शुक्रबार, वैशाख १४, २०८१

वैज्ञानिकहरुको चेतावनी : कोरोना बिरुद्द लड्ने सामूहिक योजना नल्याए युरोप झन भयावह

नेपाल प्लस२०७७ पुष १६ गते ०:४९

कोरोना भाइरसको रुप बदलिँदै गएको,  भाईरसको मुलरुपलाईनै सामूहिक रुपमा प्रतिकार गर्न नसकिएको र देशैपिच्छे रोकथाम र नियन्त्रणका उपायहरु फरक रहेकाले युरोपभरि साझा निति बनाउन युरोपभरिका वैज्ञानिकहरुले आव्हान गरेका हुन् ।

फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, ईटाली, स्पेन,  स्विजरल्याण्ड लगायत युरोपेली युनियनका करिब तिन सय ५० जना वैज्ञानिकहरुले कोरोना भाईरस नियन्त्रणको साझा निति बनाउनुपर्ने माग भन्दै हस्ताक्षर गरेका छन् । केहि युरोपेली मुलुकले कोरोना भाइरस रोकथामका प्रयासहरुलाई अनादार गरेकाले सबैलाई एउटै नियम लागू गर्नुपर्ने तर्क हस्ताक्षरकर्ताहरुको छ ।

उनीहरुले कोरोना भाइरसलाई युरोप भरिबाटै एकैसाथ खुम्च्याउन साझा युरोपेली समन्वयको खाँचो औंल्याएका छन् ।

“कोरोना भाइरस आयात हुनेक्रम बढिरहेको छ । यसको उच्च संक्रमणलाई रोक्न सबै युरोपेली देशहरुमा समिकरण हुनुपर्छ । त्यो यथासक्य छिटो शुरु गर्नुपर्छ”  अनुसन्धानकर्ताहरूले गत हप्ता द लान्सेट मेडिकल पत्रिकामा सामूहिक हस्ताक्षर गर्दै युरोपेली परिषदलाई सिफारिस गरेका छन् ।

हस्ताक्षरकर्ता मध्ये सरकारको वैज्ञानिक निकायका धेरै सदस्यहरू सामेल भएको समाचारमा उल्लेख छ । संक्रमितको इन्फेक्सन संख्या घटाउन मात्र नभएर संक्रमणको खतराबारे ब्यवस्थापन गर्नपनि समन्वय हुनुपर्ने भनाई विशेषज्ञहरुको छ ।

युरोपमा खुला सिमाना भएकाले महामारिका प्रयासहरु जतिसुकै राम्रोसित ब्यवस्थापन गरेपनि भाईरस नियन्त्रण गर्न कठिन हुने उनीहरुले चेतावनी दिएका छन् ।

जेनेभा अस्पतालकी सरुवारोग विशेषज्ञ इसाबेल एकेर्लेको भनाईमा सम्पूर्ण युरोपमै एकैसाथ लकडाउन गरेमात्रै कोरोना संक्रमितको संख्या घटाउन सकिन्छ । “प्रति १० लाख ब्यक्तिमा १० नयाँ ब्यक्तिमा संक्रमण हुने दर देखिएमा मात्रै भाईरस नियन्त्रणमा ल्याउन सकिन्छ । तर ८५ लाख जनसंख्या भएको स्विजरल्याण्डमा हाल प्रत्येक दिन करिब ४ हजार ६४ जनामा संक्रमित भैरहेको छ । यो भनेको संक्रमण नियन्त्रण हुनुपर्ने जति हो त्यसभन्दा ५० गुणाबढि छ” उनले मेडियासित भनिन् ।

वैज्ञानिकहरुले कोरोना नियन्त्रणका साझा प्रयास युरोपभरि तत्कालै शुरु गरेपनि यसको प्रभाव सन् २०२१ को ग्रिष्मयामबाट मात्रै देखिने उल्लेख गरेका छन् । कोरोनाका विरामीहरुलाई उच्च स्थिर अवस्थामा राख्दा मृत्युदर बढ्ने, को कहाँछ भनेर पत्ता लगाउन कठिन हुने,  मानसिक स्वास्थ्यलाईपनि असर गर्ने र अर्थव्यवस्थामा गम्भिर असर पुग्ने औंल्याएका छन् ।

उनीहरूले उदाहरणका रूपमा चीन र अष्ट्रेलियाका घटनाबाट सिक्नुपर्ने सुझाव दिएका छन् ।  ति दुई देशमा भाइरसलाई कम गर्न वा हटाउनको लागि कडा तालाबन्दीबाट महामारीको आर्थिक लागत घटाइएको उल्लेख छ ।

हालसालै बेलायतबाट उत्परिवर्तित (म्युटेसन)  भएको कोरोना भाईरस हाल युरोपका धेरै मुलुकमा फैलिइसकेको छ । वैज्ञानिकहरुले खुला सीमाले गर्दा कति छिटो सिंगो महादेशभरि एकाएक फैलिन सक्छ भन्ने पाठ सिकेर साझा निति र ब्यवस्थापन गर्न आग्रह गरेका हुन् ।

तपाइँको प्रतिक्रिया