बिहीबार, वैशाख १३, २०८१

बेलायतमा २४ घण्टाभित्रै कोरोनाबाट झण्डै १००० को मृत्यु , एक लाख संक्रमित

नेपाल प्लस२०७७ पुष १६ गते १२:३७

लण्डन- बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ सय ८१ जनाको मृत्‍यु भएको छ । यो संख्या अप्रिलपछि सबैभन्दा उच्च हो । यो सँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्‍यु हुनेको संख्या ७२ हजार ५ सय ४८ पुगेको छ । बितेका ४८ घण्टामा एक लाख भन्दाबढी मानिस संक्रमित भएका छन् ।

गत केहि दिन देखि संक्रमण र मृत्‍युदर बढ्दै गएपछी बेलायत सरकारले बिहीवारदेखि लागु हुनेगरी देशको तीन चौथाइ भागमा कडा लकडाउन घोषणा गरेको छ । अक्स्फोर्ड युनिभर्सिटीबाट उत्पादित कोरोना बिरुद्दको खोप एस्ट्राजेनेका सुरु गरिनु केहि दिन अघि मात्र यो लकडाउनको घोषणा गरिएको हो ।

एस्ट्राजेनेका खोपलाई ‘गेम चेन्जर’ भनिएको छ । यसलाई बुधवार मात्रै यहाँँको औषधी र खोप नियमक, नियन्त्रण र अनुगान संस्था ‘मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ ले मान्यता दिएको छ । आउँदो सोमबार देखि द्रुत गतिमा खोप लगाउन सुरु गरिने छ ।

बेलायत सरकारले यसका १० करोड डोज खरिद गर्ने जनाएको छ । स्वास्थ्य सचिव मैट ह्यांककले कोरोनाबाट मृत्‍यु हुनेको संख्या हजारको हाराहारीमा पुग्न थालेपछी कडा लकडाउनको घोषणा गर्न सरकार बाध्य भएको बताएका छन् । यो लकडाउनका कारण लगभग २ करोड बेलायतीहरु घर भित्रै रहने छन् ।

तपाइँको प्रतिक्रिया