शुक्रबार, वैशाख १४, २०८१

बेलायतमा २४ घण्टामै ५० हजार भन्दाबढिमा कोरोना संक्रमित

नेपाल प्लस२०७७ पुष १५ गते १:४१

बेलायतमा कोरोना संक्रमितको संख्या केहिदिन देखि ह्वार्ह्वार्ती बढेको छ । गत २४ घण्टामै कोरोना संक्रमितहरुको संख्या ५० हजारले नाघेको छ ।

कोरोना भाईरसले आफ्नो रुप बदलेर (उत्परिवर्तित) नयाँ संस्करणमा देखापरेपछि बेलायतमा संक्रमणको दर उच्च भएको हो । बेलायती सरकारको पछिल्लो रिपोर्ट अनुसार त्यहाँ २४ घण्टामै ५३ हजार एक सय ३५ जनामा कोरोना संक्रमित भएको छ ।

बेलायतमा लकडाउन गरिएपनि हालका दिनहरुमा बेलायतको जनसंख्याको ठूलो हिस्सामा पुनः संक्रमण देखिएको छ । यो वृद्धिले महामारी सुरु भएदेखि २३ लाख ८२ हजार ८६५ जनामा संक्रमित भएको देखाउँछ । यसमध्ये ७१ हजार ५६७ जनालाई गम्भिर बनाएको थियो ।

बेलायतमा कोरोना भाइरसको वृद्धिले स्वास्थ्य सेवा प्रतिनिधिहरूलाई मंगलबार अस्पतालहरूको अवस्थाबारे सचेत गराउन प्रेरित गर्‍यो । “हामी युरोप र बेलायतभरि कोरोना भाइरसको दोस्रो छाल लिएर आँधीबेहरीको मुटुमा फर्केका छौं” बेलायतको सार्वजनिक स्वास्थ्य सेवा (एनएचएस) का महानिर्देशक साइमन स्टीभन्सले ट्वीटरमा पोस्ट गरेको एउटा भिडियोमा भनेका छन् ।

मंगलबार बेलायतका अस्पताल सेवाहरू ज्यादै व्यस्त देखिएको फ्रान्स १ टिभीले उल्लेख गरेको छ । अस्पतालमा कठिन क्षणको सामना गरिरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

अस्पतालका नर्स, चिकित्सक र बुढाबुढीका सुसारेहरुले क्रिसमस र नयाँ वर्षकालागि लिएका बिदा रद्द गर्नुपरेको समाचारमा जनाइएको छ ।

तपाइँको प्रतिक्रिया