शुक्रबार, वैशाख १४, २०८१

सन् २०२० का विश्व चर्चित १० महिला

नेपालप्लस टिम२०७७ पुष १६ गते ११:०१

स्टुडियो ग्रफिक : फ्रान्स मेडिया मोँद

२०२० मा विश्वभरि धेरै महिलाहरूले आफ्ना प्रतिबद्धता जाहेर गरे । उनीहरू प्रभावशाली रुपमा उभिए । राज्यको कार्यकारी तह, खेलकुद महिला, वैज्ञानिक वा लेखन, सामाजिक सेवा अनेक क्षेत्रमा उभिए ।  विगत १२ महिनामा कुनै न कुनै उल्लेखनिय, चुनौतिपूर्ण काम गरेका सबैभन्दा उल्लेखनीय महिलाको नाम यहाँ छानिएको छ । ति महिला चाहे परिचित होउन वा नहोउन् । ति चर्चित होउन् वा कम चिनिएका होउन् । तिनको कर्म, भूमिका र योगदानका आधारमा सूची तयार पारिएको हो ।

सन् २०२० कोविड १९ महामारी द्वारा चर्चित रहने भयो । धेरै महिला यस स्वास्थ्य संकटको बेला बाहिर निस्किए । साहसिक काममा उभिए । एउटा बेलायती अध्ययनले देखाए अनुसार त कोरोना भाईरसको संक्रमणलाइ ब्यवस्थापन गर्न महिलाहरूको नेतृत्व रहेका देशहरूले यस महामारीलाई राम्रोसँग व्यवस्थापन गर्न सफल रहे ।

पछिल्ला बाह्र महिनामा विभिन्न देशमा आन्दोलन पनि सुरु भएको छ । हङकङदेखि संयुक्त राज्य अमेरिकासम्मका महिला व्यक्तित्वहरू प्रदर्शनको नेतृत्वमा उभिए । वैज्ञानिक, खेलकुद, लेखन, ब्यवस्थापन, राजनिति, सांस्कृतिक संसारमा तिपनि चम्किएका छन् । यहाँ सन् २०२० मा चम्किएका महिलाहरुको सूची प्रस्तुत छ –

-कमला ह्यारिस- संयुक्त राज्य अमेरिकाको पहिलो महिला उपराष्ट्रपति

संयुक्त राज्यका अमेरिकाको उपराष्ट्रपतिमा चुनिने पहिलो महिला हुन् । कमला ह्यारिसले जो बिडेनसँग उनीहरूको निर्वाचनमा आर्थिक टोलीका सदस्यहरूसित काम गरेकि थिईन् । बिडेनको बिजयमा पर्दा पछाडि बसेर काम गर्ने एक प्रमुख महिलाकारुपमा उनलाई लिईन्छ ।

कमला ह्यारिस, भारतीय आमा र जमैकाका बुबाको मिश्रित सन्तान हुन् । कालो वर्णबाट त्यति ठूलो पदमा पुग्ने पहिलो महिला र पहिलो एशियाली अमेरिकी पनि हुन् जसले यो पद ओगट्न सफल भइन् ।

जासिन्डा एडर्न- न्युजील्यान्डकि लोकप्रिय प्रधानमन्त्री

कोविड १९ महामारीले २०२० मा विश्व हल्लाईरहेको बेला न्युजील्याण्डका प्रधानमन्त्री संकटको समयमा उत्कृष्ट व्यवस्थापक साबित भईन् । कोरोना भाइरसको साथ सामना गर्दै, जाकिन्डा एडर्नले मार्चमा सीमाहरू बन्द गरेर सात हप्ताको कडा लकडाउन घोषणा गरिन् । उनले छिटो र कडा लकडाउन गर्ने निर्णय गरेकि थिईन् । परिणाम : ५० लाख जनसंख्या भएको न्युजिल्याण्डमा कोरोना भाइरसबाट मात्र २५ जनाको मृत्यु भयो । र सरकारको रणनीतिलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले स्वागत र प्रशंसा गर्‍यो ।

प्रधानमन्त्रीको शक्तिको परीक्षण २०१९ मार्चमा गरिएको थियो । न्यूजील्याण्डको इतिहासको सबैभन्दा नराम्रो आतंकवादी हमलाको बेला । जब एक सर्वोच्चतावादीले क्राइस्ट चर्चको दुई मस्जिदमा ५१ जना उपासकहरूको हत्या गरेको थियो । त्यसपछि ज्यान्डा अर्र्डनको मनोवृत्ति, पीडितहरूप्रति उनको अनुकम्पा र उनको कडा राजनीतिक प्रतिक्रियाबाट मानिस प्रभावित भएका थिए । विशेष गरी बन्दुक नियन्त्रणको सवालमा प्रशंसा गरियो । घृणायुक्त भाषण फैलाउने सामाजिक नेटवर्कलाई बिच्छेद गर्ने । एक उत्कृष्ट सञ्चारकर्ताका रुपमापनि पहिचान बनाएकि उनले अक्टोबरमा भएको आम चुनावमा शानदार विजय हासिल गरिन् ।

एन्जेला मार्केर- चान्सलरका रुपमा १५ वर्ष लोकप्रिय

जर्मन कुलपति पनि सफल नेताहरू मध्ये एक हुन् जसको कोविड १९ संकटको व्यवस्थापनलाई स्वागत गरिएको छ । कुलपतिले दोस्रो विश्वयुद्धको अन्त्यपछि जर्मनीको सबैभन्दा ठूलो चुनौती भनेर वर्णन गरेको भाइरसको संक्रमण रोक्न उनले चालेको कदमलाई उदाहरणिय मानिएको छ । प्रशिक्षणद्वारा वैज्ञानिक बनेकि एन्जेला मार्केल लगभग निर्दोष रहेर, सुविधाजनक शैक्षिक तालमेल मिलाउने र तर्कसंगत कला हासिल गर्न सफल भएकि छन् । जर्मनीको बिग्रिएको आर्थिक अवस्था, गिरेको वार्षिक आय भएका बेला पद सम्हालेकि चान्सलरको चुनौति जीवनमा सधैं सम्झना दिलाउने खालको थियो । यो पन्ध्र वर्षको सत्ता उनकोलागि मात्रै नभएर जर्मनीकै लागि चुनौतिपूर्ण मानिन्छ । कडा लाइनको समर्थक एन्जेला मार्केलले त्यो चुनौतिलाई सम्हालेर जर्मनीको आर्थिक र सामाजिक स्तर उकासेकि हुन् । जर्मनीलाई विश्वकै सम्पन्न मुलुकमा पुर्‍याउनुआ यिनको सफलता छ ।

स्भेत्लाना टिखानोव्स्काया – बेलारुसको विरोधको अनुहार

अगस्टमा आयोजित बेलारूसी राष्ट्रपति चुनावले नयाँ व्यक्तित्व ल्यायो । १९९४ देखि सत्तामा रहेका अलेक्ज्याण्डर लुकाशेन्कोले अप्रत्याशित युवा विरोधीको सामना गर्नुपर्‍यो । मे महिनामा उनको श्रीमान, प्रसिद्द ब्लगर सर्गेई टिखानोव्स्कीलाई गिरफ्तार गरेपछि उनी पदका लागि उम्मेदवार बनिन् । अंग्रेजी विषयकि पूर्व शिक्षिका स्भेत्लाना टिखानोव्स्कायाले लुकाशेन्कोको अत्याचारका बावजुद भीडलाई परिचालन गर्न सफल भईन् । तर मतपत्रको आधिकारिक नतिजाले अलेक्ज्याण्डर लुकाशेन्कोलाई विजेता बनायो । र उनका ३७ वर्षीय विपक्षीले अधिकारीहरूले धम्की दिएको आरोपमा लिथुआनियामा शरण लिनुपर्‍यो । पुनः निर्वाचन हुँदा जनआन्दोलनको भेल निस्कियो । हजारौं गिरफ्तार गरियो । मस्को समर्थित अलेक्ज्याण्डर लुकाशेन्कोले सत्ता छोड्न इन्कार गरे र केवल अस्पष्ट संवैधानिक सुधारको कुरा गरे ।

बेलारूसी विपक्षी दलका प्रमुख नेता भएकी स्भेत्लाना टिखानोव्स्कायाले “फ्रिडम अफ द माइन्ड” सखारोभ पुरस्कार पाइसकेकि छन् । उनीसँगै अभियान गरिरहेका दुई महिला, मारिया कोलेस्निकोवा, जो अहिले कैदमा छन्, र वेरोनिका त्सप्कालो पनि निर्वासनमा रहिरहेकी छिन् । साथै साहित्य स्भेत्लाना अलेक्सिविचका लागि नोबेल पुरस्कार विजेता हुन् । युरोपियन संसदमा डिसेम्बर १६ मा यो सम्मान पाउने बित्तिकै उनले यस पुरस्कारलाई “प्रेरणा” र “बेलारुसको लागि नयाँ शुरुआत” को रूपमा स्वागत गरिन् । उनले यो इच्छा पनि व्यक्त गरिन् कि “जेलमा वा निर्वासनमा बाँच्न बाध्य सबै बेलारूसीहरू घर फर्कन पाउने छन् ।”

एग्नेस चाउ- हङकङमा प्रजातन्त्र कार्यकर्ता

हङकङमा चीनले २०२० मा पहिलेको स्वायत्त क्षेत्रको बलियो कब्जा जारी राख्यो । यो राष्ट्रिय सुरक्षा सम्बन्धी कानून जूनको अन्त्यमा लागू भएदेखि बढेको हो । प्रजातन्त्र समर्थक स्थानीय संसदका दर्जनौं कार्यकर्तालाई अभियोग लगाइएको छ वा अनुसन्धान भैरहेको छ । डिसेम्बरको सुरुतिर, तीमध्ये तीन जना सबैभन्दा प्रसिद्ध, जोशुआ वाङ, एग्नेस चौ र इभान लामलाई जेल सजाय सुनाइयो ।

एग्नेस चौले किशोरावस्थामा राजनीतिमा प्रवेश गरिन् । २३ वर्षको उमेरमा चिनियाँ देशभक्ति वर्गको बिरूद्धको आन्दोलनमा सामेल भईन् । जोशुआ वाङ जस्तै उनी पनि “छाता आन्दोलन” का अग्रणी व्यक्तित्व बन्न पुगिन् । २०१८ मा हङकङका कार्यकारीले उनको पार्टीले “आत्मनिर्णय” को पक्षमा वकालत गरेको भनेर चुनावमा प्रतिबन्ध लगाइने उनी पहिलो हुन् । हङकङको प्रजातन्त्र आन्दोलनमा सफलतापूर्वक अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेर उनले सबैभन्दा ठूलो सफलता हासिल गरिन् ।

उनको ट्विटर खातामा उनलाई पछ्याउने १० लाख मानिस छन् जुन खातामा उनले जापानी भाषामा लेख्ने गर्छिन् । एग्नेस चाऊ राष्ट्रिय सुरक्षा कानुनको नाममा पक्राऊ पर्ने पहिलो विपक्षी व्यक्तित्व मध्ये एक हुन् जसलाई “विदेशी शक्तिसित मिलको” आरोप लागेको थियो । जून २०१९ मा सरकार विरुद्ध प्रतिबन्धित जुलुसमा भाग लिएको कारण उनलाई दस महिना जेल सजाय सुनाइएको थियो।

ब्रेओना टेलर- संयुक्त राज्य अमेरिकामा पुलिस हिंसा बिरोधी आन्दोलन जन्माउने

सन् १९६० को दशकमा नागरिक अधिकार आन्दोलन भएदेखि अमेरिकाले २०२० मा सबैभन्दा ठूलो जातिवाद विरोधी अभियानको अनुभव गरेको थियो । मे २५ मा मारिएका अफ्रिकी-अमेरिकी जर्ज फ्लोईडको मृत्युपछि उक्त विरोध बढेको हो । केही हप्ता अघि, प्रहरी अधिकारीहरू पनि ब्रेओना टेलरको मृत्युमा आरोपित थिए । यस २६ वर्षीया नर्सलाई मार्च १३ मा मध्यरातमा उनको घरमा गोली हानी मारियो ।

बिना जानकारि तिन जना प्रहरी उनको घरमा राति प्रवेश गरेका थिए । अधिकारीहरूले उक्त युवतीको पूर्व प्रेमीलाई लागु लागुऔषधको तस्करी अनुसन्धान गरिरहेका थिए ।
उनको नाम देशभरि आयोजित प्रदर्शनको क्रममा उठाइयो । उनका नामा गीत गाइयो । २०१५ मा ‘ब्ल्याक लाइभ म्याटर्स’ आन्दोलनमा अफ्रिकी मूलका वा काला वर्णका महिलाहरु प्रहरी हिंशाको शिकार भएको भन्ने नारा उर्लियो । उनको कारणले गर्दा काला वर्णका नागरिकमाथि हुने गरेको अत्याचार र सुरक्षाअधिकारीकै अन्यायको बिरुद्द लड्ने, उठ्ने र न्याय दिलाउने आन्दोलनको विकास भयो । अभिनेत्री मिली बबी ब्राउन, एमिली रताजकोवस्की वा गायक कार्डि बी जस्ता व्यक्तित्वहरू यो आन्दोलनमा सामेल भए । सेप्टेम्बरमा ब्रेओना टेलरको मृत्युमा संलग्न तीन जना सेतो वर्णका प्रहरी अधिकारीहरूमाथि मुद्दा चलाइने छैन भन्ने सार्वजनिक भएपछि फेरि मानिसहरु ताते ।

नाओमी ओसाका- टेनिस च्याम्पियन र रंगभेद बिरोधी अभियानकर्ता

विश्व टेनिस खेलको मैसानमा हालै तेस्रो जापानी-हाईटियन टेनिस च्याम्पियनले ‘ब्ल्याक लाइभ म्याटर्स’ आन्दोलनको पक्षमा यस वर्ष महत्वपूर्ण स्थान लिएकि छन् । प्रतियोगिताहरूमा नाओमी ओसाकाले आफ्नो मुखौटामा संयुक्त राज्य अमेरिकामा पुलिस क्रूरताका काला पीडितको नाम राखेर चर्चा कमाएकि थिईन् । सिनसिनाटी टूर्नामेन्टमा उनले अफ्रिकी-अमेरिकी जेकब ब्लेकमा प्रहरी गोलीबारीको विरोध गर्न आफ्नो सेमीफाइनल नखेल्ने निर्णय गरेपछि आयोजकहरूले टूर्नामेन्टको पूरा दिन रद्द गर्ने निर्णय गरेका थिए । प्रतियोगितालाई २४ घण्टा स्थगित गरेका थिए ।

टेनिस खेल बाहेक उनी एक अभियन्तापनि हुन् । उनले सेप्टेम्बरमा दोस्रो यूएस ओपन खेल जितेर अर्को किर्तिमान राखेकि थिईन् । नाओमी ओसाका सबैभन्दा बढी तलब पाउने खेलाडीहरूको शीर्ष स्थानमा छन् ।

स्टेफानी फरपा- अन्तर्राष्ट्रिय फ्रान्सेली महिला रेफ्री

फ्रान्सेली रेफ्रीरी स्टेफानी फरपाले सबै महिलाका लागि ढोका खुला गरिदिईन् । सक्नेलाई ईतिहास लेख्नबाट कहिल्यै रोक्न सकिन्न भन्ने सिद्द गर्ने हुन् यि महिला । । फ्रान्सेली दोस्रो डिभिजन (२०१४) मा सिटि बजाउने पहिलो महिला भए पछि पुरुष लिग (२०१९) मापनि छनौट भईन् । त्यसपछि आधिकारिक अन्तर्राष्ट्रिय पुरूष बैठक र यूरोपियन सुपरकप म्याचको नेतृत्व गर्ने पहिलो महिला भएपछि उनी डिसेम्बरमा यूईएफए द्वारा मनोनीत भईन्, जुभेंन्टस टुरिन-डाइनामो कीभको च्याम्पियन लिगमा रेफ्री गर्न । यसरी प्रतिष्ठित महाद्वीपीय प्रतियोगितामा यो जिम्मेवारी वहन गर्ने पहिलो महिला बन्न्न उनी सफल भईन् ।

“हामीले शारीरिक, प्राविधिक र रणनीतिक रूपमा प्रमाणित गर्नुपर्दछ कि हामी पुरुष भन्दा कम छैनौं । म त्योसँग डराउँदिन । महिला हुँदैमा मेरो लागि केहिपनि परिवर्तन हुँदैन” उनले लिभर्पुल र चेल्सीबीचको सुपेरकोपा डे युरोपको अगस्ट २०१९ मा भनेकी थिइन् । त्यसपछिपनि धेरै हदसम्म सफल भईरहिन् उनी ।

एमानुयल सार्पँतिय र जेनिफर डुड्ना- रसायन विज्ञानमा नोभेल पुरस्कार

फ्रान्सेली महिला एमानुयल सार्पँतिय र अमेरिकी महिला जेनिफर डुड्ना दुबै अनुवंशिक विशेषज्ञ हुन् ।

यि दुबै बैज्ञानिकले अक्टोबरमा रसायनको नोबेल पुरस्कार जीनलाई मिलाउने, जोड्ने र काट्ने विधिको विकासको लागि पाएका थिए । विशेषगरि दुई महिलाले एकै विषयमा नोबेल पुरस्कार पाएको यो पहिलो घटना हो । “यो पुरस्कार जीवनसंहिताको पुनःलेखन गर्ने उपकरण विकास गरेकोमा प्रदान गरिएको थियो” पुरस्कार घोषणा गर्दा स्टकहोल्मको जूरीले सुनाएका थिए । जून २०१२ मा यि दुई महिला अनुवंश विज्ञ र सहयोगीहरूले विज्ञान पत्रिका ‘जर्नल साईन्स’ मा जीनोम संशोधनलाई सरल बनाउन सक्ने नयाँ उपकरणको वर्णन गरेका थिए ।

दिजाईली आमादु अमाल -दक्षिण अफ्रिका (साउथ साहेल) मा महिला आवाज

उनको देशका क्यामेरोनियन सफल लेखकले डिसेम्बरको शुरुआतमा ३३ औं ‘गोन्कु दे लिसेयँ’ पुरस्कार जीतिन् । दक्षिण-सेहलमा महिलाहरूको अवस्थालाई मार्मिक रुपमा चित्रित गरिएको उपन्यास थियो यो । “लेखन सरल छ । छरियो छ र अनावश्यक लेग्रा नतानिकन सत्य तरिकाले सत्यमा तरिकाले लेखिएको छ । यो एक सूक्ष्म पुस्तक हो जसले जबरजस्ती विवाह बारे अवलोकन गर्न, बुझ्न अनुमति दिन्छ” हाईस्कूलका विद्यार्थी ज्युरीका अध्यक्षले घोषणा गरेका थिए ।

उत्तरी क्यामरूनमा एक ईजिप्सियन आमा र क्यामेरोनियाका बुबाबाट जन्मेकी दिजाईली अमादु अमलको विवाह १७ वर्षको उमेरमा करिब ५१ वर्षे पुरुषसित भएको थियो । आफ्नो पहिलो श्रीमानसित सम्बन्धविच्छेद गरिसकेपछि उनले दस वर्ष पछि विवाह गरिन् तर घरेलु हिंसाको सिकार भइन् । यद्यपि उनी त्यस व्यक्तिको पकडबाट उम्कन सफल भईन् । पतीले आफ्ना दुई छोरीलाई पक्रेर अपहरण गरे । त्यो बेला उनी व्यवस्थापनमा बीटीएस पूरा गर्न पर्खिरहेकी छिन् ।

जबरजस्ती विवाहित महिलाको रूपमा उनको आफ्नै अनुभवबाट प्रेरणा पाएकि, दिजाईली आमादु अमालले आफ्नो पुस्तकमा यी महिलाहरू मध्ये धेरैलाई दमनकारी पितृसत्तात्मक समाजको जबर्जस्ति स्वीकार्न बाध्य पारेको कथा लेखेकि छन् । उनलाई क्यामेरोनियन प्रेसले “आवाजविहीनको आवाज” उपनाम दिएकाक छन् । उच्च विद्यालयका विद्यार्थीहरूले उनले लेखेको महिला हिंसाको विषयलाई छनोट गरेको भन्दै यो विषयमा भविष्य रहेको बताइन् । उनको लागि युवा महिलाले हिंसाको बिषयमा देखाएको चासो “भविष्यको आशा” हो। सन् २०१२ मा दिजाईली आमादु अमाल नामको एसोसिएसन खोलियो । यसले यो क्षेत्रमा किशोरीहरूको शिक्षाको लागि काम गर्दछ ।

(नेपालप्लससँगै फ्रँस ब्लु, द न्युयोर्क टाईम्स, ल पारिजियाँ, फँस २४ न्युज, ल लेबरास्सियोँ, अफ्रिका टाईम्स, ल सोलेइ डट कम, फ्रँसकल्चर)

तपाइँको प्रतिक्रिया