बिहीबार, वैशाख १३, २०८१

रुस विरोधी नारावाजी गर्नेलाई रुसमै बनेको कोरोना खोप

नेपालप्लस न्युज डेस्क२०७७ पुष १४ गते १३:०५

पूर्व सोभियत संघबाट टुक्रिएको बेलारुसमा सरकार विरोधी प्रदर्शन भएको धेरै महिना भैसकेको छ । तर रुसी सहयोग प्राप्त राष्ट्रपति अलेक्सान्द्र लुकासेन्को टसको मस भएका छैनन् । तिनै राष्ट्रपतिले रुसमा बनेको कोरोना भाइरस विरुद्धको खोप स्पुटानिक पाँचौं ल्याएर धमाधम सित्तैंमा लगाइदिन थालेका छन् ।

मंगलवार विहानबाट युद्धस्तरमा खोप लगाउने कार्यक्रम चलेको छ । पहिलो खेपमा स्वास्थ्यकर्मी, शिक्षक, विशेषज्ञहरु र धेरैजनासँग सम्पर्कमा आउने मानिसहरु परेका छन् । स्वास्थ्यमन्त्री दिमित्री पिनेचले कोरोनाको खोप देशैभरी सबैलाई निशुल्क लगाउने कार्यक्रम रहेको बताए ।

रुसी समर्थक सरकारको धुवाँधार विरोधमा नाराबाजी गरिरहेकाहरुले समेत खोप लगाउँदै प्रतिकृया दिदै भने “राजनीति आफ्नो ठाउँमा छ । मानवियता आफ्नो ठाउँमा । छिमेकीलाई सहयोग गरेकोमा रुसलाई धन्यवाद ।”

तपाइँको प्रतिक्रिया