बिहीबार, वैशाख १३, २०८१

स्वीस होटेलबाट फरार बेलायती अझै भेटिएनन्, खोजी ब्यापकरुपमा जारी

नेपाल प्लस२०७७ पुष १६ गते १७:००

गत शनिवार राती होटेलबाट फरार बेलायती र दक्षिण अफ्रिकाका पर्यटकहरूको स्विस क्यान्टोन (प्रान्त) का अधिकारीले ब्यापक खोजि गरिरहेका छन् । ति को हुन् र कहाँ छन् भन्ने पत्ता लगाउन अनेक उपाय लगाएर पहिचानको कोशिस गरिरहेको फरार बेलायती बसेको क्यान्टोन ल भेरबियका अधिकारीहरुले बताएका छन् ।

शनिवार अनुमानित २०० बेलायती पर्यटकहरू राती भेरबीयस्थित होटेलबाट गुपचुप बाहिर निस्केर भागेका थिए । होटल मालिकहरूले कोठाको ढोका बाहिर विहान राखिदिएको खाजाको ट्रे जस्ताकोतस्तै देख्दा ति फरार भएको मेसो पाएका थिए । ति पर्यटक फेला परेमा जनहि १० हजार स्विस फ्र्यांक (११ हजार २८० डलर) जरिवाना तिर्नुपर्ने छ ।

ल भाले प्रन्तका स्वास्थ्य प्रवर्धन निर्देशक जँ बेर्नाड मोइले मंगलवार बेलायतबाट ८६३ र अफ्रिकाबाट १३ पर्यटक आफ्नो प्रान्तमा रहेको जानकारि मिलेको बताएका छन् ।

होटेलबाट फरार ति बेलायतीको ब्यापक खोजि गर्दापनि हालसम्म फेला परेका छैनन् । बेलायती अधिकारीहरुलेसमेत कुनै जानकारि नदिएको स्विस प्रान्तिय अधिकारीहरुको भनाई छ । “हाम्रो प्रान्तमा आएका बेलायतीहरु कता गए । कहाँ बसेका छन् भन्ने कुनै जानकारि पाउन सकिएको छैन । तिनले यहाँको कानुन उल्लंघन गरेका छन् । तिनको हामीले खोजिगरिरहेका छौं । फेला परेमा ति हरेकले १० हजार स्विस फ्र्यांकका दरले जरिवाना तिर्नुपर्छ” निर्देशकले भने ।

डिसेम्बर २० मा स्विट्जरल्याण्डले बेलायत र दक्षिण अफ्रिकाबाट सबै उडानहरू रोकेको थियो । कोरोनाभाइरसको नयाँ संस्करण, अधिक संक्रामक मानिएको ती देशहरूमा पत्ता लागेको थियो । स्विट्जरल्याण्डका अधिकारीहरूले डिसेम्बर १४ देखि स्विजरल्याण्ड आउने सबैलाई आगमनको मितिदेखि १० दिनको लागि अलग्गै राख्न आदेश दिएका थिए । त्यहि नियम अनुसार ति बेलायतीहरुलाई भेरबिय र ल भाले प्रान्तका रिसोर्टमा राखिएको थियो । स्विस नियम पालना नगरि ति शनीवार रातीनै फरार भएका हुन् ।

यसैसित संवन्धित रिपोर्ट

तपाइँको प्रतिक्रिया