बिहीबार, वैशाख ९, २०७८

भारतबाट नेपाल हुँदै भागेका वालयौन दुराचारीलाई जब स्विजरल्याण्डले आफ्नो देशमा अनुमति दियो

नेपालप्लस न्युज डेस्क२०७७ पुष २० गते १५:४२

भारतमा बाल यौन दुर्व्यवहारका एक स्विस दम्पती जमानतमा हुँदा स्विजरल्याण्डबाट भाग्न सफल भए । पक्राउ गरेको दुई दशक पछि अन्तर्राष्ट्रिय कानुनी जटिलताले उनीहरू भारतको सिमा क्षेत्रहुँदै नेपाल पसेर भाग्न सफल भए । तर ति दम्पत्तीको मुद्दा ७८ वर्षको उमेर हुँदापनि स्विजरल्याण्डमा चलिरहेको छ ।

यो नयाँ सहस्राब्दीको पहिलो क्रिसमस भन्दा एक हप्ता अघि को घटना हो । मुम्बईमा आधारित बाल कल्याण कार्यकर्ता संगीता पुनेकरले यहि घटनाले गर्दा क्रिसमसको खुशी महसुस नै गरिनन् । केहि दिन अघि एक पूर्व सडक वालक जो ट्याक्सी चालक बनेका थिए उनी नजिक आएर पुनेकरलाई भने ‘एक विदेशी शंकास्पद जोडी शहर वरिपरि घुम्दै थिए ।’ ट्याक्सी चालकले उनीहरूको ल्यापटपमा आपत्तिजनक सामग्री देखेका थिए ।

उनले हामीलाई यसबारे केहि गर्न आग्रह गरे । उनीहरूलाई ट्याक्सीमा लगेर होटेलमा छोडिदिएकाले उनीहरु कहाँ बस्छन् भन्नेपनि उनले हामीलाई सुनाए” पुनेकरले स्विस इन्फोसित भनिन् ।

उनले केहि दिन ति जोडीलाई पछ्याएर तिनको चालचलन बुझ्न केहि दिन बिताईन् । उनले गरेको शंकाको पुष्टि भयो । यी दम्पतीले सडकका बच्चाहरूलाई एक होटेलमा लगेर लोभ्याउँदै थिए । पुनेकरले उक्त सूचना लिएर प्रहरी कमिश्नरसँग सम्पर्क राखिन् । तर उनीहरु त्यहाँबाट फुत्कीसकेका थिए ।

उनी अन्ततः एक कनिष्ठ प्रहरी अधिकारीलाई हस्तक्षेप गर्न मनाउन सफल भईन् । दम्पतीलाई रंगे हात समात्न सक्ने प्रमाण रहेको भन्दै आग्रह गरिन् । पुनेकर भाग्यमानी रहिछन् । एक दिन उनले सडकमा दुई जोडी केटीको साथ ट्याक्सीमा पस्दै गरेको त्यो जोडीलाई देखिन् । उनी तुरुन्तै रेल चढेर बाटो लागिन् । त्यो जोडी पुग्नु अगाडिनै होटेल पुगिवरी लबीमा पर्खेर बसिन् ।

“जब उनीहरू होटेलमा पसे, मैले देखें कि उनीहरूले दुई जना केटीहरूलाई सडकबाट उठाएका थिए । उनीहरूले केटीहरुअलैइ ट्याक्सीभित्रै मेकअप गरिदिएका थिए । उनीहरूको कपाल राम्ररी सफा गरिएको थियो । नयाँ लुगा लगाएका थिए । तिनको हातमा ससाना खेलौना थिए । यस्तो देखिन्थ्यो कि तिनले धेरै योजनाबद्ध अपराध गर्दै थिए” उनी भन्छिन् ।

सडकमा फूल माला बेच्ने नौ र ११ वर्षका दुई केटीहरू देख्दा होटल कर्मचारीहरूबिच शंका उत्पन्न नहोस् भनेर तिनलाई सम्पन्न सहरका बच्चाहरू जस्ता देखिने बनाइएको थियो । उनीहरूको कोठामा प्रवेश गर्ने बित्तिकै पुनेकरले वकिललाई जानकारि दिईन् । त्यसको एक घण्टा पछि पुलिसले होटलको कोठामा छापा मार्‍यो ।

पुनेकर भन्छिन् “त्यो दम्पतीले टेलिभिजनमा अश्‍लील सामग्री देखाउँदै थियो । र फिल्म खिच्नका लागि क्यामेरा तयार पारेर राखेका थिए ।

नाँगा तस्विर देखाइरहेको मौका छोपेर पक्रियो । प्रहरीले स्विस दम्पतीलाई पक्रने पर्याप्त प्रमाण फेला पार्‍यो । दम्पतीसित आफ्नालागि कपडाको चार सेट मात्र थिए । बाँकी बच्चाहरूको लुगा, कामुक पोशाक र यौन खेलौना थिए । भारतको अघिल्लो भ्रमणका बेलाको बाल अश्लीलताका फोटोपनि फेला पारे । श्रीलंका र फिलिपिन्समा खिचेका अन्य फोटोहरु तिनीहरूका ल्यापटपमा भेटियो । दम्पतीलाई पक्राउ गर्दागर्दै पुरुषले मुखमा एक मेमोरी कार्ड हालेर चपायो । प्रमाण नष्ट गर्ने उद्देश्यले उसले त्यसो गरेको थियो ।

“पक्राउ परेपछि उसले आफूहरु ११ वर्षदेखि यहाँ आउने गरेको बताए । “हरेक भारतीय भ्रष्ट छ । हामी सबैलाई कसरी किन्न सकिन्छ भन्ने उनीहरु जान्दछन्” पुनेकर सम्झिन्छिन् । भारतीय प्रहरीले यसबारे प्रतिक्रिया दिन हिच्किचायो । किनकि उनीहरूले “युरोपेली देशका एक गोरा मानिसबाट डराएको” महसुस गरे ।

  कानुनी झगडा

त्यस समयमा भारतमा बाल यौन दुर्व्यवहारको सामना गर्न कुनै खास कानून थिएन । केवल बलात्कार (वयस्क वा वालक भन्ने पर्वाह नगरीकन) अपराध भन्ने ब्याख्या मात्रै गरिन्थ्यो । ती जोडी (गोपनीयताका कारणले नाम गोप्य राखिएको) लाई अन्ततः मुम्बईको अदालतमा मुद्दा चलाइएको थियो । स्वीस प्रहरीले पनि प्रमाण जम्मा गर्न मद्दत गर्‍यो ।

“उनीहरूले हामीलाई त्यस समयमा भारतमै भेटे र ति दम्पतीको स्विट्जरल्याण्डस्थित कोठाबाट उनीहरूले लिएका सामग्रीहरू हामीलाई देखाए” पुनेकर भन्छिन् ।

यस दम्पतीले धेरै वकिल र कानूनी सहयोगीहरू लिएका थिए । तर अदालतले मार्च २००३ मा सात वर्षको जेल सजाय सुनायो । भारतमा बाल अधिकारको लागि यो ठूलो विजय हो । किनकि दुई अन्य विदेशीलाई यसभन्दा पहिले गोवाको समुद्री किनारमा रहेको रिसोर्टमा बाल यौन शोषण गरेकोमा दोषी ठहराइएको थियो । ‘यो मुद्दा भारतका धेरै व्यक्तिको लागि विशेष गरेर प्रहरी र न्यायपालिकाको लागि प्रत्यक्षदर्शी थियो’ पुनेकर भन्छिन् ।

“त्यस बेलासम्म न्यायाधीश र वरिष्ठ प्रहरी अधिकारीहरूले के सोचाई राखेभने प्राय युवा युवतीले समान उमेर भएकासित त्यस्तो संवन्ध राख्छन् । त्यस्ता बुढा मान्छे र महिलाहरूले त्यस्तो कार्य गर्न सक्दैनन् भन्ने प्रहरी र वकिलहरुको बुझाई थियो ।

बाह्य सामग्री

जे होस्, अभियोजक (प्रोजिक्युटर) को जीत अल्पकालिक थियो । ती जोडीले मुम्बई उच्च अदालतमा अपील गरे । एक वर्षपछि उनीहरूले दुबै पीडितलाई जनहि एक लाख भारुका दरले दिए । उनीहरूको बुढेसकालको आधारमा दुबैलाई रिहा गरियो । उनीहरूले सात वर्षको जेल सजायको आधा समय मात्र भोगेका थिए ।

पुनेकर र अन्य बाल अधिकारकर्मीहरूले यस निर्णयको विरोध गरे । राज्यका महान्यायधिवक्ताले फेरि भारतको सर्वोच्च अदालतमा निवेदन पेश गरेर उक्त फैसलालाई उल्ट्याउन आग्रह गरे । शीर्ष अदालतले ती दम्पतीसित जमानत माग गर्‍यो । तर उनीहरूको देश छोड्ने निवेदन भने खारेज गर्यो । पक्राउ पछि बरामत गरिएको राहदानी तिनीहरूलाई फिर्ता गरिएन ।

देश छोड्ने अनुमति अस्वीकृत भएको केही दिनमै ती दम्पती भारतबाट भागे ।

स्विजरल्याण्ड फिर्ता

“हामीलाई थाहा थियो उनीहरू आफ्नै देश भाग्दैछन् । उनीहरू आफ्नो सजायबाट भाग्नु भन्दा अरु दुखद यो भयो कि उनीहरुले यहाँका मानिसहरूलाई हेपेका थिए, कम आँकेका थिए” पुनेकर भन्छिन् “उनीहरुलाई जमानतमा छोडिन्छ भन्ने थाह थियो । किनकि भारतीय अधिकारीहरु विदेशी नागरिकलाई जेलमा मरेको हेर्न चाहँदैनन् । किनकि यसले अन्तर्राष्ट्रिय ध्यान तानिदिन्छ ।”

वाल अधिकार अभियन्ता पुनेकर

पुनेकरका अनुसार उक्त व्यक्ति पक्राउ परेको बेला भनेको थियो कि ऊसित धेरै पासपोर्ट छन् । त्यसैले कसरी भाग्नुपर्ने हो मलाई थाह छ । पुनेकरको विश्वास छ कि ती दम्पती भारतको सिमाहुँदै नेपालतिर भागेका थिए।

तर यो स्पष्ट छैन तिनीहरू स्विजरल्याण्ड कसरि प्रवेश गरे । स्विस फेडरल अभिलेखालयमा यि जोडीको घटना उल्लेख गर्दै नौ वटा फाईल फेला परेका छन् । यसमा मुम्बई वाणिज्य दूतावाससित सम्बन्धी छ वटा फाइल समावेश छन् । एउटा नयाँ दिल्लीको दूतावाससँग सम्बन्धित छ । दुई स्विस विदेश मंत्रालयको सम्बन्धमा छ ।

यी वर्गीकृत कागजातहरूमा पहुँचका लागि स्विस ईन्फो डट सिएचको अनुरोधलाई विदेश मन्त्रालयले अस्वीकार गर्‍यो । निर्णयको अपील भइरहेकोले दिन अस्विकार गरेको बताइयो । स्विजरल्याण्डमा, संवेदनशील कागजातहरूलाई ३० वा ५० वर्षको अवधिमा वर्गीकृत गरिएको हुन्छ र सरकारले ति कागजमाथिको पहुँचका लागि अनुरोध अस्वीकार गर्ने अधिकार राख्दछ ।

इन्टरपोलका अनुसार ती दुई फरार व्यक्ति अझै पनि इन्टरपोलको रेड नोटिसमा सूचीबद्ध छन् जुन अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्ट होईन । तर “सुपुर्दगी, आत्मसमर्पण वा त्यस्तै कानुनी कारबाहीको लागि अपहरण भएको व्यक्तिलाई पत्ता लगाउन र अस्थायी रूपमा पक्राउको कानून मान्न अनुरोध गर्नु हो ।

भारतको स्विट्जरल्याण्डसित सुपुर्दगी सन्धि (एक्स्ट्राडिसन ट्रिटी) छ । तर यो स्विसका नागरिकहरूमा लागू हुँदैन । यद्यपि स्विजरल्याण्डले अन्य देशमा सजाय पाएका व्यक्तिहरूलाई हस्तान्तरण गर्ने सम्भावना प्रदान गर्दछ । त्यसकोलागि केहि शर्तहरू पहिले पालना हुनुपर्छ । ती मध्ये “न्यायको अन्तिम फैसला र त्यो लागू हुनैपर्ने वा बाध्यकारी” हुनुपर्छ । यस अवस्थामा यस जोडीले अझै पनि भारतको सर्वोच्च अदालतको फैसला पर्खिरहेका थिए । त्यसैले सम्भवतः यो शर्त स्विस अधिकारीहरूको नजरमा पूरा नभएको हुनसक्छ । स्विस संघिय अभिलेखालयमा नौ वर्गीकृत कागजातहरू मध्ये दुईमा उपलब्ध जानकारीमा “सुपुर्दगी र मुद्दा चलाइएको” उल्लेख छ ।

       स्विस परिक्षण

कानूनी दस्तावेजले देखाउँदछ कि जोडीको अपराध स्विजरल्याण्ड फर्किएपछिपनि जारी छ । आरोपित पुरुष अहिले ७९ वर्ष पुगिसकेका छन् । वाल अश्‍लील सामग्रीका लागि गरिएको यौन अपराधको लागि उत्तरी स्विजरल्याण्डको फ्रुएनफिल्डको अदालतमा उनको मुद्द सुनुवाई भएको थियो ।

“उनको बिरूद्ध भर्खरै मुद्दाको सुनुवाई भएको थाहा पाउँदा खुसी लाग्छ । तर उसले आफ्नो मार्ग बदल्दैन भन्ने जान्दा दुख लाग्छ” पुनेकर भन्छिन् ।

स्विस फौजदारी संहिताको धाराले विदेशमा नावालिगहरू विरुद्ध गरिएको अपराधलाई मान्यता दिन्छ । यद्यपि स्विजरल्याण्डको अदालतले यो निर्णय गर्नुपर्दछ कि “विदेशमा कुनै उपायको लागि आदेश दिइएको छ वा आंशिक रूपमा मात्र कार्यान्वयन हुने भनेर आदेश दिईएको छ । वा स्वीजरल्याण्डमा दण्डित गरिएको सजायलाई ध्यानमा राख्नुपर्छ ।

अगस्टमा भएको सुनुवाइमा फ्रुएन्फिल्ड अदालतले ७९ वर्षे मानिसका विरुद्धको मुद्दा खारेज गरेको थियो । भारतमा ति दम्पत्तीका बिरूद्धको फौजदारी मुद्दाको स्थितिमा स्पष्टता नभएको भनाई अदालतको थियो । अदालतले अभियोजनलाई भन्यो – जसले उक्त व्यक्तिलाई १२ महिनाको जेल सजाय र २,००० स्विस फ्र्यांक जरिवाना लगाईसकेको छ । त्यसैले भारतीय कानुनी सहायताको लागि अनुरोध गरेको थियो ।

अपराधिक अनुसन्धान फेरि थाँती (पेन्डिङ) मा छ र थप स्पष्टीकरण भैरहेको छ । एक पटक यी अनुसन्धानहरू पूरा भएपछि नयाँ शुल्क लिने योजना बनाइएको छ” फ्रेन्फिल्ड सार्वजनिक अभियोजकको कार्यालयका प्रतिनिधि मार्क्स ब्रू भन्छन् ।

अहिलेको लागि दम्पती स्वतन्त्र नागरिक हुन् । अभियोजनले नयाँ आरोपसहितको मुद्दा कहिले दर्ता गर्ने भन्ने अनुमान लगाउन सकेनन् । यो धेरै भारतीय अधिकारीहरूको सहयोगमा निर्भर गर्दछ । बृद्ध उमेर र आरोपित ब्यक्तिको खराब स्वास्थ्यको कारण अन्ततः न्यायबाट आरोपित ब्यक्ति उम्कन सक्छ ।

  यौन अपराधीहरूको यात्रा

बच्चाहरूसँग यौन सम्बन्ध राख्न विदेश जाने व्यक्तिको संख्याको सही तथ्यांक खासै फेला पर्दैन । युरोप काउन्सिलको संसदीय सम्मेलन (पि ए सि ई) को अनुमानमा हरेक वर्ष यस्ता ब्यक्तिको संख्या २ लाख ५० को आसपास हुनसक्छ । यद्यपि यसले विदेशमा बसाई सरेकाहरूलाई समेट्दैन ।

अप्रत्यक्ष तर अपराधिक गतिविधि पत्ता लगाउने न्यून मापदण्ड भनेको इन्टरपोलले जारि गर्ने ग्रिन नोटिस (हरित नोटिस) हुन् जुन देशहरूले सम्भावित अपराधीहरूको बारेमा चेतावनी दिएर राखेका हुन्छन् । सन् २०११ र २०१५ को बिचमा ईन्टरपोलद्वारा १,९२८ वटा ग्रिन नोटिस जारि गरिएको थियो । इन्टरपोलका ति नोटिसमध्ये ९५ प्रतिशत वाल यौन दुराचार गर्ने यौन अपराधीका बारेमा थियो ।

ट्राभल एण्ड टुरिजम अन्तर्गत बच्चाहरूको यौन-शोषणको बारेमा ग्लोबल स्टडीका अनुसार, ट्रान्सनेशनल सेक्स अपराधीको कुनै विशिष्ट प्रोफाइल छैन । जे होस्, अपराधीमध्ये प्रायः ९२ दशमलव ७ प्रतिशत पुरुष हुन्छन् । बाल वेश्यावृत्ति, ट्राफिकिंग र इन्टरपोल २०१८ को अन्त्य- ईसिपिएटी) । दुर्व्यवहार गर्नेहरू केवल पर्यटक मात्र होइनन् । ब्यवसायका लागि यात्रा गर्ने यात्रीहरू, आप्रवासी कामदारहरू, स्वयंसेवकहरू, विदेशी र घरेलु यात्रीहरू पनि दुराचारी हुन् ।

सेतो वर्णको, पश्चिमी, मध्य-उमेर भएको वाल ब्यभिचारी पुरूषहरु छन् । तर वालयौन दूराचार र अन्य प्रकारले दुर्व्यवहार गर्नेहरूपनि देखापरेका छन् । उदाहरणको लागि, कुमारित्व खोज्ने चिनियाँ, जापानी र कोरियाली पुरुषहरू दक्षिणपूर्व एशिया जान्छन् । युवा पेशागत यात्रीहरू ब्राजिल गएर नाबालिग वेश्यावृत्तिमामा संलग्न हुन्छन् । वा श्रीलंका जाने महिला पर्यटकहरुले “समुद्री तटका केटा” हरुको यौन शोषण गरिरहेका छन्।

यौन यात्री र स्विजरल्याण्ड

स्विजरल्याण्डले बाल यौन पर्यटन रोक्न विश्वव्यापी पहलमा भाग लिएको छ । यो यात्रा र पर्यटनमा यौन शोषण देखि बच्चाहरुको संरक्षणको आचार संहिताको एक मुख्य संस्थापक थियो । सन् २००९ मा अस्ट्रिया र जर्मनीको साथसाथै, यसले “डन्ट लुक अवे” अभियान चलायो जसको उद्देश्य बाल यौन पर्यटनको बारेमा जागरूकता ल्याउनु हो । विश्वव्यापी रूपमा संदिग्ध घटनाहरूको रिपोर्ट गर्न एक अनलाइन प्लेटफर्म सिर्जना गर्‍यो ।

यद्यपि विदेशमा बच्चाहरूमा स्विसले गरेको यौन अपराधको संख्याका बारेमा कुनै आधिकारिक तथ्यांक छैन । स्विस फेडरल पुलिस (फेडपोल) सँग एक अनलाइन रिपोर्टिंग फाराम छ जसले कसैलाई पनि संदिग्ध बाल यौन पर्यटनको घटना रिपोर्ट गर्न अनुमति दिन्छ । फेडपोल प्रतिनिधिका अनुसार २०१५ देखि जम्मा ४७ वटा घटनाका प्रतिवेदन मात्रै दर्ता छन् । यद्यपि फेडपोलले सचेत गराएको छ कि विश्वव्यापी घटनाहरूको वास्तविक संख्याको प्रतिनिधित्व यसले गर्दैन ।

सन् २००६ मा युनिसेफले केन्याको तटमा बाल यौन पर्यटनबारे गरेको अध्ययन प्रतिवेदनको निष्कर्ष छ कि लगभग १२ प्रतिशत स्विस पर्यटकहरू समुद्री तटवर्ती शहरहरू मालिन्डा, मोम्बासा, किलिफी र दियानीका होटल र निजि घरमा लगेर नाबालिग केटीहरूको यौन शोषणमा संलग्न छन् । यसले स्विजरल्याण्डलाई तेस्रो स्थानमा राख्छ । इटालियनहरू १८ प्रतिशत र जर्मनहरुको १४ प्रतिशत छ ।

हालैका वर्षहरूमा स्विस नागरिकहरूले यौन दुर्व्यवहार गरेको धेरै घटनाहरू मिडियामा रेकर्ड गरिएका छन् जसमा सन् २०१८ मा एक होटलमा १६ वर्षे केटालाई यौन शोषण गरेको आरोपमा नेपालमा एक ६६ वर्षे स्विस पक्राउ परेका थिए । त्यस्तै र अन्य विविध अपराधको लागि २०१२ मा कम्बोडियामा ८१ वर्षे बुढालाई पाँच वर्ष जेल सजाय सुनाइएको थियो ।

तर स्विजरल्याण्डमा एक स्विस व्यक्तिलाई विदेशमा नाबालिग यौन दुर्व्यवहार गरेको आरोपमा दोषी ठहराइएको एउटा मात्र घटना छ । उक्त व्यक्तिलाई बच्चामाथि दुर्व्यवहार गरेको आरोपमा स्विजरल्याण्डमा दुई पटक दोषी ठहराइएको थियो । तर ऊ थाईल्याण्ड भाग्न सफल भयो । स्विजरल्याण्डका प्रहरीले उसलाई त्यहाँ समातेर जेल सजाय सुनाउन फिर्ता ल्याए । केहि समयमा रिहाईपछि ऊ फेरि थाईल्याण्ड गयो जहाँ उसले युवा केटाहरूलाई यौन र अश्लील सामग्री उत्पादनको लागि तयार पार्‍यो । लगभग ७० वर्षको त्यस ब्यक्तिलाई सन् २०१८ मा स्विजरल्याण्डको ग्रुइरे फौजदारी अदालतले एक दशकसम्म थाईल्याण्डमा ८० केटालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्ष जेल सजाय सुनायो ।

“त्यस्ता अभिप्राय भएका व्यक्तिहरूले सम्बन्धित देशका कानूनका भिन्नता, कमजोर प्रणाली र उनीहरूको आफ्नै देशका मानिसहरूबीचको भिन्नताबाट फाइदा लिन्छन्” स्विजरल्याण्ड बाल सुरक्षा एजेन्सीका तामारा परहम भन्छन् ।

बाल यौन अपराधीहरूले चाँडै स्विजरल्याण्ड भित्रका कानुनी भिन्नताबाट फाइदा लिन सक्छन भन्ने डरपनि उनलाई छ । सन् २०२१ सम्ममा संघीय सरकारले बाल पोर्नोग्राफीमा गुप्त अनुसन्धानको जिम्मेवारीलाई देशका २६ प्रान्तमा हस्तान्तरण गर्ने भएका छन् ।

“तथ्य यो हो कि प्रान्तहरूले कतै यस समस्याको लागि कुनै कामनै गरेका छैनन् । कि थोरै गरेका छन् । वा अति थोरै स्रोतहरू खर्च गरिरहेका छन्” उनी भन्छिन् ” एक प्रान्तबाट अर्को प्रान्तका कानुन फरक भएकोले प्रान्तिय सिमाहरुपनि प्रहरी र कानून लागू गराउने एजेन्सीहरूका लागि बाधक बनिरहेका छन् ।”

उनको संस्थाले बाल अश्‍लील सामग्रीको विरूद्ध लड्ने राष्ट्रिय रणनीतिको निर्माणमा पैरवी गरिरहेको छ ।

भारतीय बाल अधिकारकर्मी पुनेकरले आशा गरिन् कि उनले धेरै वर्षदेखि न्याय दिलाउन खोजेकी स्विस जोडी फेरि उम्कन नपाउन् । यो घटनाले विदेशमा भएका बच्चाहरूको बिरूद्ध यौन दुर्व्यवहार र कानुनी समस्याहरूको बारेमा ध्यान पुर्‍याओस ।

“सजाय दिनुभन्दापनि के महत्त्वपूर्ण छ भने स्विजरल्याण्डले त्यस्ता अपराधहरू भइरहेका छन् भन्ने थाह पाओस । र ती मानिसहरूलाई दोषी ठहराउनु आवश्यक छ भन्ने बुझोस्” पुनेकरले भनिन् ।

(स्विस इन्फो डट सिएचमा प्रकाशित रिपोर्ट नेपालप्लसकालागि नेपालीमा भावानुवाद गरिएको हो ।)

तपाइँको प्रतिक्रिया

फेसबुक