शुक्रबार, चैत १६, २०८०

स्विजरल्याण्डको होटेलबाट सयौं बेलायती फरार, जनही ११ हजार डलर जरिवाना गरिने

नेपालप्लस समाचारदाता २०७७ पुष १४ गते १८:३७

फोटो – द स्टेस्म्यान

स्विजरल्याण्डको होटेलबाट सयौं बेलायतीहरु राती फरार भएका छन् । फरारहरु कहाँ गए स्विस अधिकारीहरुलाई थाह छैन । तिनको खोजि भने जारि छ ।

स्विजरल्याण्डको भेर्बियस्थित एक रिसोर्टमा बसिरहेका बेलायतका सयौं “उग्र” पर्यटकहरू अनिवार्य क्वारेन्टाइनबाट फरार भएका हुन् । यसरि भागेकाहरुको खोजि भैरहेको छ । भाग्नेले जनहि १० हजार स्विस फ्र्यांक (११, २८० अमेरिकी डलर) सम्म जरिवाना तिर्नुपर्ने छ ।

साँझ क्वारेन्टाईनमा बसेकाहरुले राम्रैसित कोठा लिएका थिए । होटेलले आइतवार विहान हरेकको ढोका बाहिर लगेर नास्ता (ब्रेकफास्ट) राखिदिएको थियो । नास्ताको ट्रे कसैलेपनि नछोएपछि होटेलले जाँच गर्दा ति फरार भएको थाह पाएको भेर्बिय समेत समेटिएको बगनेस नगरपालिकाका मेयर जेन मार्क सान्दोजले बताएका छन् ।

उनका अनुसार रिसोर्टमा बेलायतबाट आएका ४२० पाहुनाहरू थिए । रिसोर्टमा केहि स्वीस नागरिकहरू पनि थिए जो क्रिसमसभन्दा पहिले अलग्गै बस्नुपर्थ्यो । लगभग ५० जनाले तुरुन्तै छोडेका थिए । र बाँकी ३७० मध्ये एक दर्जन भन्दा कम आइतवार अझै त्यहिँ थिए । धेरैले भाग्नुभन्दा अघिल्लो रातको एक दिन क्वारन्टाइनमा नै बिताएका थिए ।

अचानक बेलायतीहरुलाई क्वारेन्टाईनमा राख्नुपर्दा स्विजरल्याण्डको नगरपालिकाका अधिकारी रिसाएका थिए । उनले बेलायतबाट आएकालाई अचानक क्वारेन्टाइन आवश्यकताको तीव्र आलोचना गर्दै भने “हामी तिनीहरूको रिस बुझ्दछौं । नगरपालिकाले नियमहरु लागू गर्न कुनै सहयोग प्राप्त गरेको छैन ।”

भेर्बियर पर्यटनका निर्देशक साइमन वेगेटले अचानक क्वारेन्टाइन आदेशले स्थानीय अधिकारीहरुलाई गाह्रो अवस्थामा पुर्‍याएको बताएका छन् । उनले भने “हामीले सूचना पुर्‍याइदिने, प्रवाह गरिदिने मात्रै हो । हामी प्रहरीहरु होइनौं पक्राउ गर्ने ।”

फोटो- स्काई न्युज

२० डिसेम्बरमा स्विजरल्याण्डले बेलायत र दक्षिण अफ्रिकाबाट आउने सबै उडानहरू रोकेको थियो । नयाँ संस्करण (म्युटेड) को कोरोना भाइरस अधिक संक्रामक मानिएको ती देशहरूमा पत्ता लागेको थियो ।

स्विट्जरल्याण्डका अधिकारीहरूले डिसेम्बर १४ देखि सबै आउनेवालालाई आगमनको मितिदेखि १० दिनसम्म क्वारेन्टाईनमा राख्न आदेश दिएका थिए । “त्यहाँ साना बच्चाहरू भएका परिवारहरूपनि थिए । ति अचानक २० वर्ग मिटरमा बस्न बाध्य हुनेगरि अड्किएजुन असह्य थियो” सान्दोजले भने ।

उनका अनुसार होटेलमा बसेका बेलायतीहरुमध्ये केहि छिमेकी फ्रान्सका मानिसहरुको सम्पर्कमा पुगेका थिए । फ्रान्सका स्की होटेलहरु बन्द भएपनि स्वच्छ हावा खान पाइन्छ भन्ने तिनलाई थाह थियो ।

स्विजरल्याण्डका स्थानीय अधिकारीहरूले पाहुनाहरुलाई बेलायत फर्कने उडान खोज्ने कोशिस गरेका थिए । दस दिनसम्म क्वारेन्टाइन पूरा गरिसकेका व्यक्तिलाई मात्र विमानमा प्रवेश दिइने कुरा स्पष्ठ भएपछि क्वारेन्टाईनमा बसेका बेलायतीहरुहरूले विमान टिकट खोज्ने विचार छोडेर भागे ।

अधिकारीहरुका अनुसार डिसेम्बर १४ देखि युकेबाट स्विजल्याण्डकालागि ९२ विमान उडे । तिनमा अनुमानित १०,००० व्यक्तिहरू आएका थिए । सान्दोजको विश्वास छ कि बेलायतबाट फर्किने मध्ये धेरै स्विस नागरिकहरू थिए जो स्की रिसोर्टमा भेटिएनन् ।

भाग्ने बेलायती पर्यटकहरूको बारेमा सोध्दा स्वास्थ्यमन्त्री अलेन बरसेटले भने “हामी यस बारे सचेत छौं । यो स्पष्ट रूपमा एक समस्या हो । त्यहाँ क्वारेन्टाइनको अर्डर आएको थियो जुन सम्मान गरिएको छैन ।” भागेका बेलायतीहरु कहाँ छन् भन्ने बारे स्विस अधिकारीहरुलाई कुनै जानकारि नभएको र ति बेलायत फर्किएकोमा भने शंका ब्यक्त गरे ।

  कालो हप्ता

करीव ९००० को जनसंख्या भएको भेर्बियरको लागि यो रेकर्डमा कालो हप्ताहरू मध्ये एक थियो । किनभने त्यहाँ हरेक पाँचौं पाहुना परम्परागत रूपमै बेलायतबाट आएका हुनेगरेका छन् । त्यसरि सयौं बेलायतीहरु फरार भैदिँदा रिसोर्टले अचानक कोविड हटस्पटको रूपमा ख्याति कमायो । यसले गर्दा लामोसमयसम्म रिसोर्टलाई असर पार्ने पार्छ । “त्यो सुनेअपछि धेरै स्विसले बिदा रद्द गरे । समान्यतया भेर्बियमा त्यो हप्ता ५० हजार पाहुना बुक भैसकेका थिए । अहिले होटेलमा ३० देखि ४० प्रतिशतमात्रै बुक भएको छ” सान्डोजले भने ।

(नेपालप्लसको साथमा किस्टोन न्युज, स्विस इन्फो, एस डिए, रोयटर्स र टिएस)

तपाइँको प्रतिक्रिया

फेसबुक