बिहीबार, वैशाख ६, २०८१

जहाज दुर्घटना पछि रूसी हिमक्षेत्रमा १७ मछुवार बेपत्ता

नेपाल प्लस२०७७ पुष १३ गते २३:३९

रूसी आर्कटिक क्षेत्रमा माछा मार्ने जहाज डुब्दा आज सोमबार विहानैदेखि सत्र जना मछुवाहरु हराइरहेका छन् । मौसम एकदमै प्रतिकूल रहेको यस अस्थायी क्षेत्रमा खोजि गर्न मुस्किल रहेकाले बाँच्ने संभावना न्युन रहेको फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् । तैपनि उद्दारकार्य भने जारि रहेको छ ।

रुसको आपतकालीन अवस्था हेर्ने मन्त्रालयका अनुसार रूसी आर्कटिकको प्रमुख बन्दरगाह मुर्मन्स्कमा रहेको वनगा जहाजले विहान नोभेया जेम्ल्या टापुस्थित बार्टेन्ट सागरमा डुब्नु भन्दा पहिले संकटको संकेत पठाएको थियो । माछा मार्दै गरेको अवस्थामा जहाज बढि चिस्सिएको थियो र केहिबेरपछि खतराको संकेत पठाएको थियो ।
चलक दलमा १९ जना थिए । ति मध्ये दुई जना सुरक्षित छन् ।

आँधीबेहरी, कडा बतास र नाविक दूर्घटना भएको क्षेत्रमा अति ठण्डा तापमान बीचमा खस्ने चालक दलको बाँच्न सक्ने सम्भावना धेरै कम छ । त्यसले गर्दा उद्धार कार्यको लागि उड्डयन प्रयोग गर्न गाह्रो अवस्था छ ।

“त्यहाँ कडा हिउँ तूफान छ, चार मिटरको छाल र माइनस २० देखि माइनस २५ डिग्री सेल्सियसको तापक्रम ,” मुर्मन्स्कमा आपतकालीन स्थिति सम्हाल्ने मन्त्रालयका प्रवक्ता अलेक्सा बारिनोभले भने ।

उनका अनुसार यस्तो अवस्थामा कसैलाई जीवित भेट्नु “चमत्कार” हुनेछ । कोहिपनि व्यक्ति यस्तो अवस्थामा १५ मिनेट भन्दा बढी बाँच्न नसक्ने अधिकारीहरुले बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक