपनि एक हिस्सा थियो जसले जनताको स्वतन्त्र आवागमनलाई अनुमति दियो । यसको मतलब कम्पनीहरूले खेती, सामाजिक हेरचाह र राष्ट्रिय स्वास्थ्य सेवा जस्ता क्षेत्रमा ईयूका नागरिकहरूलाई सजिलैसँग रोजगारी दिन सक्षम थिए ।

सन् २०१६ पछि बेलायत आउने ईयु कामदारहरूको संख्या एकदम ह्रास भएको छ । रोजगारदाताहरु श्रमिक अभावका बारे चिन्तित छन् । यद्यपि गैर यूरोपीय देशहरूबाट अध्यागमन बढिरहेको छ । तर बेलायतलाई चाहिने जति छैन ।

बेलायतको राष्ट्रिय किसान युनियन (राकियु) का अनुसार बेलायती फार्महरुलाई बाली भित्र्याउन हरेक वर्ष ७० देखि ८० हजार कामदार चाहिन्छ । त्यसैले राकियुले मौसमी श्रमिकहरुलाई सहज प्रवेश दिन बेलायत सरकारसित प्रयास गरिरहेको छ । यदि त्यसरि श्रमिक भित्रिन नदिए क्रिषकको बाली खेतमै कुहिनसक्ने चेतावनी बेलायतको किसान युनियनउनीहरुले दिएका छन् ।

“हाम्रो बागवानी क्षेत्रको सफलताका लागि बेलायत बाहिरका कामदारहरू एकदमै महत्त्वपूर्ण छ,” एनएफयूका उपाध्यक्ष टम ब्राडशाले डिसेम्बरको तेस्रो हप्ता सीएनएनसित भनेका थिए “हामी धेरै उत्पादकहरूलाई कामदार भर्ति गर्न गाह्रो भैरहेको छ । स्वतन्त्र तरिकाले हिँडडुल गर्न पाउने स्वतन्त्रता डिसेम्बर ३१ मा सक्किएपछि किसानहरुले अनुभवी कामदार कति पाउनेछन् भन्ने अझै अनुमान लगाउन सकेका छैनन् ।”

  लगानीको घाटा

ईयूसितको ब्यापार कस्तो हुने, भावि शर्त के हुने भन्ने वर्षौंको अनिश्चितताले बेलायतको अर्थव्यवस्थालाई अहिलेनै नोक्सान पुर्‍याएको छ । जून २०१६ मा भएको ब्रेक्सिट जनमत संग्रह पछि तीन वर्षमा जीडीपी १ दशालव ६ प्रतिशतमा घट्यो । ईयुसित बेलायतको भविष्यमा बेलायतको कस्तो संवन्ध रहने भन्ने स्पष्ठ नभएसम्म ब्यापारिक क्षेत्रमा नकारात्मक असर परिरहने छ ।

अप्रिलमा ईवाई द्वारा गरिएको सर्वेक्षणले २४ प्रतिशत लगानीकर्ताले ब्रेक्जिटलाई जोखिमको कारक ठानेका छन् जुन गत वर्ष ३८ प्रतिशत भन्दा कम थियो । यसको अर्थ ब्रेक्जिटपछि लगानीकर्ता बेलायतमा लगानी गर्न डराइरहेका छन् ।

ईवाईका अनुसार बेलायतमा विदेशी प्रत्यक्ष लगानी परियोजनाहरूको संख्यामा तिन वर्षदेखि गिरावट भएको छ ।

बेक्जिटबाट बाहिरिएर इयुसितको आर्थिक संवन्ध राम्रो भएपनि पहिलेझैं खुला हुनेछैन बेलायत । त्यसैले जापानका कार निर्माता कम्पनीहरु निसान, होण्डा जस्ता ठूला कम्पनीले बेलायत बसेर बाँकी युरोपमा सहज तरिकाले ब्यापार गर्ने संभावना सकारात्मक देख्ने छैनन् ।

ब्रेक्सिट जनमत संग्रह पछि समग्र युरोपमा चिनियाँ लगानी बढेको छ । तर बेलायतमा भने घटेको ईवाईले जनाएको छ । ग्लोबल बैंकहरूले आफ्ना केही कामदारहरू लन्डन बाहिर युरोपियन युनियनका शहरहरूमा सारिरहेका छन् ।

२०१६ मा ब्रेक्सिटको मतलाई बढ्तै महत्त्व दिएपछि युरोपको वित्तीय राजधानीको रूपमा लन्डनले फ्रान्कफर्ट वा पेरिस जस्तै आफ्नो स्थिति छिटो गुमाउने चिन्ता छ ।

द सिटी युकेको एक रिपोर्टका अनुसार सन् २०१९ मा बेलायतले ८१ अरब ६० करोड को व्यापार बचत गरेको थियो । अमेरिका, स्विजरल्याण्ड र सिंगापुरलगायत प्रतिस्पर्धीहरूको तुलनामा बेलायत विश्वको सबैभन्दा ठूलो नेट निर्यातकर्ता बनेको छ । ब्रेक्जिटपछि बेलायतले यो प्रबहव बचाईराख्न सहज नहुने भनाई अर्थविदहरुको छ ।

अन्तर्राष्ट्रिय वित्तीय सेवा कम्पनीहरूले १२० खरबको सम्पत्ति बेलायतबाट बसाई सारेका छन् २०१६ को जनमत संग्रहदेखि । ईवाई द्वारा ट्र्याक गरिएको सार्वजनिक तथ्यांकका अनुसार बेलायतबाट युरोपियन युनियनका अन्य देशमा सात हजार ५०० रोजगारहरू अन्यत्र सारिएका छन् । डब्लिन, लक्जमबर्ग, फ्रान्कफर्ट र पेरिस प्रमुख लाभार्थी भएका छन् ।

युरोपियन युनियन र बेलायत दुबैले अझैसम्म त्यस्तो सम्झौता गरेका छैनन् जसले बेलायतका बैंक र सम्पत्ति प्रबन्धकहरूलाई युरोपियन बजारमा सहज पहुँच देओस् । ईयू नियामकहरूले ईयुबाट बाहिरिएको लन्डनलाई सहजै एकल बजारको फाइदा राख्न अनुमति दिनेपनि छैनन् ।

ईयुले बेलायतसित आर्थिक संवन्ध र पेशागत सेवाकालागि पक्कै कुनै सहमती गर्ने छ । तर अब भने उसले पूर्णरुपमा नाफा र घाटाको आधारमा कस्तो सहमति गर्ने भन्ने दिशा लिने छ ।

युरोपेली युनियन बाहिरका केहि देशले इयुबाट सहज ब्यापार पहुँच प्राप्त गर्छन् ‘ईक्विभ्यालेन्ट’ का नाममा । यो भनेको युरोपेली युनियनको बजारमा पहुँच दिने हो । यो पहुँच बेलायतले प्रयोग गरिरहेको पहुँच जस्तो सहज भने हुन्न । त्यसमा बिभिन्न शर्त र कठिनाई हुन्छन् । तर ईयु बाहिरका देशले आशा गर्न सक्ने भनेको त्यत्ति हो । ब्रेक्जिटपछि बेलायतको अवस्थापनि यस्तै हुनसक्छ ।

बेलायतका प्रमुख बैंकहरुले ब्रेक्जिटपछिको अवस्थाकालागि तयारि गरिसकेको उल्लेख गरेका छन् । उनीहरुले इयुसित आर्थिक वार्ता र समझदारी हुने र त्यसले आफ्नो आर्थिक गतिविधी सन्चालनमा बाधा नल्याउने बरु समानतामा रहने आशा गरेका छन् ।

तपाइँको प्रतिक्रिया